Sunday, July 5, 2026
Home Blog Page 444

डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खामेनीलाई इजरायलको आक्रमणमा मारिनबाट बचाए

0

काठमाडौं: इजरायल र इरानबीचको युद्ध अहिले चरम अवस्थामा पुगेको छ। दुवै देशले एकअर्कामाथि तीव्र हवाई आक्रमण गरिरहेका छन्, जसमा इजरायलले लक्षित कारबाहीमार्फत इरानका शीर्ष सैन्य कमाण्डरहरू र आणविक वैज्ञानिकहरूलाई निशाना बनाएको छ।

इजरायली हमलामा इरानका महत्वपूर्ण आणविक स्थलहरू, तेल भण्डारण केन्द्रहरू र अन्य प्रमुख पूर्वाधारहरू ध्वस्त भएका छन्। यस आक्रमणमा इरानका करिब ४०० भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। अर्कोतर्फ, इजरायलले प्रतिशोधात्मक कारबाहीमा तुलनात्मक रूपमा कम क्षति भोगेको बताइएको छ।

युद्धको यो चरणमा इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पनि निशानामा राखेको थियो। तर, अन्तिम समयमा अमेरिकी हस्तक्षेपपछि खामेनीको हत्या गर्ने योजना स्थगित गरिएको हो। यदि उक्त योजना कार्यान्वयन भएको भए, यसले सम्पूर्ण विश्वलाई चपेटामा पार्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्।

अमेरिकी हस्तक्षेप र भूराजनीतिक चिन्ता

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा खामेनीको हत्या रोकिएको थियो। अमेरिका स्पष्ट रूपमा इरानले अहिलेसम्म अमेरिकी आधारहरू वा नागरिकहरूलाई प्रत्यक्ष नोक्सान नपुर्‍याएकोमा विश्वस्त देखिन्छ। यस्तो अवस्थामा इरानको राजनीतिक नेतृत्वमाथि आक्रमण गर्नु युद्धलाई थप भडकाउने कार्य हुने भन्दै ट्रम्प प्रशासनले भिटो गरेको हो।

खामेनीको हत्या भएमा इरानले इजरायल, अमेरिकी सैन्य अड्डाहरू तथा मध्यपूर्वमा रहेका अमेरिकी युद्धपोतहरूमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने सम्भावना उच्च हुने थियो। साथै, यसले अमेरिका, रूस र चीनबीचको तनावलाई गहिरो बनाउने र द्वन्द्वलाई विश्वव्यापी भूराजनीतिक टकरावमा रूपान्तरण गर्न सक्ने खतरा पनि थियो।

इरानमाथि सटीक आक्रमण र ‘लेबनान मोडेल’

इजरायल हाल ‘लेबनान मोडेल’ तर्फ उन्मुख भएको देखिन्छ, जसमा संभाव्य खतरा निवारण गर्न पूर्वहस्तक्षेप रणनीति (preemptive strike) अपनाइन्छ। पछिल्ला आक्रमणहरूमा इजरायलले १०० भन्दा बढी इरानी सैन्य अड्डाहरू, क्षेप्यास्त्र प्रक्षेपण स्थलहरू, र वायु रक्षा प्रणालीहरू ध्वस्त पारेको छ।

साथै, इजरायलले गुप्तचर एजेन्सी मोसाद र साइबर हमलाहरूको पनि प्रयोग गरिरहेको छ। हालै नातान्जस्थित आणविक केन्द्रमा गरिएको हमला यसको उदाहरण हो। इजरायलले अमेरिका बाट उन्नत हतियार प्रणाली तथा गुप्तचर सहयोग प्राप्त गरिरहे पनि खामेनीको हत्या योजना जस्तै विषयमा ट्रम्पको हस्तक्षेपले त्यसका रणनीतिमा पुनर्विचार गराउन बाध्य बनाएको छ।

रणनीतिक लक्ष्य: शासन परिवर्तन, जनता सुरक्षित

इजरायलको ध्यान इरानी शासनको सैन्य तथा रणनीतिक क्षमतालाई कमजोर पार्न केन्द्रित छ। साथै, यसले इरानी सर्वसाधारणलाई सकेसम्म क्षति नपुर्‍याउने प्रयास गरिरहेको दाबी गर्दै आएको छ।

युद्धसँगै कूटनीतिक प्रयास पनि सँगसँगै अघि बढाइएको छ। इजरायलले आफ्नो क्षेत्रीय गठबन्धनलाई मजबुत बनाउँदै अमेरिका र केही अरब राष्ट्रहरूसँग मिलेर इरानको प्रभाव कम गर्ने दीर्घकालीन रणनीतिमा कार्य गरिरहेको छ।

