Wednesday, June 10, 2026
Home Blog Page 1321

गुल्मीमा ११ घर जलेर नष्ट

0

सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् ।

बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।

सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माले जानकारी दिएका छन् ।

आगलागीबाट ११ वटा घर जलेर पूर्ण नष्ट भएका र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

आगलागी भएको स्थानमा प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ गएका छन् ।

यस्तै, सोही जिल्लाको इस्मा गाउँपालिकामा रहेका सामुदायिक बनहरुमा पनि केही दिनदेखि आगलागी भइरहेको छ ।

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

0

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ ।

भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

भारतीय बजारबाट बढी आवतजावत हुने ती स्थानमा पुनः हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो । यसअघि गत वर्ष सोही स्थानहरूमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको सिरहामा सङ्क्रमण फैलिन नदिन सीमा नाकामा आवतजावत गर्नेहरूको नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य सतर्कता अपनाउने विधिबारे सचेत बनाउन हेल्थ डेस्क राखिएको प्रमुख यादवले बताउनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सूचना जारी गरी कोरोना सङ्क्रमण कायमै रहेको र हाल नयाँ स्वरूपमा देखा पर्न थालेकाले होलीलगायतका पर्व भिडभाड नगरी घरमै मनाउन आग्रह गर्नुभएको छ ।

कोरोना सङ्क्रमणका कारण सिरहामा १२ हजार ४५० जनाको स्वाब परीक्षण गरिएकोमा १० हजार ८०२ मा नेगेटिभ तथा एक हजार ६४८ जना पोजेटिभ आएको थियो । तीमध्ये २५ सङ्क्रमितको मृत्यु भएको थियो ।

बाँकेमा खोरमा थुनेर राखेको बाघ भागेपछि उच्च सतर्कता

0

लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ ।

नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभएको छ ।

निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न निरन्तर सूचना जारी गरिरहेको शाहले जानकारी दिनुभयो ।

बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज समक्ष बुझाएको थियो । बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको जनाइएको छ ।

पानीको मूल्य तीन गुणा बढाउन संसदीय समितिको निर्देशन

0

गुणस्तर सुधार र उपभोक्ता ठगी रोक्नुको सट्टा मूल्य बढाउन संसदीय समिति नै अग्रसर देखिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पानीको मूल्यवृद्धि र प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ व्यवसाय गरिरहेकालाई फाइदा पुग्ने गरी निर्देशन दिएको हो ।

हाल सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ रुपैयाँदेखि ४० रुपैयाँ तिरिरहेका छन् । तर समितिले सरकारले तोकेको मूल्य घटाएको भन्दै उपत्यकामा प्रतिजार अधिकतम ४७ रुपैयाँ र उपत्यका बाहिर ६० रुपैयाँ तोक्न निर्देशन दिएको छ । उक्त मूल्य उत्पादन लागतभन्दा तीन गुणासम्म बढी हो ।

जानकारका अनुसार समितिले मूल्यभन्दा गुणस्तरमा जोड दिनुपथ्र्यो । ‘ तर समितिबाट स्वार्थमा हतार गर्दै मूल्य तोक्न निर्देशन दिइयो , उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘ वैज्ञानिक आधार नभई मूल्य बढाउनु उचित होइन । प्राथमिकता गुणस्तर नै हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

0

मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।

मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ ।

साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

0

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ।

गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मंगलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ।

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएको थियो। बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए।

स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले जानकारी दिएका छन्।

स्वामीकार्तिक खापर–२ को भुकाहाँखोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उहाँले बताउनुभयो । खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ।

घटनास्थलमा देखिएको शंकास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ। बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरी निरीक्षक ठगुन्ना बताउछन्। घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाइन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको नागरिकताबाट मृतक ल्वार भनी पहिचान भएको हो।

प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृतक ल्वारका आफन्तलाई शव बुझाई दाहसंस्कारका लागि जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ।

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु

0

राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो ।

तालीममा झापाका ४३, इलाम, पाँचथर र ताप्लेजुङका ४२ उच्च मावि, माविका शिक्षक, स्थानीय तहका शिक्षा अधिकारीहरू र अन्य अधिकृतहरू सहभागी रहेको जिल्ला जनगणना कार्यालय चन्द्रगढीका प्रमुख चुडामणि लुइँटेलले बताउनुभयो ।

