Sunday, May 3, 2026
Home Blog Page 1255

अब सरकार कांग्रेसको नेतृत्वमा : शेखर कोइराला

0

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय स सरकारदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो ।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उहाँले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।”

सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ । कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पार्नुभयो ।

कोरोना संक्रमण विद्यालय बन्द नहुने

0

काठमाडौं। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिनुभयो ।

शान्तिका लागि पशुपतिमा वत्सलेश्वरी जात्रा

0

काठमाडाैं । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्रा आइतबार रातिदेखि शुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो ।

पूजा सम्पन्न गरी आइतबार बिहान ७ बजेदेखि बज्रेश्वरी जात्रा शुरु गरिएको थियो । बज्रेश्वरी अर्थात् पिङगलास्थानको जात्रा आइतबार बेलुकीसम्म मनाइएको छ । बज्रेश्वरी जात्रा समापन हुने वित्तिकै वत्सलेश्वरीको जात्रा शुरु भएको हो । वत्सलेश्वरी जात्रा भने आइतबारदेखि तीन दिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन अर्थात् मङ्गलबार सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।

देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रुपमा सहभागी हुने गरेको उहाँले सुनाउनुभयो । वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ ।
भगवान् शिवको पत्नीका रुपमा पुजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किम्बदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन आज बेलुकी रथले पशुपतिको मूलढोकामा तीन पटक ठोकाएर फर्काउने प्रचलन रही आएको छ ।

भारतमा एकैदिन थपिए एक लाख ६९ हजार नयाँ संक्रमित

0

३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ लाख नाघेको छ । त्यस्तै संक्रमणको कारण एक लाख ७० हजार १७९ को मृत्यु भइसकेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १२ लाख नाघेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार भारत संक्रमित संख्याको आधारमा पुनः दोस्रो सबैभन्दा प्रभावित मुलुक बनेको छ । ब्राजिलमा एक करोड ३४ लाख ८० हजार संक्रमित फेला परेका छन् । सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म तीन करोड ११ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ६३ हजार २९४ महाराष्ट्रमा फेला परेका हुन् । उत्तर प्रदेशमा १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने कर्नाटक, छत्तीसगढ र दिल्लीमा १० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमण बढ्दै गए पनि भारत सरकारले लकडाउन गर्न चासो देखाएको छैन तर केही राज्यमा भने सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ।

अनलाईनखबर बाट साभार

काँग्रेस नेतृत्वमा चुनावी सरकार : शेखर कोइराला

0

३० चैत, कास्की ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।’

सरकारले विजनेश नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाइ छ ।

कांग्रेसका लागि आगामी भदौमा हुने १४औँ महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारे।

अनलाईनखबर बाट साभार

प्रतिनिधिसभा बैठकमा चुच्चे नक्साको चर्चा

0

विराटनगरको कोशी कोभिड अस्पतालमा एकजना संक्रमितको मृत्यु

0

३० चैत, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।

सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।

अनलाईनखबर बाट साभार

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

0

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो ।

अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सरकारविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गर्दा वैकल्पिक मुख्यमन्त्रीको नाम पनि दिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाए मुख्यमन्त्री पदमुक्त हुन्छन् र नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ ।

त्यस्तै नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका दलले अविश्वासको प्रस्ताव लैजाने हो भने कसलाई मुख्यमन्त्री बनाउने हो त्यो पनि तोक्नुपर्छ ।

अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक यतिबेला राष्ट्रिय जनमोर्चा छ । एक स्वतन्त्र र २७ जना एमाले सांसदसहित ३ सदस्यीय जनमोर्चाको समर्थन कायमै रहने हो भने ३१ संख्यासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बच्छ ।

यी दुईमध्ये कुन विकल्प प्रयोग गरेर सरकार निर्माण गर्ने भन्नेमा दलहरु निश्कर्षमा पुगेका छैनन् । ‘दुई विकल्पका विषयमा केन्द्रका नेतासँग छलफल गर्नुपर्ने देखियो । हामी माओवादीले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीलाई विश्वासको मत लिने अवस्था ल्याउनुपर्छ भन्नेमा छौं तर केन्द्रीय नेताहरुले अविश्वासको प्रस्ताव लिएर जाऔं भनिरहनुभएको छ,’ वार्ता कमिटी संयोजकसमेत कांग्रेसका सांसद कुमार खड्काले भने, ‘कुन बाटोबाट जाने भन्ने कुरामा ४ दल बसेर छलफल गर्छौं ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकार हटाउने कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी राजनीतिक हिसाबले एकै ठाउँमा उभिए भने कसले नेतृत्व लिने भन्नेबारे दलहरु अझै अन्योलमा छन् ।