इजरायली प्रधानमन्त्री नेतान्याहुको बेडरूममा मिसाइल प्रहार

0

काठमाडौं: इरानसँगको युद्धबीच इजरायल झन् आक्रामक बन्दै गएको छ। दुवै देशले एकअर्कामाथि मिसाइल आक्रमण गरिरहेका छन्। यसै सन्दर्भमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले आफू र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हत्या गर्न खोजेको दाबी गरेका छन्।

नेतान्याहूले इरानी सरकारले ट्रम्पको हत्या गर्न षड्यन्त्र रचेको आरोप लगाउँदै भनेका छन्, “इरानले ट्रम्पलाई आफ्नो पहिलो शत्रु मान्छ। उनका कठोर कदमहरूका कारण उनीहरू उनलाई समाप्त गर्न चाहन्छन्।”

फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भने, “उनीहरू (इरानीहरू) ट्रम्पलाई मार्न चाहन्छन्। उनीहरूका नजरमा ट्रम्प शत्रु नम्बर एक हुन्। उनी एक निर्णायक नेता हुन्, कहिल्यै कमजोरी देखाउने बाटो रोज्दैनन्।”

नेतान्याहूले इरानले आफूलाई पनि लक्षित गरेको दाबी गर्दै भने, “एक इरानी मिसाइल मेरो शयनकक्षको झ्यालमा खस्यो। मलाई पनि हत्या गर्ने प्रयास गरिएको थियो।” उनले इरानको आणविक महत्वाकांक्षा रोक्न आफू अमेरिकी राष्ट्रपति ट्रम्पको कनिष्ठ साझेदार भएको उल्लेख गरे।

इजरायली सैन्य कारबाहीलाई उचित ठहर गर्दै उनले भने, “देश अहिले अस्तित्वको खतरामा छ। इरानको आणविक कार्यक्रमले हाम्रो अस्तित्व नै संकटमा पारेको छ। पहिलो, इरान युरेनियम समृद्ध गर्दै आणविक हतियार बनाउनेतर्फ उन्मुख छ। दोस्रो, उसले आफ्नो ब्यालिस्टिक क्षेप्यास्त्रको भण्डार एक वर्षमै ३,६०० पुर्‍याएको छ। यो संख्या तीन वर्षमा १०,००० र छ वर्षमा २०,००० पुग्न सक्छ। यस्तो खतराबाट कुनै पनि देश, विशेषगरी इजरायल, सुरक्षित रहन सक्दैन।”

उनको भनाइमा, “इजरायलले केवल आफ्नै सुरक्षा गरिरहेको छैन, इरानबाट आउने खतराबाट विश्व समुदायलाई पनि जोगाइरहेको छ।”

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

0

काठमाडौं। उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश ऋषि राज भण्डारीको एकल इजलासले पाठकलाई कानुनी प्रक्रिया बाहेक कुनै हालतमा नपक्राउ गर्न आदेश दिएको हो।

साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। सो आदेशविरुद्ध सञ्चारकर्मी पाठकले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

यस अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई असार ५ गते उपस्थित हुन आदेश दिइएको छ।

भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग

0

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले भिजिट भिसा प्रकरणको गम्भीर छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने अडान लिएको जनाउँदै सरकारले गम्भीरतापूर्वक यो विषयलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।

उनले भने, “यसबारे गम्भीर ढंगले अध्ययन र छानबिन गर्न जरुरी छ। उहाँहरूले छानबिन समिति नबनेसम्म सदन अवरुद्ध गर्ने जानकारी गराउनु भएको छ। सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ। हामीले त्यसमा विश्वास गरेका छौं। तर अब ३० दिन कुर्नुपर्ने अवस्था छैन। तत्काल समिति गठन गरेर सबैको ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्दछु।”

त्यस्तै, उनले शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने सरकारको प्रतिबद्धता स्मरण गराउँदै त्यसबाट पछि नहट्न चेतावनीसमेत दिए।

“हामीले सदनमा असार १५ गतेभित्र शिक्षा विधेयक पारित गर्ने विषयमा लाखौं शिक्षकसँग सरकारको प्रतिबद्धता छ। त्यसलाई अब कुनै बाहानामा टार्न मिल्दैन,” उनले स्पष्ट पारे।

