Monday, June 22, 2026
Home Blog Page 591

धान उत्पादन ४ प्रतिशतले बढ्यो

0

काठमाडौँ: यो वर्ष नेपालमा धान उत्पादन ४.०४ प्रतिशतले वृद्धि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ।

चैते र वर्षे दुवै प्रकारका धान गरी यो वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। यद्यपि, यो क्षेत्रफल अघिल्लो आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो।

मन्त्रालयले औसत उत्पादकत्वमा वृद्धि भएको जानकारी दिएको छ। यस वर्ष प्रति हेक्टर ४.१९ मेट्रिक टनको औसत उत्पादकत्व प्राप्त भएको छ, जुन हालसम्मकै उच्च हो। मन्त्रालयका अनुसार चैते धानको उत्पादकत्व वर्षे धानको तुलनामा अझ बढी देखिएको छ।

प्रदेशगत रूपमा कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादन वृद्धि भएको छ भने गण्डकी र कर्णाली प्रदेशमा उत्पादनमा गिरावट आएको छ।

आज ६ ओटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

0

काठमाडौँ: आज एकैपटक संसदीय समितिको छ ओटा बैठक बस्दैछन्। बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा भन्सारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन र सेवा सञ्चालनका साथै नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ।

यस्तै, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायु परिवर्तनले नेपालमा पुर्याएको असर, यसलाई न्यूनीकरण गर्न भएका प्रयास, कोप–२९ लगायत अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको सहभागिता, सबल–दुर्बल पक्षहरू, र आगामी सम्मेलनहरूमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न आवश्यक तयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ।

बिहान ११:३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। यस बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्नेछ। यसमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी छलफल हुनेछ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

विश्व बैंकको सहयोगमा बागलुङका तीन सडक स्तरोन्नतिको काम धमाधम

0

गलकोट (बागलुङ): विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको छ। हालसम्मको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ। यी सडकहरू जिल्लाकै सबैभन्दा बढी लागतमा कालोपत्रे हुने योजनामा छन्।

विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिका–७ मूलपानीदेखि तितौरेसम्मको ८.६ किमी, वडा नम्बर ४ को ओडारचौरदेखि ढोडेनीसम्मको २.२ किमी, र वडा नम्बर १ रामरेखा गणेशथान घुम्तीदेखि नीरयघाटसम्मको १.५ किमी सडकको स्तरोन्नति भइरहेको छ। असारबाट सुरु भएको यस परियोजनामा सयौँ उपकरण र श्रमिक परिचालन गरिएको छ।

सडक निर्माणको प्रगतिः चुनौती र लक्ष्य

निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माका अनुसार सडक स्तरोन्नतिको पूर्वाधारतर्फको काम आगामी चार महिनाभित्र सम्पन्न गर्ने योजना छ। उनले भने, “एक वर्षको ठेक्का सम्झौता भए पनि काम निकै चुनौतीपूर्ण छ। छ महिनामा २५ प्रतिशत प्रगति गरेका छौँ। अबको चार महिनामा पूर्वाधार निर्माण सकेर दुई महिनामा सडक कालोपत्र पूरा गर्ने लक्ष्य छ।”

इञ्जिनियर शर्माले यो सडकलाई अत्यन्तै स्तरीय र नमूना बनाउने योजना रहेको बताएका छन्। “लागत बढी हुनुको कारण पनि उच्च मापदण्डअनुसारको निर्माण हो,” उनले भने।

सडक निर्माणका सामग्री र ठेक्का सम्झौता

सडक निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी, र बालुवाको आयात बढाएर निर्माण कार्यलाई तीव्रता दिइएको छ। निर्माण व्यवसायी आशिष फेवासँग २०८१ जेठ २३ गते रू ४९ करोड २२ लाखमा एक वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो।

