Sunday, May 3, 2026
Home Blog Page 1253

दीपक मनाङ्गेले सघाए पनि एमालेलाई तीन भोट पुगेन

0

पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको छ ।  गुरुङ नेतृत्वको सरकारबाट माओवादीको तर्फबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै प्रदेशसभामा नयाँ जोड घटाउ सुरु भएको छ ।

गण्डकी प्रदेशसभाका ६० सांसदमध्ये मुख्यमन्त्री गुरुङको पार्टी एमालेका पक्षमा २७ सांसद छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेले एमालेलाई समर्थन गरेका छन् । योसहित एमालेका सांसद संख्या २८ हुन्छ । यसबाहेक माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

यस्तो अंक गणितका बीच मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तिमा ३१ मत आवश्यक पर्छ । अर्थात उनलाई ३ सांसद अपुग छ । त्यसका लागि उनलाई राष्ट्रिय जनमोर्चाका ३ सांसदको समर्थन आवश्यक पर्छ ।

काँग्रेस पनि गुरुङ नेतृत्वको सरकारको विपक्षमा रहेको अवस्थामा सानो दल भए पनि गण्डकी प्रदेशमा सरकार बनाउने र गिराउने मुख्य चाबी जनमोर्चाको खल्तीमा रहेको हो । यद्यपि काँग्रेस, माओवादी लगायतले पनि जनमोर्चालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ । अर्थात ३ सिट रहेको जनमोर्चा दुबै पक्षको तानातानमा परेको छ ।

उसो त राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही पहिले विज्ञप्ति नै जारी गरेर संघीय प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदम चालेको भन्दै उनको पार्टीलाई केन्द्रदेखि प्रदेशसम्म समर्थन गर्न नसकिने बताएका थिए ।

यस्तो अवस्थामा जनमोर्चाले गर्ने निर्णयका आधारमा मुख्यमन्त्री गुरुङको भविष्य निर्धारण हुने भएकाले गण्डकी प्रदेशको सत्ता समीकरणलाई चासोका साथ हेरिएको छ ।

केसीको अभिव्यक्तिपछि उत्साहित भएका सत्ता इतरका ४ पार्टी गुरुङ नेतृत्वको सरकार ढाल्ने ध्याउन्नमा छन् । राजनीतिक जोड घटाउ र आ–आफ्नो पक्षमा बहुमत पु¥याउने रस्साकस्सी चलिरहेको भएपनि उनीहरु निर्णयमा पुग्ने भने सकेका छैनन् । जनमोर्चाकै निर्णय कुरिरहेका छन् ।

जनमोर्चाका केन्द्रीय अध्यक्ष केसीले जे भनेपछि प्रदेशस्तरमा भने जनमोर्चाले आफ्नो स्पष्ट निर्णय दिन सकेको छैन । जनमोर्चाले आफूले अविश्वासको प्रस्ताव नलैजाने, तर लगिएको अवस्थामा समर्थन जनाउने बताएको छ । जसका कारण सोमबार बसेको गण्डकी प्रदेश सभाको संसदीय दलको बैठकले कुनै निर्णय लिन सकेन ।

नयाँ सरकार गठनका लागि अगुवाइ गरिरहेको कांग्रेसले पनि संसदीय दलको बैठकपछि केही समय ‘पर्ख र हेर’को अवस्थामा बस्ने निष्कर्ष निकालेको छ  नयाँ सरकार गठनका लागि यसअघि दलहरूसँग संवाद गर्न कांग्रेसले प्रदेश सांसद कुमार खड्काको नेतृत्वमा अन्तरपार्टी वार्ता समिति गठन गरेको थियो । मणिभद्र शर्मा कँडेल र विन्दु थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समितिले विभिन्न पार्टीहरूसँग अहिलेसम्म गरेका संवाद र प्रगतिका बारेमा संसदीय दलको बैठकलाई जानकारी गराएका थिए ।