बस्नेतको सम्बोधनका क्रममा निरन्तर नाराबाजी गरिरहेको रास्वपाले भने मौन समर्थन जनाएको थियो।

अलबिदा लेखेर सम्पर्कविहिन भएका डाक्टर फेला परे

0

काठमाडौँ: फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ काठमाडौँको बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तार्केश्वर नगरपालिका–३ मा रहेको श्रिनाथ बुटिक रिसोर्टबाट सकुशल उद्धार गरेको हो।

रामेछाप जिल्ला अस्पतालबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए। काठमाडौँका एसएसपी विश्व अधिकारीले श्रेष्ठलाई सकुशल फेला पारिएको जानकारी दिएका छन्।

सोमबार बिहान चाबहिलस्थित डेराबाट उनी बुलेट मोटरसाइकलमा निस्किएका थिए। स्टाटस लेखेपछि उनले मोबाइल बन्द गरेकाले प्रहरीको खोजी तीव्र बनाइएको थियो। खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौँ प्रहरीका अनुसन्धान टोली संलग्न थिए।

डा. श्रेष्ठ पूर्वी नवलपरासीको गैँडाकोटका स्थानीय हुन्। उनले रामेछाप अस्पतालको निमित्त प्रमुखका रूपमा सेवा दिएका थिए र हाल हेटौँडामा सरुवा भइसकेका छन्। फेसबुकमा उनले रामेछापमा कार्यरत रहँदा आफूलाई काम गर्न अप्ठ्यारो पारिएको र केही व्यक्तिबाट लान्छना लागिएको गुनासो गरेका थिए।

व्यापारीलाई कमाउन पाए पुग्ने, मानिसहरू जानाजानी आफैँ आफ्नो ज्यान सिध्याउँदै !

0
AI तस्बिर

पछिल्ला केही महिनादेखि बिरामी पर्नेहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। कोही अस्पतालमा उपचाररत छन् भने कोही घरमै थला परेका छन्। अनुसन्धान गर्दा थाहा भएको छ कि बिरामी बढ्नुमा मुख्य दोष बोतल र जारको पानी हो। प्रशोधित भनिए तापनि ती पानीहरूमा मिसाइएको रसायन र अस्वच्छ स्रोतका कारण रोग फैलिरहेको छ।

खोला, नदी वा जमिनमुनिको फोहोर पानी निकालेर रसायन मिसाएर सफा देखाउने प्रयास गरिन्छ। त्यसपछि सोही पानीलाई बजारमा ६० देखि १०० रुपैयाँसम्ममा बिक्री गरिन्छ। मिनरल वाटरको पनि मूल्य २० देखि १५० रुपैयाँसम्म पर्न सक्छ। यति महँगोमा पानी किनेर पिए पनि गुणस्तरहीन हुँदा झाडा, पखाला, हैजासम्मको समस्या देखिन्छ।

काठमाडौंमा खानेपानीको अभाव भएकाले जारको पानीमा भर पर्नु परेको छ। तर, काठमाडौं महानगरपालिकाको परीक्षणले पनि जार र बोतलको पानीमा अखाद्य वस्तु भेटिएको पुष्टि गरेको छ। त्यही पानीले मानिसहरूलाई बिरामी बनाइरहेको छ।

त्यस्तै, होटल, रेस्टुरेन्ट, मिठाई पसलहरूमा पुरानो र बासी खाना दिइन्छ। देखावटी ताजा देखिए पनि भित्रभित्रै रोग फैलाउने खालको हुन्छ। यस्ता खानाले मानिस अस्पताल पुग्न बाध्य छन्।

साथै, स्वास्थ्यमा असर गर्ने केही गलत बानीहरू पनि बढ्दो क्रममा छन्। मानिसहरूले चुरोट, रक्सी, सुपाडीजस्ता वस्तु सजिलै प्रयोग गर्छन्। चुरोट र रक्सीले कलेजो, मिर्गौला, फोक्सोमा असर पुर्‍याउँछ। सुपाडीले दाँत नष्ट गर्छ, जसको उपचारमा हजारौँदेखि लाखौँ रुपैयाँ खर्चिन्छ।

ट्याटु खोप्ने प्रवृत्तिमा पनि वृद्धि भएको छ, जसले क्यान्सर जस्ता गम्भीर रोग निम्त्याइरहेको छ। ट्याटु भएकाहरूले कतिपय देशको भिसा वा सरकारी जागिरसमेत गुमाएका छन्। यस्तै, कपाल रंग्याउँदा प्रयोग हुने रसायनले पनि क्यान्सर निम्त्याउने जोखिम हुन्छ।