तालीम संयोजक केन्द्रीय तथ्याङ्क विभागका निर्देशक तथा जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र बज्राचार्यसहित छ जना प्रशिक्षक रहनुभएको छ । उहाँले विराटनगरमा १० जिल्लाका १७१ र भद्रपुरमा ८५ जनालाई तालीम दिइरहेको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशस्तरीय मुख्य प्रशिक्षण तालीम यही चैत ९ देखि १५ गतेसम्म चल्ने, स्थानीय जनगणना अधिकारीलाई चैत १९ देखि २५ गतेसम्म प्रदेशस्तरीय तालीम प्रदान गरिनेछ । तालीम प्राप्त प्रशिक्षक अर्थात् उहाँहरुबाट नै सुपरीवेक्षकलाई वैशाख १६ देखि २२ सम्म र गणकलाई वैशाख १७ देखि २२ गतेसम्म जिल्लास्तरीय तालीम प्रदान गरिने बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ देशभरका नेपालीको घरदैलोमा निश्चित समयभित्र पुगी सबै घर, अक्सर बसोबास गरेका परिवार तथा व्यक्तिहरूको विवरण सङ्कलन र सङ्कलित विवरण प्रशोधन एवम् प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो । नेपालमा जनगणना १९६८ देखि शुरु भएको हो । विसं २०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशको सङ्घीय संरचनापछिको पहिलो जनगणना हो ।

‘रेलको बाटो’

0
सडक सञ्जालले नछोएको एक मात्र जिल्ला हुम्लामै छायांकन गर्न हिंडे पनि समूह पुग्न सकेन । त्यसपछि गीतमा समेटियो हुम्लाजस्तै पीडा बोकेको अर्को जिल्ला डोल्पाका दृश्य ।

सुर्खेत — पुरानो ढुंगेघर । काठको खाँबोमा रेडियो झुन्ड्याइएको छ । रेडियोमा समाचार बज्छ– ‘सरकारले केही समयभित्रै रेल सञ्चालन गर्ने गरी तयारी थालेको छ, चीनको केरुङ नाकाबाट काठमाडौंसम्म रेल सञ्चालनको लागि तयारी थालिएको हो ।’उपल्लो डोल्पामा ‘रेलको बाटो’ गीतमा अभिनय गर्दै कलाकार ।

आम नेपालीलाई सुखद लाग्ने यो समाचार सकिएलगत्तै दृश्य फेरिन्छ । म्युजिक भिडियोमा विकट हिमाली गोरेटोमा घोडा डोर्‍याउँदै हिँडिरहेका स्थानीय बासिन्दा देखिन्छन्, जसले रेडियोमा बजेको सुखको समाचारलाई मिथ्या सावित गर्छ । गीतमा यसरी शब्दहरू बग्न थाल्छन्–

रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा

हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा

‘रेलको बाटो’ नामक म्युजिक भिडियोले वास्तवमै नेपाल सरकारले देखाएको रेलको सपना र कर्णालीको अवस्थाबारे सोचमग्न बनाएको छ । उपल्लो डोल्पामा छायांकन गरिएको म्युजिक भिडियोका प्रमुख कलाकार चिरञ्जीवी सापकोटा (जीबी चिरन) भन्छन्, ‘जनतालाई समृद्धिका सपना सुनाउन पाइन्छ तर दुःखका कथा यथावतै राखेर सुनाइने सपनाको के अर्थ हुन्छ र ?’

सरकारले रेलको सपना सुनाइरहँदा कर्णालीको पीडा कति गहिरो छ भन्ने कुरा उनले भिडियो छायांकनमै पनि अनुभूति गर्न पाए । सडक यातायातले नछोएको देशको एक मात्र जिल्ला हुम्लामै पुगेर उनी भिडियो छायांकन गर्न चाहन्थे । तर १० जनाको समूहलाई त्यहाँ पुर्‍याउने कसरी ? त्यसैले उनले हुम्लाजस्तै पीडा बोकेको अर्को जिल्ला डोल्पामा पुगेर भिडियो छायांकन गरे । ‘हामी हुम्लामै पुगेर गीत छायांकन गर्न चाहन्थ्यौं तर आर्थिक अभाव र त्यहाँसम्म पुग्ने सहज पहुँचमार्ग नहुँदा सम्भव भएन,’ उनले भने, ‘अब फिमेल भर्सनका लागि हुम्लामै पुगेर छायांकन गर्ने योजना बनाएका छौं ।’

करिब ७ मिनेट लामो म्युजिक भिडियोमा उपल्लो डोल्पाका दृश्यले शब्दलाई थप शक्तिशाली बनाएका छन् । लेखराज गिरीले कर्णालीको वास्तविक जीवनलाई शब्दमा सरल ढंगले उतारेका छन् ।

सिटामोलको अभावमा मर्नुपर्ने कोही

चोट लागे, भोक लागे बस्नुपर्ने रोई

त्यतिमात्र होइन, गीतमा कर्णाली र सहरको अवस्थालाई तुलना पनि गरिएको छ । सहरमा रेल आउने तयारी भइरहँदा हुम्लामा गाडी नपुगेजस्तै विकासका अन्य सूचकमा पनि कर्णाली पछि परेको शब्द–दृश्यमा उतारिएको छ ।

