Wednesday, June 10, 2026
Home Blog Page 1330

माओवादी संसदीय दलको नेतामा दाहाल

0

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ । संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले राससलाई जानकारी दिनुभयो । दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ । उहाँका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ ।

बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । हाल नेकपा ९एमाले०मा रहेका उहाँहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई बदर गरी माओवादी केन्द्र र नेकपा ९एमाले० पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ ।

बैठकले गत फागुन २३ गते सर्वोच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिनुभयो । त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।

बैठकको शुरुआतमा समसामयिक राजनीतिक विषयमा अध्यक्ष दाहालले संक्षिप्तरुपमा जानकारी गराउनुभएको थियो । बैठकमा उहाँले जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहेको जानकारी गराउनुभएको नेता पुनले बताउनुभयो । बैठकले दलको विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि कार्यदलसमेत बनाएको जनाइएको छ ।

७ महिनामै भित्रियो ५ खर्व रेमिट्यान्स

0

चालू आर्थिक वर्षमा रेमिट्यान्स विप्रेषण आप्रवाह निरन्तर बढिरहेको छ।

चालू आर्थिक वर्षको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाह १०।९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।५ प्रतिशतले घटेको थियो ।

७ महिना अर्थात् माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७५।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१।७ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७।४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०।६ प्रतिशतले घटेको थियो। यसरी हेर्दा वैदेशिक रोजगारीमा जाने दर निरन्तर कमी भइरहँदा पनि रेमिट्यान्स आप्रवाह बढिरहेको देखिएको हो।

काठमाडौं किकर्सले फुटबल क्लिनिक गर्ने

0

काठमाडौं किकर्स फुटबल क्लिनिक यसै साता सुरु हुने भएको छ । काठमाडौं किकर्स फुटबल क्लिनिकको आयोजनामा शुक्रबारबाट क्लिनिक सुरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए ।

पहिलो चरणमा शुक्रबादेखि आइतबार सम्म दैनिक २ घन्टाको क्लिनिक हुने बताइएको छ । जसमा ६ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १६ वर्ष समूहका बालबालिकालाई अलग अलग प्रशिक्षणमा सहभागी गराइनेछ ।

तल्लो तहबाट फुटबल सिकाउने उद्देश्यका साथ किकर्सले स्कटल्यान्डका लि मेनसनलाई प्रशिक्षक नियुक्त गरेको छ । सन् १९९४ देखि मेनसनले प्रशिक्षकको रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसका विभिन्न क्लबमा प्रशिक्षण दिइसकेको बताइएको छ ।

युईएफएका बी लेभेलका प्रशिक्षक मेनसनले २०१९ मा फिलिपिन्सको राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक र सहायक व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए । पहिलो चरणको प्रशिक्षण पछि आफ्ना बच्चाहरुलाई लामो समय प्रशिक्षण गराउन चाहने अभिभावकसँगको परामर्शमा ३ महिना, ६ महिना र एक वर्ष प्रशिक्षणको तालिका सार्वजनिक गरिने किकर्सले जनाएको छ ।

खेलाडी उत्पादनको उद्देश्यसहित सुरु हुने प्रशिक्षण बुढानिकण्ठ नगरपालिकाकास्थित कपअन स्पोर्टस् सेन्टर ९सिएमसी० मा सञ्चालन हुने बताइएको छ । किकर्सले ४ वर्षयता प्रशिक्षण सञ्चालन गर्दै आएपछि पछिल्लो समय कोभिड १९ का कारण स्थगित भएको थियो ।

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त

0

टोकियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो ।

टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिनुभयो ।

चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नु भएको छ ।

जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उहाँहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।

अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरुप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उहाँहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गर्नु भएको छ । उहाँहरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताउनु भएको छ ।

तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहनु भएन । उहाँले भन्नुभयो, “हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौं

राष्ट्रपतिको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाल सहभागी नहुने

0

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्।

भोलि बुधबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकोले नेपाल र खनाल दुबै नेता जान नपाउने भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसद प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।

जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि स्वास्थ्यका कारण सहभागी नहुने बताएका छन्।

 

महिला लघुबित्तको ओपन रेन्ज कति ?