‘राजनीतिक हिसाबले हामी एकै ठाउँमा छौं तर सरकारको नेतृत्व, मन्त्री र दलहरुको सहभागिता संख्याबारे छलफलमा प्रवेश गरेकै छैनौं,’ माओवादी तर्फका वार्ता समिति सदस्य सांसद रामजी बरालले भने, ‘राजनीतिक हिसाबले मुद्धा एउटै भइसकेपछि सरकार निर्माणको विषयले हलो अड्काउँदैन ।’

अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १५ सांसद छन् । ठूलो पार्टी भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषय स्वाभाविक हुने कांग्रेसका सांसद खड्का र माओवादीका बरालको भनाइ छ । माओवादी केन्द्रले पनि सरकारको नेतृत्व गर्न सक्ने तर अरु दलको नेतृत्व भए पनि समस्या नहुने बरालले बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवसर आएमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नै मुख्यमन्त्री हुने सांसदहरु बताउँछन् । वार्ता समितिका सांसद कुमार खड्का र विन्दुकुमार थापाले कांग्रेसले अवसर पाए पाका, प्रदेशका शीर्ष नेता पनि भएकाले नेपाली स्वाभाविक हिसाबले मुख्यमन्त्री हुने बताउँछन् ।

अहिलेकै सरकार बचाउने वा नयाँ सरकार बनाउने भन्ने मुख्य निर्णायक यतिबेला राष्ट्रिय जनमोर्चा छ । एक स्वतन्त्र र २७ जना एमाले सांसदसहित ३ सदस्यीय जनमोर्चाको समर्थन कायमै रहने हो भने ३१ संख्यासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बच्छ ।

कांग्रेसका १५, माओवादीका १२ र जसपाको २ सांसद रहेको जनता समाजवादी पार्टीलाई जनमोर्चाले साथ दिने हो नयाँ सरकार बन्छ । माओवादीका तर्फबाट एक सांसद सभामुख रहेकाले जनमोर्चाको साथले नयाँ सरकार बनाउन पनि ३१ जना नै पुग्छ ।

२५ गते शुरु भएको सांसद बैठक २७ गतेदेखि वैशाख ६ गतेसम्मका लागि स्थगित छ । ६ गतेको बैठकभन्दा अगाडि नै सत्ता समीकरण र राजनीति नयाँ धारबाट अगाडि बढ्ने विपक्षी दलले बताएका छन् ।

‘६ गतेको बैठकअघि नै जनमोर्चासहित सबै दलको टुंगो लागिसक्छ,’ कांग्रेस सांसद खड्काले भने । माओवादीका सांसद रामजी बराल, जसपाका हरिशरण आचार्य र जनमोर्चाकी सांसद पियारी थापाले पनि अबको प्रदेशसभा बैठक अगाडि नै प्रदेशको राजनीति नयाँ शिराबाट अगाडि बढ्ने दाबी गरे ।

शीर्ष नेताको निर्णय लिन चुमान काठमाडौं

आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका हरिबहादुर चुमान नयाँ सरकार गठन गर्न वार्ता टोलीका संयोजकसमेत छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका चुमान अब कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय लिन काठमाडौं पुगेका छन् ।

‘पार्टीका शीर्ष नेताहरुसँग छलफल र भेटघाट गर्न काठमाडौं आइपुगेको छु । कसको नेतृत्वमा सरकार बनाउने, सरकारमा कुन हिसाबले सहभागी हुने भन्ने विषयमा अध्यक्ष प्रचण्ड लगायत शीर्ष नेतासँग छलफल हुन्छ,’ चुमानले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘केन्द्रसहित अब प्रदेशमा पनि कसरी जाने भन्ने एक खालको बाटो तय हुनुपर्छ भन्ने हो ।’

प्रदेशको अवस्था के हो, कस्तो खालको घटनाक्रम र समीकरणको विकास भइरहेको भन्ने नेताहरुलाई जानकारी गराएर राय लिएर फर्किने चुमानले बताए । माओवादीको नेतृत्वमा सरकार निर्माण भए चुमानलाई नै मुख्यमन्त्री बन्न सक्ने सम्भावनाका रुपमा हेरिएको छ । तर, माओवादीका केही सांसदले भने दलको नेता भएका कारण चुमानको नाम आउनु स्वाभाविक भए पनि अरु पनि आकांक्षी रहेको बताए ।