महिला तथा युवतीहरू अनुहार राम्रो देखाउन महँगा क्रीम र डण्डीफोर हटाउने मेसिन प्रयोग गर्छन्, जसले छालाको गहिरो समस्यासमेत निम्त्याइरहेको छ।

बजारमा खुलमखुला खुलेका आयुर्वेद पसल र निजी अस्पतालहरूले रोग नलागेकालाई पनि रोग लागेको भन्दै औषधी बेच्ने गरेका छन्। यसले निरोगीलाई पनि रोगी बनाइरहेको छ। त्यस्तै, माता र धामीझाँक्रीको झमेलामा परेर धेरैले आफ्नो धनसम्पत्तिसमेत गुमाएका छन्।

सारांशमा, हामी जन्मँदा निरोगी भए पनि बाहिरी खानपान, अस्वस्थ बानी र व्यापारिक लोभले रोगी बनिरहेका छौं। अहिले नेपालीहरूमा प्रमुख तीन रोग देखिएका छन्– क्यान्सर, मिर्गौला र कलेजो/फोक्सोसम्बन्धी रोगहरू।

यसले स्पष्ट देखाउँछ कि अब राज्य, समाज र व्यक्ति तीनै तहबाट सचेतना आवश्यक छ। सरकारले मदिरा र सूर्तीजन्य वस्तुमा नियन्त्रण गर्नुपर्छ। अभिभावक र शिक्षकले बालबालिकालाई बाहिरी खाना खान नदिनुपर्छ।

सामान्य त कुराले सुरु हुने यी समस्याले जीवन नै संकटमा पार्न सक्छन्। शिक्षित भएर पनि यदि स्वास्थ्यको ख्याल गर्न सकिँदैन भने, त्यो शिक्षाको के मूल्य?

– रुषा थापा, भक्तपुर

मेलम्ची आयोजनाको थालनी २०४५ सालमै भएको प्रदेश प्रमुख खापुङको खुलासा

0

विराटनगर, असार २:कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मेलम्ची खानेपानी आयोजना वि.सं. २०४५ सालमै सुरु भएको खुलासा गरेका छन्।

मोरङको बुढिगंगा–३, नेमुवामा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थाले आयोजना गरेको १४औं वार्षिक साधारणसभामा बोल्दै खापुङले मेलम्ची आयोजना आफ्नो तत्कालीन आवास तथा योजना मन्त्रालयमा कार्यकालको दौरान सुरु भएको बताएका हुन्।

उनका अनुसार उक्त अवधिमा तत्कालीन इन्जिनियर डी.पी. साहको नेतृत्वमा पटक–पटक सर्भे गरिएको थियो भने वि.सं. २०४८ सालदेखि आयोजनालाई मूर्तरूप दिन ठोस पहलहरू अघि बढाइएका थिए।

सभामा प्रदेश प्रमुख खापुङले संस्थालाई जग्गा दान गर्ने संविधानसभा सदस्य वीरेन्द्रकुमार माझी र उनकी पत्नी रेखादेवी माझीलाई विशेष सम्मानसमेत प्रदान गरे।

कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा, मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, विराटनगरका प्रमुख सुरतलाल चौधरी र नगर विकास कोषका सुभासराज पन्तलगायतको उपस्थिति थियो।

विश्व संगीत दिवसको अवसरमा असार ७ गते बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम, ५० भन्दा बढी कलाकारको प्रस्तुति

0

काठमाडौं, असार २: विश्व संगीत दिवसको अवसर पारेर राष्ट्रिय थारू कलाकार मञ्चले आगामी असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ५० भन्दा बढी थारू कलाकारहरूले थारू समुदायका मौलिक लोकगीत र नृत्यहरू—जसमा धुम्रा, झुम्रा, मघौटा लगायत—प्रस्तुत गर्नेछन्।

मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यका अनुसार, उक्त दिन सांस्कृतिक कार्यक्रमसँगै मञ्चको वार्षिक साधारणसभा समेत आयोजना हुनेछ। कार्यक्रममा “भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान” भन्ने मूल नाराको घोषणा गरिएको छ।

कार्यक्रम दुई दिनसम्म चल्नेछ। पहिलो दिन सांस्कृतिक प्रस्तुति हुनेछ भने दोस्रो दिन विधान संशोधनसहितको साधारणसभा सञ्चालन गरिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुण कुमार चौधरी कार्यक्रमका प्रमुख अतिथि रहनेछन्।