माओवादी केन्द्र र जसपा गुरुङ नेतृत्वको सरकार ढाल्नका लागि तयार रहेको तर, जनमोर्चाले अझै पनि औपचारिक निर्णय नगरेकाले केही समय कुर्ने देखिएको वार्ता टोलीका संयोजक कुमार खड्काले बताए । जनमोर्चाले केही दिनमै आफ्नो आधिकारिक निर्णय दिने संकेत गरेको सांसद खड्काले दावी गरेका छन् । उनले जनमोर्चाको आधिकारिक धारण आएपछि वैशाखको पहिलो साता नयाँ सरकार बन्ने वा नबने भन्ने टुङ्गो लाग्ने बताए ।

यसअघि सर्वोच्च अदालतले एमाले, माओवादी ब्यूँताउने फैसला गर्नु पहिले प्रचण्ड–माधव समूहले अविश्वास प्रस्ताव ल्याउन प्रयास गरेको थियो । तर, कुल सांसद ६० जना मध्ये एक चौथाइ अर्थात् १५ सांसद नहुँदा उनीहरू पछि हटेका थिए ।

अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने हैसियतमा १५ सांसद भएको कांग्रेसले केन्द्रको निर्देशन पर्खेर बसेका कारण अगाडि बढ्न सकेको थिएन । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी विधिवत रुपमा विभाजन भएपछि अहिले प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस लागिपरेको हो ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चालाई मन्त्री पदको अफर देखाएर फकाउने प्रयास गरिरहेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगाउनका लागि राष्ट्रिय जनमोर्चा, काँग्रेस वा माओवादीमध्ये एकले समर्थन गर्नुपर्छ ।

यदि यी दल मध्येबाट समर्थन नपाएको अवस्थामा यिनै दलको अगुवाइमा अर्को सरकार बन्ने सम्भावना भएकाले मुख्यमन्त्री गुरुङ साना दलहरूलाई फकाउने योजनामा लागिरहेका हुन् ।  गत २५ चैतमा सुरु भएको प्रदेशसभाको अधिवेशन वैशाख ६ गते सम्म स्थगित छ । अबको बैठक अगावै सबै राजनैतिक पार्टी एकजुट भएर अविश्वासको मत ल्याउने योजनामा लागेका छन् ।

रातोपातीबाट साभार

नयाँ वर्षमा पोखरा जाँदै हुनुहुन्छ ? यी हुन् घुम्ने ठाउँ

0

पोखरा । नयाँ वर्षमा घुमघामका लागि पुग्नैपर्ने रमणीय ठाउँ हो पोखरा । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको पोखरा पछिल्लो समय चाडपर्व र कामको थकान मेट्नका लागि जाने नयाँ गन्तव्य नै बनेको छ ।

लामो समयसम्म कोभिडको त्रासले रोकिएको घुमघाम गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनले व्यवसायीमा आशा बढाएको छ । व्यवसायीले छुटसहितका प्याकेज बनाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरी विभिन्न अफर ल्याएसँगै पोखरा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

केही समय पहिले व्यवसायीले प्याराग्लाइडिङ उडानमा छुटको व्यवस्था गरेसँगै पोखराको आकासमा दैनिक ५ सयभन्दा बढीले प्याराग्लाइडिङ उडान गरेका थिए ।

नेपालीहरुको नयाँ वर्षको आगमनसँगै पोखरा घुमघाममा आउनेको सङ्ख्या बढिरहेको छ । केही दिन यता पोखरा र वरिपरिका पर्यटकीय ठाउँमा घुमघामका लागि आएका आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ ।

पर्यटकीय नगरी पोखरामा नयाँ वर्षसँगै प्राकृतिक सौन्दर्यको मजा लिने मनोरम दृश्य भएका धेरै स्थान छन् । पोखराको बीचमा सुन्दर फेवाताल र उत्तरतर्फका मनमोहक हिमशृङ्खलाका साथै तालबाराही मन्दिर, पातलेछाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताल, विन्ध्यवासिनी मन्दिर, सेती नदी लगायत दर्जनौँ मनमोहक ठाउँहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