0

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज मंगलबारबाट दोस्रो बजारमा कारोबार सुरु भएको छ । संस्थाको पहिलो कारोबारको लागि नेप्सेले ३१३।१६ रुपैयाँदेखि ९३९ रुपैयाँसम्मको ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो । कम्पनीको आईपिओको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको छ । यो समाचार तयार पर्दासम्म कम्पनीले ११ कित्ता सेयर कारोबार गरेको छ ।
कम्पनीलाई कारोबार गर्नको लागि नेप्सेले ःीद्यक्ीसिम्बल दिएको छ । कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणको लागि छुट्याइएको थियो ।

अतिक्रमित जग्गा खोज्दै वीरगञ्ज महानगरपालिका

0

भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौँ मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन शुरु भएको छ ।
मुख्य बजार क्षेत्र आदर्शनगरलगायत ३२ वटै वडामा रहेको सार्वजनिक जग्गा पहिचान गरी व्यक्तिको नाममा दर्ता भएका त्यस्ता जग्गाहरु वीरगञ्ज महानगरपालिकाले आफ्नो नाममा ल्याउने अभियानको थालनी गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा कहाँ कुन अवस्थामा छ, अतिक्रमित भएपनि त्यस्ता जग्गाको जानकारी मालपोत कार्यालय पर्सासँग माग गरेको छ । कार्यालयले अहिलेसम्म त्यस्ता सार्वजनिक जग्गाको लगत उपलब्ध गराउन नसकेको महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले भन्नुभयो ।

विगत १८ वर्षदेखि अतिक्रमित जग्गाको स्रेस्ता महानगरपालिकाको नाममा रहेको छ तर ऐलानी, पर्ती र सार्वजनिक जग्गा कहाँ कहाँ रहेको छ, त्यसको रेकर्ड दिन मालपोत कार्यालयले सहयोग नगरेकाले स्थानीय प्रशासन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परिपत्र गर्ने तयारीमा रहेको महानगरपालिकाका प्रमुख सरावगीले राससलाई भन्नुभयो ।

वीरगञ्जको मुटु मानिने आदर्शनगरमा मात्र रु एक अर्बभन्दा बढी मूल्य पर्ने २१ वटा प्लटहरु रहेको छ । जुन व्यक्तिको नाममा दर्ता भएको देखिन्छ । मालपोत कार्यालय तथा भूमाफियाको चलखेलका कारण नगरक्षेत्रभित्रका करीब १०० बिघाभन्दा बढी जग्गा व्यक्तिको नाउँमा गएको महानगरपालिकासँग रेकर्ड रहेको छ । महानगरपालिकाको जग्गा विभिन्न व्यक्तिले गैरकानूनी तरिकाले कब्जा गरेको छ । सो जग्गा महानगरपालिकाले आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएपछि भूमाफियाहरु हतास भएका छन् । भूमाफिया, तत्कालीन महानगरपालिकाको केही कर्मचारी र नापी कार्यालयको मिलेमतोमा अधिकांश जग्गाको हक व्यक्तिको नाममा गइसकेको भेटिएपछि महानगरपालिकाले जग्गाको खोजबिन शुरु गरेको हो ।

महानगरपालिकाले अतिक्रमित जग्गा खोजबिन शुरु गरेपछि अहिलेसम्म महानगरपालिकाले २१ वटा किताको विवरण फेला पारेपछि ३२ वटै वडामा रहेका यस्ता जग्गाको खोजी गर्न थालेको बताइएको छ । अवैधरुपमा जग्गा कब्जा गरी भोगचलन गर्दै आएको जग्गामध्ये हालै पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिका–१० को साबिक किता नं ८१७ को जग्गा व्यक्तिको नामबाट बदर गरी नगरपालिकाको नाउँमा दर्ता गर्न आदेश दिएको छ ।