तुइन चढी स्कुल जान्छन्, नानीबाबु गाउँमा

कालो बाटो चिल्ला गाडी, होलान् तिम्रो ठाउँमा

दाउरा–घाँस खाली खुट्टा छैनन् चप्पल–जुत्ता

रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता

गायक तथा मोडेल सापकोटाका साथै सरस्वती खत्री र लक्ष्मण देवकोटाको जीवन्त अभिनयले कर्णालीको पीडालाई वास्तविकतामा उतारेको छ । सुरज पण्डितले सुमधुर स्वरमार्फत कर्णालीका दुःखका सुस्केरा सुसेलेका छन् । म्युजिक भिडियो छायांकन गर्ने क्रममा एक जना कलाकारलाई लेक लागेर हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो ।

खर्च पनि अनुमान गरेभन्दा दोब्बर बढी भयो । तैपनि ‘रेलको बाटो’ टिमले यसको हरेस खाएको छैन । युट्युबमा म्युजिक भिडियो अपलोड भएको एक सातामै करिब साढे ७ लाखभन्दा बढी भ्युज पाएपछि दंग परेका सापकोटा भन्छन्, ‘सरकारले रेलको सपना सुनाउँदै गर्दा हुम्लामा मोटर पनि पुर्‍याओस् भन्ने हाम्रो सदिच्छा छ ।

’कान्तिपुरबाट सभार

प्रकाशित : चैत्र ८, २०७७ ०८:१६

प्रतिक्रिया
पठाउनुहोस्

श्रवणशक्तिको रक्षा

ढुण्डीराज पौडेल

कोही आनुवंशिक, कोही गर्भावस्थामा पैदा हुने विभिन्न विकृति अनि कोही जन्मिसकेपछि चोटपटक एवं संक्रमणका कारण आजन्म अपांग बन्न पुग्छन् । अपांगताहरू पनि कुनै आंशिक अनि कुनै पूर्ण हुन्छन् । उमेरजन्य शारीरिक क्षयीकरणका कारण पनि व्यक्तिहरू अशक्त एवं अपांग बन्न पुग्छन् ।

अशक्तता अनि अपांगता यस्तो अवस्था हो जसमा व्यक्तिलाई बाहिरी सहाराको जरुरत पर्छ । विभिन्न अपांगतामध्ये पहिलो ठानिएको बहिरोपनसहितको विभिन्न स्तरका सुस्तश्रवण भएकाहरूको संख्या नेपालमा १६ प्रतिशतजति छ । तीमध्ये बाहिरी श्रवणयन्त्रजस्ता उपकरणहरूको सहयोग चाहिने अशक्त (राम्रो कानमा ४० डेसिबलभन्दा बढीको आवाज मात्रै सुन्ने वयस्क र ३० डेसिबलभन्दा बढीको आवाज मात्रै सुन्ने १५ वर्षभन्दा कम उमेरका) हरूको संख्या ६ प्रतिशतजति छ । ६५ वर्ष नाघेका एकतिहाइभन्दा बढी व्यक्तिहरूलाई श्रवणयन्त्रको जरुरत पर्ने अनुमान विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छ ।

अति गम्भीर स्तरको, विशेषगरी भित्री कानको श्रवण अंगमा रहेको नली नै प्रतिस्थापन गरी आवाजलाई विद्युतीय तरंगका रूपमा श्रवणसम्बन्धी स्नायु नलीमा प्रवाहित गर्ने कक्लियर इम्प्लान्टेसन पद्धति (जुन हालसम्म नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ) चाहिने व्यक्तिहरूको संख्या पनि उल्लेख्य छ ।

डब्लूएचओका अनुसार, वयस्कको ४० डेसिबल र १५ वर्षमुनिका बालबालिकाको ३० डेसिबललाई नै अशक्तताको मापदण्ड मान्नुपर्नेमा गैरस्वास्थ्य या असम्बद्धहरूको गृहकार्यमा ६५ डेसिबललाई थ्रेसहोल्ड तोकियो, जसले गर्दा अशक्तहरूको ठूलो संख्या सुविधा पाउनबाट वञ्चित भएको छ । यस्ता सवालहरूको दायित्व स्वास्थ्य मन्त्रालयमा निहित हुनुपर्नेमा गैरस्वास्थ्य क्षेत्रलाई जिम्मेवारी दिइयो । यसबारे पंक्तिकारले स्वास्थ्य मन्त्रालयको नेतृत्वलाई पटकपटक लिखित रूपमा अनुनय–विनय गरेको हो, तर सुनुवाइ भएन । जन्मजात बहिरोपन भएका शिशुहरूलाई बोलीको विकास हुनुअघि नै विभिन्न तरिकाबाट श्रवण क्षमताको पहिचान गर्ने कार्यक्रम (युनिभर्सल हेयरिङ स्क्रिनिङ) राष्ट्रव्यापी रूपमै सञ्चालन गर्ने दायित्व राज्यको हो ।

