काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहित पक्राउ परेका राजाबादी नेताहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
उनीहरूलाई सरकारी वकिलको कार्यालय लगिएर पछि अदालतमा उपस्थित गराइएको हो।
शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजाबादी आन्दोलनलाई हिंस्रक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
थुनुवाको पोशाकमा रहेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी, सन्तोष राजावादी लगायतलाई हतकडीसमेत लगाइएको छ।
धवल शमसेर जबरालाई भने बेग्लै गाडीमा हतकडी नलगाई अदालतमा लगिएको छ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर नौ रुपैयाँ ०५ पैसा र बिक्रीदर नौ रुपैयाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध पुनरुत्थानवादी समूहहरूले राजधानीसहित विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन गरेको घटनाप्रति तराई-मधेश लोकतान्त्रिक पार्टी (टीएमएलपी) ले कडा आपत्ति जनाउँदै भर्त्सना गरेको छ।
पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै हिजो (चैत्र १५) भएको घटनालाई अराजक, प्रतिगामी, र लोकतन्त्र विरोधी भन्दै दोषीलाई कानूनी कठघरामा ल्याउन माग गरेको छ।
हिंसात्मक गतिविधिको आलोचना
टीएमएलपीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा हत्या, लूटपाट, आगजनी, र अराजक गतिविधि मार्फत पुनरुत्थानवादी शक्तिहरूले गणतन्त्रलाई अस्थिर पार्ने कुत्सित प्रयास गरिरहेको आरोप लगाइएको छ।
विज्ञप्तिमा उल्लेख छ –
“जनताको सार्वभौम अधिकार र सर्वोच्चतालाई चुनौती दिने यस्ता घटनाहरूको न्यायिक छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन हामी जोडदार माग गर्दछौं।”
शासनप्रति असन्तुष्टिको दुरुपयोग
टीएमएलपीले सत्तारुढ दलहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, र समूहवाद को कारण जनता निराश भएको स्थिति सिर्जना गरेको आरोप लगाएको छ। पार्टीका अनुसार, पुनरुत्थानवादी शक्तिहरूले जनताको यो असन्तोषलाई अनुचित रूपमा आफ्नो स्वार्थसिद्ध गर्न खोजिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ –
“विधिको शासनलाई कमजोर पार्ने र राज्यसंयन्त्रमा व्यापक बेथिति देखिएको कारण जनता निराश छन्। यस्तो परिस्थितिलाई प्रतिक्रान्तिकारी शक्तिहरूले आफ्नो फाइदाका लागि उपयोग गर्न खोज्नु गम्भीर विषय हो।”
पत्रकार सुरेश रजकको मृत्युमा दुःख व्यक्त
टीएमएलपीले हिंसात्मक घटनाका क्रममा पत्रकार सुरेश रजकको मृत्यु प्रति गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले रजकको आत्माको चिरशान्तिको कामना गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
समाधान: समावेशी लोकतन्त्रको सशक्तीकरण
टीएमएलपीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विधिको शासन बलियो बनाउनुको विकल्प नरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ –
“विभिन्न शक्तिहरूको असन्तोष हटाउन तथा लोकतन्त्रलाई संस्थागत गर्न समानुपातिक समावेशी प्रणालीको सशक्तीकरण आवश्यक छ।”
यसैबीच, सरकारले स्थिति नियन्त्रण गर्न सुरक्षा संयन्त्र परिचालन गरेको छ भने हिंसाका दोषीहरूमाथि छानबिन भइरहेको जनाइएको छ।
काठमाडौं: नेपाली हिप-हप संगीतमा विशिष्ट पहिचान बनाएकी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन्। सामाजिक न्याय, कानुनी विभेद, र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले ल्याइएको यस गीतले राजावादी र गणतन्त्रवादी नेताहरूलाई कडा कटाक्ष गरेको छ।
गीत मन्जली तामाङ – लेडी र्यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएलगत्तै यसले सामाजिक सञ्जालमा सकारात्मक चर्चा पाइरहेको छ भने युट्युबमा पनि ट्रेन्डिङमा पर्न थालेको छ।
दमदार प्रस्तुति र सशक्त शब्द
गीतका शब्द तथा संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन्। यसमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ भने मन्जली तामाङ (लेडी र्यापर), निमा लामा (र्याप स्टार), र अन्य कलाकारहरूले दमदार र्याप प्रस्तुत गरेका छन्।