अनुदान सम्झौता र नगरपालिकाको लक्ष्य

विश्व बैंक र बागलुङ नगरपालिकाबीच २०७७ सालमा अनुदान सम्झौता भए पनि ठेक्का प्रक्रिया भने गत जेठमा मात्र टुंगिएको थियो। नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार नगरपालिकाभित्रका यी तीन सडक नमूना बनाइनेछ। सम्झौताअनुसार अनुदानमार्फत रू ५८ करोड खर्च गरिने भनिए पनि ठेक्का सम्झौतामा लागत रू ४९ करोड २२ लाख रहेको छ।

तीन ओटै सडकको लम्बाइ १३ किमी हुनेछ। आठ मिटर चौडाइका यी सडकहरू प्रविधिमैत्री र स्तरीय हुने नगरप्रमुख श्रेष्ठले बताए। यो परियोजनाले बागलुङको विकासमा नयाँ मोडेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

हप्तामा दुई सयभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा, प्रहरी सुरक्षामा तल्लीन

0

सोलुखुम्बु: पछिल्लो एक सातामा सगरमाथा क्षेत्रमा २२८ जना विदेशी पर्यटकले प्रवेश गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला कार्यालयका अनुसार यो समय पर्यटकको संख्यामा कमी हुने भए पनि यस वर्ष विदेशी आगमन उल्लेखनीय रहेको छ।

कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीले पुस ११ देखि १८ गतेसम्म ९१ महिला र १३७ पुरुष गरी २२८ जना विदेशी पर्यटक लुक्ला आइपुगेको जानकारी दिनुभयो। यस अवधिमा पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते ४ र १८ गते १४ जना पर्यटक भित्रिएका छन्। अफसिजनमा पर्यटक आगमन न्यून रहने भए पनि यो वर्षको आगमनले सकारात्मक सन्देश दिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताउनुभयो।

चिसो मौसमको प्रवाह नगरी भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको देखेर होटल व्यवसायी उत्साहित भएका छन्। होटल व्यवसायी जाङ्मु शेर्पाले भन्नुभयो, “पहिले पुस–माघमा व्यवसाय ठप्प हुन्थ्यो, तर यो वर्ष पर्यटकको आगमनले राम्रो आशा दिलाएको छ।”

यद्यपि, खुम्बुमा चिसो र हिमपातका कारण दैनिकी कठिन बनेको छ। चिसोले पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो। करिब एक साताअघि परेको हिमपातले खुम्बुमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ, जसले धेरैजसो व्यवसायीलाई जाडो छल्न अन्यत्र जान बाध्य पारेको छ।

सुरक्षामा प्रहरी सक्रिय
पर्यटकको आगमनसँगै नेपाल प्रहरीले सुरक्षामा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति र सुरक्षाका लागि खुम्बु क्षेत्रका प्रहरी युनिटलाई सक्रिय बनाइएको छ।

“अफसिजनमा पनि विदेशी पर्यटकको आगमन बढेकोले सुरक्षामा कुनै कमी हुन नदिन हामी सतर्क छौँ। सबै प्रहरी युनिटलाई ब्रिफिङ गरी मोबाइल गस्तीसमेत सक्रिय गरिएको छ,” घिमिरेले भन्नुभयो। पर्यटकको सहज भ्रमण सुनिश्चित गर्न सुरक्षालाई थप चुस्त पारिएको बताइएको छ।

ठेक्का सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

0
oplus_0

कञ्चनपुर: देखतभूली–पर्सिया सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणकार्यले तीव्रता पाएको छ। नौ वर्षअघि ठेक्का सम्झौता भए पनि विभिन्न समस्याका कारण रोकिएको पुल निर्माण कार्य अहिले अघि बढेको हो।

विसं २०७२ पुस २६ गते रू २४ करोड २२ लाख ५७ हजारमा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग ठेक्का सम्झौता गरिएको थियो। तर, निर्माण व्यवसायीले काम गर्न नसक्दा तीनवटा पिलर मात्र खडा गरियो। ‘पाइल टेष्ट’ असफल भएपछि काम अघि बढ्न नसकेको महेन्द्रनगर सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले जानकारी दिनुभयो। “त्यो अवस्थाबाट निर्माण अघि बढाउन सकिने अवस्था थिएन,” उहाँले बताउनुभयो, “पुलको डिजाइन पुनरावलोकन गरेर निर्माण अघि बढाइएको हो।”