नवजात शिशुको श्रवण क्षमता वस्तुगत आधारमा मापन गर्न सकिन्छ । सुरुमा ओएई नामक सामान्य यन्त्रद्वारा जाँच गर्ने र समस्या देखिए विशेषज्ञ सेवा उपलब्ध भएका स्थानमा त्योभन्दा उच्चस्तरको बेरा नामक पद्धतिद्वारा श्रवण क्षमताको निदान गर्न सकिन्छ । शिशुहरूले दुई वर्षसम्म सुन्न नसके बोली सिक्न पनि सक्दैनन् । कानको लचकता हराइसकेपछि श्रवणशक्ति प्रतिस्थापन भए पनि बोली बुझ्ने समस्या पैदा हुन सक्छ । त्यसैले नवजात शिशुहरूको तालु, नाक, कान, घाँटी, मुटु आदि अंगहरूका साथै श्रवण परीक्षण गर्नु अपरिहार्य हुन्छ । विशेष उपकरण नहुँदा ध्यान विकर्षित गर्न आवाज निकाल्ने वस्तुहरूद्वारा पनि परीक्षण गर्न सकिन्छ । विद्यालय जाने उमेरका बालबालिकाका लागि प्राविधिकहरूद्वारा प्ले अडियोमेट्री गर्न सकिन्छ ।

नेपालमा श्रवणक्षमताको परीक्षण गर्ने प्राविधिकहरूको संख्या न्यून छन । सरकारी अस्पतालहरूको अवस्था झनै दयनीय छ । त्यसैले डब्लूएचओ र नेपालमा विशेषज्ञहरूले अडियोलोजिस्टको संख्या वृद्धि गर्ने, स्वास्थ्यकर्मीहरूलाई कानको प्राथमिक हेरचाह कार्यक्रमअनुसार तालिम दिने सुझाव दिंदै आएका छन् । सुस्तश्रवण भएकामध्ये आधाजतिलाई कानको संक्रमण हुनेबित्तिकै उपचार गरेर सामान्य बनाउने सकिन्छ । यस्तै, श्रवणशक्तिमा ह्रास ल्याउने भनी प्रमाणित भएका गलत बानीबेहोरा, रसायन, एयरफोन, मोबाइल, बाहिरी आवाज आदिबाट बच्न सके बहिरोपनबाट जोगिन सकिन्छ ।

नेपालमा कानका अल्पकालीन वा दीर्घकालीन संक्रमण एवं सामान्यदेखि गम्भीर प्रकृतिसम्मको सुस्तश्रवणबाट अझै पनि अत्यधिक व्यक्तिहरू पीडित छन् । सरकारले निःशुल्क वितरण गर्नुपर्ने श्रवणयन्त्र (हेयरिङ एड्स) आदि उपभोक्ताहरूले निकै महँगो मूल्य तिर्नुपरिरहेको छ । कानको शल्यक्रिया आवश्यक पर्ने बिरामीहरू पनि ठूलो संख्यामा छन् । लुम्बिनी, कर्णाली अनि सुदूरपश्चिम प्रदेशमा कानको शल्यक्रियासहितका सेवाहरू उपलब्ध गराउनु अपरिहार्य छ । बेलाबेला सञ्चालन हुने स्वास्थ्य शिविरहरूले मात्रै बहिरोपनका कारणहरूको निवारण गर्न मुस्किल हुने भएकाले सबै तहका सरकार एवं निजी क्षेत्रसहितको समन्वयमा कान एवं श्रवणशक्तिसम्बन्धी सम्पूर्ण उपचारको प्रबन्ध मिलाउनु आवश्यक छ ।

(पौडेल कोहलपुर मेडिकल कलेजमा ईएनटीका प्राध्यापक हुन् ।)

प्रकाशित : चैत्र ८, २०७७ ०८:१४

पूरा पढ्नुहोस् 

प्रतिक्रिया
पठाउनुहोस्

‘रेलको बाटो’ नामक म्युजिक भिडियोले वास्तवमै नेपाल सरकारले देखाएको रेलको सपना र कर्णालीको अवस्थाबारे सोचमग्न बनाएको छ । उपल्लो डोल्पामा छायांकन गरिएको म्युजिक भिडियोका प्रमुख कलाकार चिरञ्जीवी सापकोटा (जीबी चिरन) भन्छन्, ‘जनतालाई समृद्धिका सपना सुनाउन पाइन्छ तर दुःखका कथा यथावतै राखेर सुनाइने सपनाको के अर्थ हुन्छ र ?’