थारू परिकार, परम्परागत पहिरन, गहना तथा सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी र विक्रीका लागि स्टलहरू पनि राखिनेछ।

अध्यक्ष वैद्यका अनुसार, “यो कार्यक्रम केवल मनोरञ्जनको साधन होइन, थारू भाषा, धर्म, कला, संस्कृति र पहिचानको संरक्षण तथा सशक्तिकरणतर्फको सशक्त पहल हो।” साथै, सबै थारू संघसंस्था, संस्कृति प्रेमीहरू र सरोकारवालालाई सक्रिय सहभागी हुन उनले आग्रह गरेका छन्।

कार्यक्रममा सहभागिताका लागि १,००० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। टिकटको प्रि–बुकिङ खुला गरिएको छ र कार्यक्रम स्थलमै पनि टिकट उपलब्ध हुनेछ।

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दै, पौडेलको कप्तानीमा युवा टोली मैदानमा उत्रने

0

काठमाडौं: त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले सोमबार साँझ ७:४५ बजे (नेपाली समय अनुसार) खेल सुरु गर्नेछ।

यसअघि आइतबार सम्पन्न सिरिजको उद्घाटन खेलमा आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। नेपाल पनि जितका साथ सिरिज प्रारम्भ गर्ने लक्ष्यमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली स्कटल्यान्ड पठाएको छ। अभ्यासक्रममा सोमपाल कामी र गुलशन झा घाइते भएपछि किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले टोलीमा अवसर पाएका छन्। युवा खेलाडीहरूको समावेशले नेपाली टोलीलाई ताजगी र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो सिरिज नेपालका लागि आगामी टी–२० विश्वकप तयारीका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।

शाहीको तीव्र व्यङ्ग्य: ‘प्रचण्ड र छेपारो’ कविता सार्वजनिक गर्दै सत्तामोहप्रति प्रहार

0

काठमाडौं, असार २: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सशक्त व्यङ्ग्य गरेका छन्। उनले ‘प्रचण्ड र छेपारो’ शीर्षकको कविता सार्वजनिक गर्दै प्रचण्डको सत्ता मोह, राजनीतिक लचिलोपन र अवसरवादितामाथि प्रहार गरेका हुन्।

शाहीले लेखेका छन्, “फेर्छ छेपारोले रङ, परिस्थिति अनुसार। प्रचण्डले फेर्छन् बोली, कुर्सीको मोह अनुसार।” यस अभिव्यक्तिमा उनले प्रचण्डलाई सत्ता टिकाउने लाञ्छनासहित छेपारोसँग तुलना गरेका छन्।

उनले व्यङ्ग्यात्मक शैलीमा प्रचण्डको राजनीतिक यात्रालाई सुरुमा क्रान्तिको नारा बोकेको तर अन्ततः कुर्सी र सत्ताको मोहमा सीमित भएको टिप्पणी गरेका छन्। शाहीको शब्दमा, “प्रचण्डको फेर समाउँदा रबि दाइ थुनिए, प्रचण्डको साथ लिँदा रास्वपावाला चिप्लिए।”

प्रचण्डप्रति विश्वास गर्नु र ‘कुकुरको पुच्छर सिधा हुन्छ’ भन्नु उस्तै भएको उनको अर्को कटाक्ष थियो। उनले लेखेका छन्, “कुकुरको पुच्छर सिधा हुन्छ भन्नु र प्रचण्डको विश्वास गर्नु एउटै हो।”

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले रास्वपा र राप्रपासँगको सहकार्य तोडेपछि शाही आक्रोशित देखिएका छन्। सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीको राजीनामा र छानबिन समितिबाट पछि हट्दै पूर्वसभामुख अग्नि सापकोटालाई जोगाएको आरोप लगाएका छन्।

उनले लेखेका छन्, “बधाई छ कमरेड प्रचण्ड, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिबाट पछि हट्दै हत्या आरोपमा रहेका अग्नि सापकोटालाई जोगाउनुभएकोमा।” साथै उनले संसदलाई ‘जनताको कानुन बनाउने होइन, सेटिङ गर्ने थलो’ को रूपमा चित्रण गर्दै विडम्बना पनि व्यक्त गरेका छन्।

शाहीको कविता र टिप्पणीले सत्तारूढ गठबन्धन र विपक्षी दलहरूबीचको बढ्दो अविश्वास र राजनीतिक तिक्तता झल्काउँछ।