हालै मात्र नापी कार्यालयमा किता नं १८ र ५२ को १ कट्ठा जग्गाको दर्ता बदर गरी आफ्नो नाममा ल्याउन महानगरपालिकाले जिल्ला अदालत पर्सामा मुद्दा दायर गरेको छ । सो जग्गा वीरगञ्ज महानगरपालिका–३ छपकैयाकी नजमा बेगमले स्थानीयवासी अरुणकुमार अग्रवालसँग खरीद गरेको मालपोत कार्यालय पर्साको स्रेस्तामा उल्लेख छ । सो जग्गामा अहिले जिपी कोइराला ९गिरिजाप्रसाद कोइराला० फाउन्डेशनका नाममा कार्यालय खोलिएको छ ।

विसं २०२० मा शहरी विकास योजनाले आदर्शनगरमा व्यवस्थित बसोबासका लागि जग्गा प्लटिङ गरेको थियो । सो योजनाअन्तर्गत पशुपति आदर्श निर्माण समितिले जग्गा अधिग्रहण गरेको थियो । त्यस बेला जग्गा बिक्री नभएपछि तत्कालीन वीरगञ्ज नगरपञ्चायतलाई हक हस्तान्तरण गरेको थियो । तर महानगरको हकमा आएको सो जग्गामा भूमाफियाहरुको चलखेल शुरु भएको छ ।

महानगर क्षेत्रभित्र रहेको ऐलानी, पर्ती र सार्वजनिक जग्गामा महानगरपालिकाका केही कर्मचारी, भूमाफिया र मालपोतको मिलेमतोमा सो जग्गाहरु व्यक्तिको नाउँमा जान थालेपछि महानगरपालिकाले सो जग्गाको खोजबिज गर्न थालेको प्रमुख सरावगीले बताउनुभयो । उहाँले यस्ता जग्गाहरु अतिक्रमण गर्नेमा स्थानीय नेतादेखि नामुद व्यापारीसमेत रहेको उहाँको भनाइ छ ।

देशमा सङ्घीयता लागू भएपछि वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा आएका जनप्रतिनिधिलाई पत्र लेखी सो क्षेत्रमा सार्वजनिक जग्गा कति छ त्यसको रेकर्ड मागेपछि वडा कार्यालयले पठाएको विवरणमा सो जग्गाहरुसमेत व्यक्तिको नाउँमा गएको तथ्य सार्वजनिक भएको हो । महानगरपालिकाको यस कार्यबाट महानगरकै केही कर्मचारी, भूमाफिया, मालपोत र नापीका कर्मचारीहरु निरास भएका छन् ।

सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सांसद मनोनीत

0

प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ ।
सभामुखका अनुपस्थितिमा डा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो ।

जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन

0

विराटनगरमा सम्पन्न प्राणीशास्त्र समाज नेपालको भेलाले शालीग्राम अधिकारीको अध्यक्षतामा प्रदेश–१ समिति गठन भएको छ । समितिका उपाध्यक्ष विकास खनाल, महासचिव अमित ढकाल, सचिव रामचन्द्र अधिकारी र कोषाध्यक्षमा मुन थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा भानुकुमार भट्टराई, डा प्रकाशकुमार यादव, सोमप्रसाद निरौला, नारायण रेग्मी, विष्णु दाहाल र कञ्चन झा छन् ।

भेलामा प्रदेशभरिका करिब ७० जना प्राणीशास्त्रीले मानवजीवनमा महत्वपूर्ण योगदान दिइरहेको, जीवजन्तुको संरक्षण गर्न राज्य पक्षले कडारुपमा उभिनुपर्ने, जीवहरुको संरक्षण, सम्वद्र्धन हुनुपर्ने र पृथ्वी मानव मात्रको नभएर जीवहरुको पनि भएकाले यसको महत्वलाई कसैले पनि नकार्न नहुने सचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

0

एजेन्सी । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सै
न्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ ।

उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनु भएको छ ।

उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ ।

उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिनुभयो ।

उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कायहरु गर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गर्नुभयो ।