सरकारले रेलको सपना सुनाइरहँदा कर्णालीको पीडा कति गहिरो छ भन्ने कुरा उनले भिडियो छायांकनमै पनि अनुभूति गर्न पाए । सडक यातायातले नछोएको देशको एक मात्र जिल्ला हुम्लामै पुगेर उनी भिडियो छायांकन गर्न चाहन्थे । तर १० जनाको समूहलाई त्यहाँ पुर्‍याउने कसरी ? त्यसैले उनले हुम्लाजस्तै पीडा बोकेको अर्को जिल्ला डोल्पामा पुगेर भिडियो छायांकन गरे । ‘हामी हुम्लामै पुगेर गीत छायांकन गर्न चाहन्थ्यौं तर आर्थिक अभाव र त्यहाँसम्म पुग्ने सहज पहुँचमार्ग नहुँदा सम्भव भएन,’ उनले भने, ‘अब फिमेल भर्सनका लागि हुम्लामै पुगेर छायांकन गर्ने योजना बनाएका छौं ।’

करिब ७ मिनेट लामो म्युजिक भिडियोमा उपल्लो डोल्पाका दृश्यले शब्दलाई थप शक्तिशाली बनाएका छन् । लेखराज गिरीले कर्णालीको वास्तविक जीवनलाई शब्दमा सरल ढंगले उतारेका छन् ।

सिटामोलको अभावमा मर्नुपर्ने कोही

चोट लागे, भोक लागे बस्नुपर्ने रोई

त्यतिमात्र होइन, गीतमा कर्णाली र सहरको अवस्थालाई तुलना पनि गरिएको छ । सहरमा रेल आउने तयारी भइरहँदा हुम्लामा गाडी नपुगेजस्तै विकासका अन्य सूचकमा पनि कर्णाली पछि परेको शब्द–दृश्यमा उतारिएको छ ।

तुइन चढी स्कुल जान्छन्, नानीबाबु गाउँमा

कालो बाटो चिल्ला गाडी, होलान् तिम्रो ठाउँमा

दाउरा–घाँस खाली खुट्टा छैनन् चप्पल–जुत्ता

रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता

गायक तथा मोडेल सापकोटाका साथै सरस्वती खत्री र लक्ष्मण देवकोटाको जीवन्त अभिनयले कर्णालीको पीडालाई वास्तविकतामा उतारेको छ । सुरज पण्डितले सुमधुर स्वरमार्फत कर्णालीका दुःखका सुस्केरा सुसेलेका छन् । म्युजिक भिडियो छायांकन गर्ने क्रममा एक जना कलाकारलाई लेक लागेर हेलिकप्टरबाट उद्धार गर्नुपर्‍यो ।

खर्च पनि अनुमान गरेभन्दा दोब्बर बढी भयो । तैपनि ‘रेलको बाटो’ टिमले यसको हरेस खाएको छैन । युट्युबमा म्युजिक भिडियो अपलोड भएको एक सातामै करिब साढे ७ लाखभन्दा बढी भ्युज पाएपछि दंग परेका सापकोटा भन्छन्, ‘सरकारले रेलको सपना सुनाउँदै गर्दा हुम्लामा मोटर पनि पुर्‍याओस् भन्ने हाम्रो सदिच्छा छ ।’

सुरू भयाे ‘कान्तिपुर सिनेप्लेक्स एचडी’ फिल्मी च्यानल

0

काठमाडौँ — फिल्मसम्बन्धी गतिविधि समेट्ने नयाँ च्यानल ‘कान्तिपुर सिनेप्लेक्स एचडी’ सुरू भएको छ । कान्तिपुर नेकान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ‘कान्तिपुर सिनेप्लेक्स’को क्लापबोर्ड बजाएपछि यो च्यानल शुक्रबार ५:५५ मा सुरू भयो ।

अभिनेत्री गौरी मल्लले ‘सिने’ शब्द कलाकारका लागि ठूलो रहेको बताउँदै ‘कान्तिपुर सिनेप्लेक्स’ सुरु भएकोमा खुसी व्यक्त गरिन् ।

कलाकार हरिवंश आचार्यले १६ पैसामा फिल्म हेर्न सुरु गरेको दिनको सम्झना गर्दै अहिले प्रविधिले फड्को मारेको बताए । ‘अहिले फिल्म खल्ती-खल्तीमा पुगेको छ । हामीले इतिहासमा बनाएका फिल्महरु एचडीमा कसरी रुपान्तरण गर्ने ?’, त्यस्ता इतिहासका फिल्महरु हेर्ने वातावरण सिनेप्लेक्सले बनाउँछ भन्ने विश्वास छ,’ आचार्यले भने ।

कलाकार सुनील थापाले नेपाली फिल्मको संवर्द्धनमा यो च्यानलले भूमिका खेल्ने बताए । ‘पुरानोमात्र होइन नयाँ फिल्म पनि घरमै बसेर हेर्ने सकिने भयो अब । पहिला नेपाली फिल्म हेरेपछि दर्शकले मलाई गाली गर्थे । किनकि म फिल्मको भिलेन । तर अब त दर्शकले घरमै बसेर मलाई गाली गर्न भए,’ ठट्यौली शैलीमा उनले भने ।