गीतको एरेन्ज र मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन प्रदान गरेको छ। भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने त्रिलोक लामाले छायांकन गरेका छन्।
र्याप शैलीमा सामाजिक यथार्थको प्रतिबिम्ब
भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय रहेको छ। उनीहरूले नेपालको कानुनी विभेद र सामाजिक अन्यायलाई यथार्थपरक रूपमा चित्रण गरेका छन्।
गीतको लोकप्रियता र श्रोताको प्रतिक्रिया
गीत सार्वजनिक भएसँगै युट्युबमा हजारौं भ्यूज, लाइक्स, र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई खुलेर प्रशंसा गरिरहेका छन्।
गीतमा उठाइएको सामाजिक विषय गम्भीर भएकाले धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको वास्तविकता दर्शाउने प्रतिबिम्ब भनेका छन्।
मन्जली तामाङको सन्देश
गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्:
“यो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैले आफ्नो आवाज बुलन्द पार्नुपर्छ।”
उनका सह-कलाकारहरूले पनि नेपाली हिप-हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य रहेको बताएका छन्।
यदि तपाईंले यो गीत सुन्नुभएको छैन भने, ‘मन्जली तामाङ – लेडी र्यापर अफिसियल’ युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। तपाईंलाई यो गीत कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्न नबिर्सनुहोस्!
काठमाडौँ” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ।
नेकपा (एकीकृत समाजवादी केन्द्र)को कार्यालयमा भएको आक्रमणबाट भएको क्षतिको आज बिहान निरीक्षण गरेपछि बसेको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो। साथै, असामाजिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्नुभयो।
बैठकपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुरक्षा व्यवस्थामा देखिएको कमजोरीको सरकारले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिनुभयो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा गरी कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा वातावरण प्रदूषण तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै महानगरले जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायतका स्थानमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए। महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐनअनुसार उक्त जरिवाना लगाएको जनाएको छ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र पठाएको छ। प्रदर्शन पूर्वराजाको सहमतिमा गरिएको भन्दै त्यस क्रममा जथाभावी फोहोरमैला फालिएको तथा सम्पत्तिमा क्षति पुगेको कारण देखाउँदै जरिवाना र क्षतिपूर्तिको माग गरिएको हो।
जरिवाना विवरण
कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर – रु १ लाख
दमकल तोडफोड – रु १ लाख ३० हजार
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड – रु ६३ हजार
महानगरले प्रदर्शनका क्रममा क्षति पुगेका सम्पत्तिको मर्मत तथा सरसफाइका लागि तत्काल जरिवाना तिर्न आग्रह गरेको छ।
WhatsApp Image 2025-03-29 at 16.21.40_62ce8dc9WhatsApp Image 2025-03-29 at 16.21.40_237c9828WhatsApp Image 2025-03-29 at 16.21.39_1d421835WhatsApp Image 2025-03-29 at 16.21.39_81f0a812WhatsApp Image 2025-03-29 at 16.21.40_8cb561b8WhatsApp Image 2025-03-29 at 16.21.38_a444216aWhatsApp Image 2025-03-29 at 16.21.38_bef89bf5WhatsApp Image 2025-03-29 at 16.21.39_7451bae2
काठमाडौँ: राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनका क्रममा सञ्चार गृहहरूमा भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु हुनु, विभिन्न सञ्चार गृहहरूमा आगजनी र तोडफोड हुनु, भवनहरूमा जबरजस्ती प्रवेश गर्न खोजिनु, ढुङ्गा हानिनु तथा सञ्चारकर्मीहरूलाई त्रसित तुल्याउने कार्यहरूप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको समाचार सङ्कलनका क्रममा आगो लागेर मृत्यु भएको पुष्टि भएको छ। त्यसैगरी, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको छ। कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि ढुङ्गामुढा प्रहार गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ। हिमालयन टेलिभिजनको सवारीसाधनसमेत तोडफोड भएको जानकारी महासङ्घले दिएको छ।