त्यति मात्रै होइन पोखराको उत्तरतर्फको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडाएर फेवा किनारामा अवतरण गराउँदाको मज्जा नै बेग्लै । यस्तै सराङकोटबाटै उत्तरतर्फको माछापुच्छ«े लगायतका हिमशृङ्खलासँग लुकामारी गर्दै हेम्जासम्म ‘जिप फ्लाई’को मजासमेत लिन पाइन्छ । पछिल्लो समय पोखराको याम्दीमा सञ्चालनमा आएको अर्को साहसिक खेल बन्जी जम्प पनि पर्यटकका लागि आकर्षणको केन्द्र हो । शरीरमा फिताले बाँधेर डोरीको सहायताले करिब तीन सय मिटर तल हामफालेर बन्जी गर्न सकिन्छ ।

पोखरामा वार्षिक करिब ३ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ३५ प्रतिशत पोखरा आउने गरेका छन् । पछिल्लो समय यहाँ भित्रिने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक पदयात्रा, पर्वतारोहण, प्याराग्लाइडिङ, जलयात्रा र साहसिक यात्रा एवं प्राकृतिक दृश्यावलोकनलाई लक्षित गरी आउने गरेका छन् ।

विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटकमध्ये धेरैको रोजाइमा विश्वकै चर्चित अन्नपूर्ण पदयात्रा पर्ने गरेको छ । अन्नपूर्ण पदयात्राको मुख्य प्रवेशद्वार लमजुङको सदरमुकाम बेँसीसहर, गोरखा र कास्की समेटिएको छ । पर्यटक बेँसीसहर हुँदै पाँच हजार ४ सय १६ मिटर उचाइको अग्लो थोराङ्पास भञ्ज्याङ हुँदै मुक्तिनाथ, जोमसोम पुगेर पोखरा फर्कने गर्छन् । यसको प्रवद्र्धन पर्यटन व्यवसायी, टे«किङ गाइड र टे«किङ व्यवसायीले गर्दै आएका छन् ।

त्यस्तै अर्को पदमार्गका रूपमा पोखराबाट वीरेठाँटी, घान्द्रुक, घोरपानी, जोमसोम, मुक्तिनाथ र माथिल्लो मुस्ताङ पार गरी मनाङ हुँदै बेँसीसहरबाट फर्कने गर्छन् ।

गण्डकी प्रदेश सरकारले गत वर्ष एक सय १० वटा विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्रदेशमा पर्यटन प्रवद्र्धनका कार्य गरिरहेको छ । प्रदेशका ११ जिल्लालाई समेटेर प्रत्येक जिल्लामा १०÷१० वटा पर्यटकीय स्थलको भौतिक पूर्वाधार निर्माणका काम अगाडि बढिरहेको छ ।

प्रदेश सरकारले पोखरा र छिमेकी जिल्लाहरूमा सञ्चालन हुँदै आएका प्यराग्लाइडिङ, अल्ट्रालाइट, जिप फ्लायर, ‌¥याफ्टिङ, घोडचढी, बन्जी जम्प, साहसिक पिङ (स्विङ), हर्ट एयर बेलुनिङ र जङ्गल सफारी लगायतलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

फेवाताल र तालबाराही मन्दिर

पोखराको बीचमा रहेको फेवातालको मनोरम दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । विशेषगरी पर्यटकीय सिजनमा पश्चिमा र युरोपियन पर्यटकहरुको चहलपहल हुनेगर्छ । अन्य समयमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । नेपालीमा पछिल्लो समय बढेको चेतना, विलासी जीवनशैली र बढ्दो घुमघाम गर्ने संस्कृतिको विकाससँगै केही वर्षदेखि आन्तरिक पर्यटकको सङ्ख्या निकै बढ्न थालेको छ ।

पोखरा आउने अधिकांश पर्यटक फेवातालमा डुङ्गा सयर गर्ने र तालको बीचमा रहेको तालबाराही मन्दिमा दर्शन गर्न जाने गर्दछन् । मन्दिरमा दैनिकरूपमा पूजा गर्ने धार्मिक पर्यटकको समेत घुइँचो लाग्ने गर्छ ।

तालको बीच भागमा रहेका कारण तालबाराही मन्दिरमा जान डुङ्गा चढ्नुपर्ने हुन्छ । डुङ्गा भाडामा लिएर दिनभर बोटिङ गर्ने युवा जोडी प्रशस्तै भेटिन्छन् । फेवातालमा माछापुच्छ«े हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ । बोटिङ गर्ने पर्यटक फेवातालमा माछापुच्छ«ेको छायाँ देखेर मोहित हुने गर्छन् ।

फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने अधिकांश पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । युरोपकै झल्को दिने रात्रिकालीन जीवनशैलीमा घुलमिल हुन रुचाउनेहरु मन्त्रमुग्ध हुने गर्छन् । पोखराका अधिकांश होटल तथा लज लेकसाइडमै छन् ।

डेभिड फल्स (पाताले छाँगो)

पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको डेभिड फल्स सिद्धार्थ राजमार्गकै छेउमा पोखराको छोरेपाटन क्षेत्रमा पर्छ । फेवातालको ड््यामबाट छाडिएको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीमा मिसिन पुग्छ । सन् १९६१ मा स्विजरल्यान्डका डेभिड नाम गरेका नागरिक पातले छाँगोमा खसेका थिए । उनको शव तीन दिनपछि सेती नदीको किनारामा पाएपछि उनी खसेको स्थानको नाम डेभिड फल्स रहन गएको हो ।

वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा साँच्चिकै लोभलाग्दो देखिन्छ । पोखराकै मध्य भागमा रहेका कारण यहाँ दैनिक रूपमा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गर्छन् । पर्यटकीय सिजनहरुमा यहाँ भीड नै लाग्ने गर्छ ।

गुप्तेश्वर गुफा

सिद्धार्थ राजमार्ग तथा पोखरा उपमहानगरपालिका–१७, छोरेपाटनस्थित गुप्तेश्वर गुफा डेभिड फल्सको खोँचमा छ । यहाँ गुप्तेश्वर महादेवको मूर्ति छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डेभिड फल्सको पानी देख्न सकिन्छ ।

डेभिड फल्ससँगै रहेको एक किलोमिटर लामो यस गुफामा आन्तरिक तथा बाह्य पर्यटक रमाउने गर्छन् । महानगरपालिका क्षेत्रभित्र र पोखराकै आकर्षक गन्तव्य भएका कारण गुफामा पर्यटकहरुको आगमन बढ्दो छ ।

सेतो गुम्बा

पोखराको पश्चिमतर्फ फेवाताल र रानीवनसँगै माथिको डाँडामा अवस्थित सेतो गुम्बा (शान्तिस्तुपा) पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बौद्ध तथा हिन्दू धर्मावलम्बीका साथै पोखरा पुग्ने सबैजसो पर्यटक यो गुम्बामा पुग्न गर्छन् । पछिल्लो समय यस गुम्बा पोखराकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बिहानदेखि बेलुकासम्म यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।

शान्ति स्तुपाबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, बेगनास ताल, रानीवन, सराङकोटको डाँडालगायत देखिने हुँदा यहाँबाट पर्यटकले प्राकृतिक सौन्दर्य अवलोकन गर्न सक्छन् ।

विन्ध्यवासिनी मन्दिर

विन्ध्यवासिनी मन्दिर नेपाल तथा भारतीय हिन्दू धर्मावलम्बीका बीच विभिन्न धार्मिक ग्रन्थ र आस्थासँग जोडिएको मन्दिर हो । त्यसैले पोखरामा हिन्दू धर्मावलम्बीको बाहै्रमास भीडभाड हुने गर्छ । यहाँ दर्शन गर्न भारतीय पर्यटकको समेत भीड लाग्ने गर्छ ।

मन्दिर अग्लो स्थानमा रहेका कारण यहाँबाट पोखरा सहर अवलोकन गर्न सकिन्छ । पछिल्लो समय यस मन्दिरमा अपाङ्ग र अशक्त पर्यटकहरुलाई लक्षित गरी लिफ्टको समेत व्यवस्था गरिएको छ ।

सराङकोट

सराङकोट पोखराबाट उत्तर पश्चिममा फक्रिएका हिमशृङ्खलासँग सामीप्यता जोड्दै गरेको अग्लो डाँडा हो । यहाँबाट पोखरा र लेखनाथ सहर देख्न सकिन्छ । साथै आँखै अगाडि माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी लगायतका हिमशृङ्खला हेर्न पाइन्छ ।

सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखिन्छ । प्याराग्लाइडिङ र जिप फ्लाईसमेत सराङकोटबाटै हुने गर्छ । यहाँ पर्यटकीय सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् ।

पछिल्लो समय सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । यहाँ पर्यटकका लागि सुविधा प्रदान गर्न ठूला रिसोर्ट र होटलहरु समेत सञ्चालित छन् । यहाँको प्रसिद्ध प्याराग्लाइडिङ सराङकोटबाटै उडेर फेवातालको किनारमा ल्यान्ड गरिन्छ । यसको अलावा बिहानीपख सराङकोटमा सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइँचो लाग्ने गर्छ ।

बेगनास र रूपा ताल

लेखनाथ नगरपालिकामा रहेका बेगनास र रूपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्था छ । माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । पोखरा पुग्ने अधिकांश पर्यटक बेगनास तालमा पुगेर मन बहकाउने गर्छन् । डाँडावारि बेगनास र डाँडापारि रूपाताल छ ।

सहरी कोलाहलबाट अलि टाढा भएकाले यहाँ पुग्दा छुट्टै आनन्दको अनुभूति हुने गर्दछ । पोखराबाट बेगनास तालको रूटमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् । पोखराबाट तालमा पुग्न १० किलोमिटरको दूरी पार गर्नुपर्छ ।

प्याराग्लाइडिङ

चराजस्तै आकाशमा उड्ने साहसिक खेलका रूपमा प्याराग्लाइडिङ विकास हुँदै गएको छ । पोखरामा करिब ५५ वटा प्याराग्लाइडिङ कम्पनी छन् । प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पोखरा आउँछन् । पछिल्लो समय प्याराग्लाइडिङ पोखराको मुख्य आकर्षण बनिरहेको छ ।

साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्रको दृश्यावलोकन गर्छन् । १ सय ५० जना टेन्डम (व्यावसायिक) प्याराग्लाइडिङ पाइलट यहाँ छन् भने १ सय ९० जना सोलो (सिकारु) पाइलट पनि छन् । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्ड हुन्छ ।

अल्ट्रालाइट फ्लाइट   

पोखराको अर्को आकर्षण हो– अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा सहर तथा हिमशृङ्खला हेर्न पाइन्छ । अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । एभिया क्लब, फिस्टेल र पोखरा अल्ट्रालाइट लगायतले अनुमति लिएर सञ्चालन गरिरहेका छन् । यसलाई पोखरेलीले पुतली जहाजसमेत भन्ने गर्छन् ।

जिप फ्लाई

सराङकोटबाट हेम्जासम्म जिप फ्लाई गराइन्छ । एक पटकमा दुईजनाले गर्न सकिने जिप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ ।

जिप फ्लाई पोखराको महत्त्वपूर्ण पर्यटकीय मनोरञ्जनात्मक खेलका रूपमा स्थापित बनिसकेको छ । साहसिक खेलमा पर्ने जिप फ्लाईका पारखीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जिप फ्लाई गर्दा कृषि गाउँको उपनामले परिचित हेम्जाको सुन्दर बस्ती, आसपासको घना जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै सराङकोटबाट भुपी राजमार्गमा पर्ने हेम्जा झर्ने व्यवस्था छ ।

बन्जी जम्प

पछिल्लो समय पोखरामा व्यावसायिक साहसिक खेलका रूपमा भित्रिएको बन्जी जम्पले व्यावसायिकता ग्रहण गर्न थालेको छ । साहसिक पर्यटनमा रुचि राख्नेहरुका लागि बन्जी जम्प अत्यन्त रोमाञ्चकारी खेल हो । पोखराको हेम्जा र पर्वतीय सङ्ग्रहालयस्थित रातोपैह्रोमा टावरसहितको बन्जी जम्म सञ्चालनमा आइसकेको छ ।

तुलनात्मक रूपमा भोटेकोसी र पर्वतको मादी नदीको बन्जी जम्पभन्दा आधा होचो भए पनि यहाँबाट फाल हान्दा पनि बेग्लै मज्जा महसुस हुने गर्छ ।

पामे (फेवाताल किनार)

फेवातालको उत्तर पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो । यो ठाउँ माछाको परिकारका लागि प्रसिद्ध छ । पोखरेलीहरुले बिदाका अन्य दिनमा शनिबार विशेषगरी यहाँ पुग्ने गर्छन् ।