संगीतकार शम्भुजित बास्कोटाले पनि आफूले १६ पैसामा फिल्म हेर्न सुरु गरेको प्रसंग जोड्दै ‘कान्तिपुर सिनेप्लेक्स’ले नेपाली फिल्मको उद्योगमा टेवा पुर्‍याउने बताए । कार्यक्रममा अभिनेता राजेश हमालले यो च्यानलले फिल्मको गतिविधिलाई परिस्कृत र परिमार्जित ढंगले प्रस्तुत गर्ने धारणा राखे ।

अभिनेत्री निरुता सिंहले यो च्यानलमार्फत पुराना कलाकार दर्शकमा जीवित रहने बताइन् । ‘हामीले कयौं फिल्महरु गर्‍यौं । तर अहिलेका कति दर्शकले ती फिल्म हेर्न पाउनु भएन । अब यो च्यानलमा ती फिल्मको प्रसारण हुनेछ । हामी पुराना कलाकार दर्शकमा जीवित रहनेछौं,’ उनले भनिन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहाल, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा राणा, कलाकार पूजा शर्मा, निर्देशक सुदर्शन थापा, कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, भुवन केसी, अर्जुन कुमार, प्रताप दास, कुन्ती मोक्तान, प्रविशा, अधिकारीलगायतको उपस्थिति थियो ।

टवर्कले सञ्चालनमा ल्याएको यो च्यानल शुक्रबार मीन भाम निर्देशित फिल्म ‘कालोपोथी’ प्रसारणसँगै सुरू भएको हो ।

कान्तिपुरबाट सभार

‘रियल लाइफ’को भूमिका निभाउँदैमा फिल्म छुट्यो : बिपना थापा

0

काठमाडौँ — १ सयभन्दा बढी फिल्ममा अभिनय गरेकी अभिनेत्री बिपना थापा अहिले गुमनामजस्तै छिन् । उनी फिल्म क्षेत्रबाट टाढिएको पनि १४ वर्ष भइसक्यो । उनको अन्तिम फिल्म ‘वरमाला’ हो । उनी बिहेपछि फिल्म क्षेत्रबाट टाढिएकी हुन् । अहिले उनी नेपाल फर्किएकी छिन् । बिपनासँग ‘कमब्याक’, अभिनय र जीवनका विषयमा रीना मोक्तानले गरेको कुराकानी :

राम्रै भइरा’छ । पहिलोपटक २ वर्ष नेपालबाट टाढिएर बस्नु परेको थियो । कोरोनाले गर्दा गत वर्ष आउन सकिनँ । आफ्नो माइती आउँदाखेरी रमाइलै लागिरहेको छ । म वर्षमा २/३ पटक नेपाल आइरहन्थें । कोभिड त छँदै थियो, बीचमा पेटमा ट्युमरको समस्या भयो । ६ महिना बेड रेस्टमै थिएँ । त्यसकारणले २ वर्ष लम्बियो ।

यसपालि फिल्मी परिवारसँग पनि जमघट भयो ?

नेपाल आउँदा २/४ जना फिल्मका साथीलाई भेटिरहेकै हुन्छु । सामाजिक सञ्जालमा सबैसँग बोलिरहेकै हुन्छु । यसपालि नेफ्टाको अवार्ड कार्यक्रममा सहभागी हुन पाएँ । १४ वर्षपछि फिल्मी परिवारसँग भेट्न पाउँदा एकदमै खुशी लाग्यो । त्यो भेटले मलाई भावुक पनि बनायो । माया गर्ने व्यक्तिहरुलाई भेट्दा आँशु आउँदो रहेछ ।

फिल्म क्षेत्रले तपाईंलाई माया मारेकै थियो त ?

थिएन । मलाई सामाजिक सञ्जालमार्फत् सम्झिरहने धेरै छन् । १४ वर्षपछि इन्डस्ट्रीको ठूलो कार्यक्रममा कसैले मलाई बोलायो । मेरो भन्नुको तात्पर्य यस्ता ठूला कार्यक्रममा मलाई सम्झेनन् भन्ने मात्र हो । सायद म यता नभएर पनि कतिले बोलाएनन् ।

अब फेरि फिल्ममा फर्किने कहिले त?