महासङ्घले जनतालाई सुसूचित गराउने प्रेसमाथि ज्यानै जाने गरी भएको हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य भएको ठहर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शन गर्नु संवैधानिक अधिकार हो, तर आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै लिने, प्रेसलाई त्रासमा राख्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुँदैन।” महासङ्घले यस्ता घटनामा संलग्न जोकोहीलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ।
महासङ्घले सरकारलाई सञ्चार गृहहरूमा भएको क्षतिको क्षतिपूर्ति दिन, सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर हुन र लोकतन्त्र तथा प्रेसविरोधी क्रियाकलाप दोहोरिन नदिन कडा कदम चाल्न आग्रह गरेको छ। साथै, यस्ता हर्कत दोहोरिए महासङ्घ बाध्य भएर प्रतिरोध गर्ने चेतावनी दिएको छ।
यसैबीच, पत्रकार सुरेश रजकको जलेर निधन भएको घटनाप्रति महासङ्घ स्तब्ध भएको बताउँदै, सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। मृतक पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासङ्घले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायतका सञ्चारसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले पनि आजको घटनाप्रति गहिरो आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न, स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलनको सुनिश्चितता गर्न तथा सञ्चार गृह र सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर ध्यान दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन्।
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता भए पनि त्यसको आधारभूत मान्यता उल्लंघन गर्दै शुक्रबार पूर्वराजाका समर्थकहरूद्वारा गरिएको आगजनी र तोडफोडको घटनाको घोर भर्त्सना गरेको छ।
सो पार्टीका प्रवक्ता (कार्यवहाक) मनिष झाले भन्नुभएको छ, “शान्तिपूर्ण आन्दोलन संविधानले प्रत्याभूत गरेको अधिकार मात्र नभई लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि हो। तर अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको आक्रमण, लुटपाट तथा आगजनीजस्ता घटनाहरू कुनै पनि हालतमा स्वीकार्य हुँदैनन्। त्यसकारण, हामी यस्ता कार्यहरूको कडा शब्दमा भर्त्सना गर्दछौँ।”
रास्वपाले शुक्रबारको घटना भड्काउने र जनधनको क्षति गराउने व्यक्तिहरूलाई कारबाही गर्न माग गर्दै आन्दोलनरत पक्षलाई जिम्मेवार र शान्तिपूर्ण रूपमा प्रस्तुत हुन सचेत गराएको छ।
सरकारको दायित्व आमजनताको सम्पत्ति सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु रहेको उल्लेख गर्दै सो पार्टीले प्रदर्शनको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, राजावादी समूहले भक्तपुरतर्फ जाँदै गरेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी बालकुमारीमा जलाइदिएको घटनाप्रति पनि पार्टीले कडा भर्त्सना गरेको छ।
रास्वपाले घाइते भएका सुरक्षाकर्मी तथा आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनद्वारा जारी सूचना पालन गर्न, आ–आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन सबैलाई अनुरोध गरेको छ।
काठमाडौँ: आज चैत्र कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ।
जनविश्वासअनुसार, टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नामक राक्षसले शहरका बालबालिकालाई खाने गर्थ्यो। पीडित स्थानीयवासीले विभिन्न उपाय अपनाएर उसलाई संहार गरे पनि गुरुमापाको आत्मा पुनः जागृत भई अनिष्ट गर्न सक्ने भय रहिरह्यो।
त्यसैले, हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा रहिआएको छ। घोडाको टापले कुल्चाएर गुरुमापाको आत्मालाई दबाउने विश्वास गरिन्छ। साथै, बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने उद्देश्यले आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा चढाइन्छ।
यस अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, र युद्धकलालगायतका प्रदर्शन गर्ने कार्यक्रम राखेको छ। यसै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ।