Wednesday, June 10, 2026
Home Blog Page 1322

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

0

 

हरेक वर्ष प्रदान गरिने भारतको नेसनल फिल्म अवार्डमा यस वर्ष हिन्दी फिल्मका कलाकार मनोज वाजपेयी र तमिल फिल्मका कलाकार धनुषले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । वाजपेयीलाई ‘भोंसले’ र धनुषलाई ‘असुरन’ फिल्मका लागि उत्कृष्ट ठहर्‍याइएको हो । अभिनेत्रीमा भने हिन्दी फिल्म ‘मणिकर्णिका’ र ‘पंगा’का लागि कंगना रनावत उत्कृष्ट घोषित भइन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भयो । अवार्ड घोषणा गत मे महिनामा नै गर्ने तयारी थियो । तर कोरोना महामारीका कारण पछाडि धकेलिएको थियो ।

तमिल फिल्म ‘सुपर डिलक्स’का लागि विजय सेतुपतीले सहअभिनेता र ‘तास्कन्द फाइल्स’ का लागि पल्लवी जोशीले सहअभिनेत्रीको अवार्ड पाइन् । प्रियदर्शनले निर्देशन गरेको मलयाली फिल्म ‘मरक्कर लायन अफ दि अरेबियन सी’ उत्कृष्ट फिल्म घोषित भयो भने ‘बहत्तर हूरें’का लागि संजय पुरन सिंह चौहानले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

सोहिनी चटोपाध्यायले उत्कृष्ट फिल्म समीक्षकको अवार्ड पाइन् । फिल्ममाथि लेखिएको उत्कृष्ट पुस्तकको पुरस्कार सन्जय सुरीको पुस्तक ‘अ गान्धियन अफेयर : इन्डियाज क्युरियस पोट्रेयल अफ लभ इन सिनेमा’ले पायो ।

कान्तिपुरबाट सभार

प्रकाशित : चैत्र ९, २०७७ १९:१३

प्रतिक्रिया
पठाउनुहोस्

सांसद रेग्मीलाई कारबाही सिफारिस

कान्तिपुर संवाददाता

सुर्खेत — प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले सिफारिस गरेको छ ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी एमाले प्रवेश गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

माओवादी प्रमुख सचेतक सीता नेपालीले दलको बैठकमा नआएका कारण रेग्मीलाई स्पष्टीकरणसमेत सोधिएको बताइन् । उनका अनुसार आवश्यक कारबाहीका लागि प्रदेश कमिटीमार्फत केन्द्रमा सिफारिस गरिएको छ ।

एमालेले रेग्मीलाई केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७७ १९:०५

पूरा पढ्नुहोस् 

प्रतिक्रिया
पठाउनुहोस्

 

जसपा अध्यक्ष ठाकुरसहित नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटारमा

0

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र जसपा कार्यदलका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन् ।

रेशम चौधरीको रिहाइलगायतका आफ्ना मागहरूबारे सरकारको आधिकारिक धारणा लिनका लागि नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले इकान्तिपुरलाई बताए । प्रधानमन्त्रीले पछिल्लो समय सरकार टिकाउन अनुचित सहमति नगर्ने भनेर दिएको अभिव्यक्तिबारे प्रस्ट हुन पनि जसपाका अध्यक्ष ठाकुरसहित नेताहरू बालुवाटार गएको ती नेताले बताए ।

पछिल्लो समय सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ । गत बिहीबारको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले बिनासर्त ओलीको विकल्पमा तीन दलको गठबन्धन सरकार बनाउने प्रस्तावसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए ।

प्रतिवेदनमा कांग्रेस, माओवादी र जसपामध्ये समझदारीमा सरकारको नेतृत्व गर्ने विषय थियो । बैठकमा प्रस्तुत गर्नुअघि उक्त प्रतिवेदन पाँच सदस्यीय पदाधिकारी बैठकमै विवाद भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक रोकिएको थियो । ठाकुर र महतोले यादवको प्रतिवेदन अपरिपक्व भएको बताएका थिए ।

मंगलबार बालुवाटार गएका चार जना नेता नै पूर्वराजपाका हुन् । सत्ता समीकरणबारे जसपामा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका रुपमा कित्ताकाट देखिएको छ ।

त्यस्तै नयाँ सत्ता समीकरणका लागि माओवादी केन्द्रले सत्ताबाट अलग भएको निर्णय गर्नुपर्ने र निर्णायक देखिएको जसपाले प्रस्ट धारणा बनाउनुपर्ने कांग्रेसले अडान राखेको छ भने पहिला कांग्रेस र माओवादी प्रस्ट हुनुपर्ने जसपाको धारणा छ ।

कान्तिपुरबाट सभार

कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन : देउवा

0

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।

’देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कान्तिपुरबाट सभार

सरकार बनाउन कांग्रेस अग्रसर हुँदैन : शेर बहादुरदेउवा

0

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले सरकार बनाउन नेपाली कांग्रेसले अग्रसरता नदेखाउने बताउनु भएको छ ।

मंगलबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै सभापति देउबाले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने र आफुहरु सरकार बनाउन मरिनमेट्ने तर नेतृत्व गर्नुपरे त्यस बाट पनि नभाग्ने बताउनु भयो । उहाँले आफुहरु प्रतिपक्षी पार्टी भएकाले प्रतिपक्षीको भूमिका नै निर्वाह गरिरहेको बताउनु भयो ।

अदालतको निर्णयका कारण मुलुक निर्वाचनमा जान नसकेको बारे सोधिएको प्रश्नमा सभापति देउबाले अदालतको निर्णय आईसकेको र यसलाई सबैले मानेर जानुपर्ने धारणा राख्नु गर्नुभयो । उहाँले नेपालको संविधान अनुसार विपक्षी पार्टी नेपाली काग्रेस भएकाले विपक्षीमै बस्ने बताउनु भयो । उहाँले पार्टी भित्र सवैले सहयोग गरे पुन सभापतिमा दोहोर्याउने बताउनु भयो ।

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

0

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सोमबार ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ

किसानलाई निःशुल्क घाँसको बीउ

0

कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ। व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताउनुभयो । “नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ”, पाण्डेले भन्नुभयो, “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।”

पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताउनुभयो । “टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ ।

स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

0

दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

0

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगरसहित ६ जना पक्राउ

0

उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित ६ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी उदयपुरले बताएको छ । यस्तै सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको उदयपुर प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ३।९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा बरामद भएको प्रहरी कार्यलय उदयपुरले बताएको छ । पक्राउ गरिएका छ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।
–––

सेयर बजारमा फेरि उछाल, कारोबारमा पनि उत्साह

0

काठमाडौं : राजनीति अन्योलबीच पनि सेयर बजारमा गजब उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ।

 कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर  २५३८.४७ विन्दुमा पुगेको छ।  परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

सेयर बजार अब फेरि बुलिस लयमै फर्किएको विश्‍वास लगानीकर्ता गरेका छन्। पुँजी बजारका लगानीकर्ताहरूले राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै आत्मविश्‍वासका साथ लगानी गर्न थालेका छन्।

सेयर बजार परिसूचक फागुन ९ गते अहिलेसम्मकै सर्वाधिक उच्च बिन्दु २६४०.३५ अंकसहित ऐतिहासिक उचाइ चुमेको थियो। त्यसपछि ओरालो लागेको बजार  २३८९.१९ विन्दुमा झरेको थियो ।

नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान  लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

राजनीतिक अन्योलबाहेक बजार घट्नुपर्ने कुनै कारण नभएकोले बजार बुलिस ट्रेन्डमै अघि बढ्ने बजार विज्ञहरूले बताएका छन्।  चैतपछिको समयलाई त्यसै पनि सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। चैतपछि कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्ट आउने भएकोले त्यसको आंकलन र अपेक्षामा बजार थप उत्साह आउने देखिन्छ।

अन्नपूर्णबाट साभार