रियल लाइफमा म बुहारी, कसैको पत्नी, भाउजू, जेठानी रआमा हुँ । यिनै भूमिका निभाउँदा-निभाउँदै इन्डस्ट्रीबाट टाढा भएँ । अहिले बाबु कुसाग्र १० वर्ष पूरा भइसक्यो । अब त सबैले कमब्याककै कुरा गर्छन् । मेरो फ्यान, फिल्म उद्योगका साथीहरुले कमब्याक गर्न हौसला दिनुहुन्छ । इन्डस्ट्रीबाट हराउनु हुँदैन भनेर धेरैले गाली पनि गर्नुहुन्छ । टाढा हुने त मन थिएन तर वास्तविक जीवनमा धेरै भूमिकाहरु निभाउनु पर्ने थियो । गत वर्ष नै केही प्रोजेक्टमा प्रतिबद्धता जनाइसकेको छु । अहिले अरुमा पनि कुरा भइरहेको छ । हेरौं कुन फिल्म हुन्छ । कोभिडले गर्दा कुनै रद्द नै भए, कति पोस्टपोन्ड भए । फिल्मी माहोल ठीक भइसकेपछि पक्का म फिल्म गर्छु । निर्देशक बन्ने क्षमता छैन, निर्माताको रुपमा पनि आउन सक्छु । आगामि नोभेम्बर/डिसेम्बरमा एउटा प्रोजेक्ट गर्छु ।

नयाँ फिल्ममा कस्तो चरित्र गर्ने मन छ ?

मैले पहिलादेखि नै बिपना थापा हिरोइनभन्दा पनि कलाकार हो भन्ने प्रमाणित गर्न खोजें । म जुनसुकै भूमिका गर्न तयार छु तर त्यो चुनौतीपूर्ण हुनुपर्योो । मलाई हिरोइनकै भूमिका, आमा या दिदीको भूमिका चाहिन्छ भन्ने छैन । समाजमा छाप छोड्ने कुनै पनि भूमिका गर्न तयार छु ।

तपाईंको कमब्याकलाई परिवारको साथ छ कि छैन ?

म फिल्म गर्छु भन्दा पतिले ‘जाउ न त, बाबु हामी हेर्छौं’ भन्नुहुन्छ । म आमा भएको हुनाले मैले नै मेरो बच्चालाई छोड्न सकिनँ । त्यसैले बीचमा फिल्मलाई निरन्तरता दिइनँ । सासु त अझै मेरो सुटिङ हेर्ने रहर गर्नुहुन्छ ।

तस्बिरहरू : दीपेन्द्र रोका

प्राय: अभिनेत्रीहरु उमेर ढल्किएपछि फिल्मबाट हराउँछन् जबकि हिरोका लागि यही मापदण्ड लागू भएको देखिदैन । यसमा तपाईको टिप्पणी के छ ?

अभिनय कहिल्यै मर्दैन । चाहे अनुहारमा चाउरी परोस् कला जवान नै भइरहन्छ । त्यही भएर त कलाकार सँधै अमर हुन्छन् । हामी आमा, दिदी बहिनीको भूमिकामा देखियौंला तर अभिनयको उमेरसँग सम्बन्ध हुँदैन । म हिरोइनमात्रै होइन, कलाकार पनि हुँ । कलाकारले जुन चरित्रमा पनि अभिनय गर्न सक्छ । जस्तै गौरी मल्ल पहिला हिरोइन हुनुहुन्थ्यो, पछि सशक्त अभिनय गर्ने कलाकार हुनुभयो । त्यसपछि हाम्रो पिढीं आयो । अहिले स्वस्तिमा खड्का र साम्राज्ञीहरु आए । अब उनीहरुपछि पनि अरु आउलान् । आफूलाई कलाकारका रुपमा लिने व्यक्तिलाई कुनै भूमिकाले असर पार्दैन ।

पर्दामा ‘हिरोइन’को आयु छोटोचाहिँ हुँदो रहेछ हैन ?

हो, हिरोको भन्दा पनि हिरोइनको आयु छोटो हुँदो रहेछ । एउटा महिला जब विवाहित हुन्छे, उसको जिम्मेवारी धेरै बढ्छ । ती जिम्मेवारी निभाउँदा निभाउँदै कतिपय कुरामा पछाडि पर्छिन् महिला । आमा भइसकेपछि त सन्तानकै लागि कति कुरामा त्याग गर्नुपर्छ । त्यसैले पनि पर्दामा हिरोइनको आयु कम भएको होला !

अधिकांश अभिनेत्रीहरु बिहेपछि फिल्म क्षेत्रबाट टाढा भए । अभिनेत्रीहरुको करिअरलाई असर गर्ने बिहे नै हो खास कारण ?

करिश्मा मानन्धर बिहेपछि इन्डस्ट्रीमा सक्रिय हुनुभयो । म भने बिहेपछि टाढिएँ । बिहे हुनेबित्तिकै भारतको मथुरा वृन्दावनमा पुगें । यहाँ भइदिएको भए कसैलाई बाबु हेर्न लगाएर काममा फर्किन सक्थें होला । तर टाढा भएपछि सम्भव भएन । बिहेपछि एउटा नारीको दोस्रो जन्म हुन्छ । मेरो जीवनमा निभाउनु पर्ने धेरै जिम्मेवारी छन् । त्यसैले धेरै सोच्नुपर्ने हुन्छ । म एक गृहणी हुँ । बिहेको डेढ वर्षमा बाबु जन्मियो । गर्भवतीको समयमा धेरै गाह्रो भयो । फेरि बाबुलाई धेरै स्याहार चाहियो । त्यही भएर तुरुन्तै फिल्म गर्न पाइनँ । उता परिवारले मलाई नेपालको चर्चित हिरोइन भनेर नै चिन्नुहुन्छ । उहाँहरुले त मलाई फिल्ममा फेरि हेर्न चाहनुहुन्छ । परिवारबाट त्यस्तो कुनै छेकबार थिएन, देशबाट टाढा भएर निरन्तरता दिन सकिनँ । अरु हिरोइनको हकमा सीमा कोरियो होला । त्यो बेला निरुताले आफ्नो करियरबाट ब्रेक लिइन् । जल शाह बिहेपछि अमेरिका पुगिन् । मलाई त मेरै जिम्मेवारीले फिल्म इन्डस्ट्रीबाट टाढा बनायो । मेरो परिवार भारतकै भए पनि पढेलेखेका छन् ।

बिहेपछि फिल्म अफर त आए होलान् ?

निरन्तर आइरह्यो नि । अहिले पनि आइरहन्छ । तर, मेरो अगाडि दुई बाटो थिए । फिल्म इन्डस्ट्री रोजेर घरपरिवार छोड्नुपर्थ्यो, या त फिल्मबाट ब्रेक लिनुपर्थ्यो । परिवार मेरो जीवनको एउटा भाग हो । कलाकारले अभिनय त पछि पनि गर्न सक्छ भन्ने भयो । त्यसैले मैले परिवारलाई नै समय दिएँ ।

तपाईं फिल्ममा कसरी आइपुग्नु भएको थियो ?

सुन्धरामा सुटिङ भइरहेको थियो । सुटिङ हेर्ने दर्शकमा क्यामेरा घुमाउँदा निर्देशकले मलाई देख्नु भएछ । त्यसपछि मोहन निरौला सरले ‘तिम्रो क्यामेरा फेस राम्रो रहेछ, फिल्म खेल्छौ ?’ भनेर प्रश्न गर्नुभयो । मैले पनि परिवारलाई सोध्नुपर्छ भनें । छवि ओझा, मोहन सर घरमा आएर परिवारसँग कुरा गर्नुभयो । त्यसपछि मल ‘जन्मभूमि’ बाट कलाकार भएँ । त्यतिबेला म १४ वर्षको थिएँ । एउटी गर्भवती महिलाको भूमिका गर्नु थियो । त्यो फिल्म मेरो घर नजिकै सुटिङ भएको थियो । त्यो भूमिका निभाउँदा लाज लागेर म रोएकी थिएँ । त्यतिबेला बसुन्धरा भुसालले धेरै सम्झाउनुभयो । उहाँले सम्झाउनु भएपछि उक्त भूमिकाका लागि म तयार भएँ । त्यो भूमिकामा मेरो पहिलो सट फस्ट टेकमै ओके भएको थियो ।

पहिलो वर्ष नै ६ वटा फिल्ममा अभिनय गर्नुभयो ?

हो, एकै वर्षमा धेरै फिल्म गरेको भनेर बिजी अवार्ड पनि पाएकी थिएँ । ‘जन्मभूमि’पछि म निरन्तर फिल्ममा व्यस्त भएँ । १ सय ११ वटा फिल्म गरें। त्यो बेला दिनमा पाँचवटा फिल्मको सेड्युल हुन्थ्यो मेरो । बिहान ६ बजेदेखि १० सम्म एउटा । ११ देखि २ बजेसम्म अर्को । २ बजेदेखि ९ बजे अर्कै फिल्म । ९ बजेदेखि रातभर अर्को फिल्मको सुटिङ हुन्थ्यो ।

तपाईंलाई आफूले अभनिय गरेकामा मनपर्ने कुन-कुन हुन् ?

‘मुस्कान’, ‘माइली’ र ‘तँ त साह्रै नै बिग्रिस बद्री’। यी तीन फिल्ममा ३ सय फिल्ममा गर्ने फिल्मको भूमिका गरेकी छु मैले ।

त्यो बेलाको माहोल कस्तो थियो ?

त्यो बेला संघर्ष थियो । तर, सुटिङमा एउटा पारिवारिक माहोल हुन्थ्यो ।

अहिले फिल्म क्षेत्रमा के परिवर्तन देख्नुहुन्छ ?

खासै परिवर्तन त देख्दिनँ । नेपाली फिल्मको क्वालिटीमा भने धेरै परिवर्तन आएको छ ।

तपाईंले अन्तिमपटक हलमा हेर्नु भएको नेपाली फिल्म कुन हो ?

ऋचा शर्माको ‘सुनकेसरी’। युट्युबमा ‘छक्का पञ्जा ३’, ‘दालभात तरकारी’ पनि हेरिसकें ।

कान्तिपुरबाट सभार