लागत नबढ्ने गरी पिलरको ‘डायमिटर’ ८० सेन्टिमिटरबाट एक सय २० सेन्टिमिटर पुर्‍याएर काम अघि बढाइएको छ। हाल पुलको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। २११ मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको यो पुल विसं २०८२ माघ २० गतेसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि कुमार श्रेष्ठले जिम्मेवारी सम्हालेका छन्। पहिलो निर्माणको भुक्तानीमा खर्च गरिएको १२ करोड बैंक धरौटीबाट असुल गरिएको छ। हालसम्म १० करोड रुपैयाँ बराबरको काम सम्पन्न भएको र पहिलो ‘रनिङ बिल’को भुक्तानीका लागि बजेट अभावका कारण ढिलाइ भइरहेको जोशीले बताउनुभयो।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदमा अस्थायी काठको पुल प्रयोग गर्दै शुल्क तिरेर नदी तर्ने गरेका थिए। वर्षात्का बेला जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता थियो। पुल निर्माणले तीव्रता पाएपछि अब यस्तो अवस्था अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो। “पहिले काम अलपत्र परेपछि हामीले पुल बन्ने आशै मारेका थियौँ,” उहाँले भन्नुभयो, “तर अहिले निर्माण कार्य दु्रत गतिमा अघि बढेकाले विश्वास पलाएको छ।”

शिक्षक गेंदुराम रानाका अनुसार पुल निर्माणपछि वर्षात्का बेला नदीमा बाढी आउँदा लालझाडी गाउँपालिकाका बासिन्दाको सदरमुकामसँगको सम्पर्क विच्छेद हुने समस्या पनि सदाका लागि अन्त्य हुनेछ।

बेनीको खबरा गाउँभरि केराखेती, बजार नपाउँदा किसान चिन्तित

0

म्याग्दी: एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।

हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताउनुभयो । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”

खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताउनुभयो । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उहाँले बताउनुभयो ।

प्रति १२ कोसा (दर्जन) रू एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताउनुभयो । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जनमात्रै बिक्री भएको उहाँले बताउनुभयो । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।

खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा)ले बताउनुभयो । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताउनुभयो ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताउनुभयो ।

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु

0

चैनपुर (बझाङ): मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उहाँले बताउनुभयो । जीप सडकबाट करिब सय मिटर तल खसेको छ । जीपमा चालक थापा मात्र थिए ।
बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ।

यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्गेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ५१ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रूपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ७१ रूपैयाँ ०६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रूपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ५१ रूपैयाँ ५३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रूपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय रूपैयाँ ७४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७१ पैसा र बिक्रीदर आठ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्रीदर १८ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा निर्धारण भएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १२ रूपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रूपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ४५ रूपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रूपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ६४ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ १६ पैसा तोकिएको छ।

त्यसैगरी, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाएको छ।

बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले के भने ?

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनको खबरले आफू दुःखी भएको बताएका
छन् । उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले सचिनमाथि नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै, यस घटनाले संवेदनशील विषयमा सचेत भएर प्रतिक्रिया दिनु पर्ने पाठ सिकाएको बताएका छन् ।

ओलीले फेसबुकमार्फत भनेका छन्, “एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले हामीलाई सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने कुरा सिकाएको छ।”

प्रधानमन्त्री ओलीले बाल गायक सचिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधनमा गहिरो शोक प्रकट गरेका छन् ।

काठमाडौँमा भूकम्प

0

काठमाडौँ: आज दिउँसो १ बजेर २ मिनेटमा काठमाडौँमा भूकम्पको हलचल महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको पराकम्प गएको हो। केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार आजको धक्का विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पको पराकम्पको रूपमा महसुस गरिएको हो।