चुमान पहिले गृहमन्त्री रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्किएका नेता हुन् । बादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिए पनि चुमान माओवादी केन्द्रमै छन् ।

केन्द्रको निर्णय पर्खिँदै जनमोर्चा

विश्वासको मत पुर्‍याउन सक्ने आशामा बसेका मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका अध्यक्ष चित्रबहादुरको अभिव्यक्तिले भने तरंगित बनाएको छ । राजमो प्रदेश संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङकै पक्षमा लचिलो भइरहेका बेला केसीले समर्थन फिता गर्ने अभिव्यक्ति दिएपछि मुख्यमन्त्रीलाई संकट परेको हो ।

मुख्य निर्णयक मानिएको जनमोर्चाका प्रदेश सांसद भने अझै केन्द्रकै निर्णय पर्खेर बसिरहेको छ । जनमोर्चा संसदीय दललाई आधिकारिक निर्णय आइसकेको छैन । आइतबार जनमोर्चाको संसदीय दलको बैठक बसेको थियो ।

‘अहिलेको सरकारलाई समर्थन गर्न नसकिने विषयमा छलफल भए पनि दलका नेतालाई आधिकारि केन्द्रको निर्णय नआएको रहेछ,’ सांसद पियारी थापाले भनिन्, ‘केन्द्रको नीति र निर्देशन अनुसार अगाडि बढ्छौं ।’

जसपाको पनि मुख्यमन्त्रीमा दाबी

अहिलेको सरकारको विकल्पमा जाने ३ दलको सहमति भए पनि नेतृत्वबारे छलफल चलिरहेकै बेला जनता समाजवादी पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने बताएको छ । दुई सदस्य मात्र रहेको जसपाले नेतृत्वमै दाबी गर्ने सांसद हरिशरण आचार्यले बताए ।

‘प्रतिगमनको विरुद्धमा सबैभन्दा बढी सडक संघर्ष र विरोध जसपाले गरेको छ । यो अवस्थामा हाम्रो पनि मुख्यमन्त्रीमा दाबी रहन्छ,’ आचार्यले भने, ‘अहिलेको सरकारको विकल्प खोज्ने मुख्य एजेण्डा भएकाले जसपाले नै नेतृत्व गरे पनि अरु दललाई ठूलो अप्ठेरो नहोला ।’

संघीय सरकारकै विषयमा जसपाले अझै निर्णय गर्न सकिरहेको छैन । प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहँदा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न समय लाग्ने देखिन्छ ।

अनलाईनखबर बाट साभार

प्रधानमन्त्री ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

0

३० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए ।

यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए । एमालेको विवाद बढ्दै जाँदा ओलीले महाधिवेशन केन्द्रित गतिविधि गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर संगठन निर्माण गरिरहेको छ

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बनको कारबाही गरेका छन् । ओलीले आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने तयारी पनि गरेका छन् ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । आगामी बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने तयारी छ ।

गएको ५ पुसमा प्रतिनिधिसभा विघटनको निर्णयमा साथ दिने नेताहरुलाई सांगठनिक जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारिएको एक नेताले बताए

अनलाईनखबर बाट साभार

निर्वाचन आयोगले फैसला नदिनु विडम्बना : नेता नेपाल

0

२९ चैत, वीरगञ्ज । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ?’

एमाले पुनर्जीवित भएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर विधान संशोधन गर्ने, अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी हटाउने, माओवादी केन्द्र छाडेर आएका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध नेपाल समूह आयोग गएको थियो ।

आयोगले निर्णय नदिएपछि बेठीक भयो भनेर कार्यकर्तामाझ आएको भन्दै उनले समानान्तर कमिटी गठनको बचाउ गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीलाई एकताबद्ध गर्न २ जेठ २०७५ मा फर्कनुको विकल्प नभएको बताए । ‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’ उनले भने, ‘तर अध्यक्ष ओलीले मतलबै नदिइ सानो गुटको भेला बोलाउनुभएछ । त्यसैलाई केन्द्रीय कमिटीको विषेश बैठक नाम दिएर आफ्नो पक्षमा नभएकाहरुको पत्ता साफ गरिदिनुभयो । पद पनि खोसिदिनुभयो, जिम्मेवारी खोसिदिनुभयो । मान्छे थपिदिनुभयो । विधान संसोधन गरिदिनुभयो ।’

अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर निकास खोज्नुपर्ने उनले बताए ।

अनलाईनखबर बाट साभार