फेवातालको किनारै किनार पुगिने पामेमा राम्रा होटल तथा लज सञ्चालनमा आइसकेका छन् ।

फेवातालका गतिविधि अवलोकन गर्दै माछाको स्वाद चाख्न पामे प्रख्यात रहेको छ । पछिल्लो समयमा यहाँ पोखराका व्यवासयीको लगानीमा अपार्टमेन्ट लगायतका अन्य भौतिक पूर्वाधार निर्माण भइरहेका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय

पोखरा पुगेपछि पुग्नैपर्ने ठाउँ हो– अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय । यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा लगायत हिमाली कला र संस्कृति अवलोकन गर्न सकिन्छ । विभिन्न जातजाति भाषाभाषी र भेषभूषाबारे अध्ययन र अवोलकन गर्ने उपयुक्त स्थानका रूपमा यो सङ्ग्रहालय छ । २०६० साल माघबाट सञ्चालनमा आएको सङ्ग्रहालयमा हिमाली क्षेत्रमा बसोवास गर्ने जातजातिहरुको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिको साथै भौगोलिक अवस्थालगायत अन्य जानकारीमूलक सामग्री राखिएका छन् ।

महेन्द्र गुफा

यो पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।

घना जङ्गलको छेउमा अवस्थित चमेरी र महेन्द्र गुफा अवलोकन गर्दा रोमाञ्चकारी अनुभव हुन्छ ।

सेती खोँच

पोखरा बजारको मुख्य भागबाट बगेको सेती नदी पोखराको अर्को आकर्षण हो । सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ । साँघुरो र गहिरो खोँचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ । वर्षमा भने पानीमाथि आउने हुँदा सहजै देख्न पाइन्छ ।

पोखराको बीचबाट बगिरहेको सेती नदी एकपटक अवलोकन गर्नैपर्ने ठाउँ हो । सेती नदी पुलबाट मात्र हेर्न सकिन्छ । पोखराको बीच भागमा रहेको रामघाटमा भने ठूलो बगर भएको हुँदा बाहिरबाटै स्पष्ट रूपमा सेती नदी हेर्न सकिन्छ । यहाँ पुगेपछि पोखराको वास्तविकता जानकारी हुन्छ । केही स्थानमा सेती फराकिलो घाट भए पनि त्यहीँबाट सानो दुलो हुँदै सेती नदी बिलिन भएको समेत देख्न सकिन्छ ।

माटेपानी गुम्बा

पोखरामा घुम्नका लागि छुटाउनै नहुने अर्को ठाउँ हो– माटेपानी गुम्बा । पोखरा क्षेत्रीय अस्पतालदेखि पूर्वी भागमा पर्ने माटेपानी गुम्बा निकै आकर्षक छ ।

अग्लो ठाउँमा रहेको हुँदा यहाँबाट पनि पोखराको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो गुम्बाबाट लेखनाथ र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलसमेत देखिन्छ । यो बौद्ध तथा हिन्दू धर्मावलम्बीका लागि आकर्षक ठाउँ हो । पोखराको यस स्थान महाभूकम्पले सबैभन्दा धेरै असर गरेको ठाउँमा पर्छ ।

रातोपातीबाट साभार

सुटकेसमा लासदेखि भागरथीको बलात्कारसम्म

0

काठमाडौँ । २०७७ सालमा कोरोना महामारी सुरु भएको केही महिना अपराधका घटना न्यून बनेका थिए । प्रहरीको तथ्याङ्क अनुसार वर्षको अन्त्यसम्म आइपुग्दा अपराधको ग्राफ बढेको छ ।

२०७७ सालमा अपराधको ग्राफ मात्रै बढेन अपराधको प्रकृति पनि जघन्य किसिमका देखिए । काठमाडौंमै महिलाले परपुरुषलाई हत्या गरेर टाउको र शरीर छुट्याई शवलाई सुडकेसमा हालेर फालेको विभत्स अपराध पनि यसैवर्ष भयो ।

समाजमा देखिएका यस्ता जघन्य घटनाले हाम्रो समाज कता जाँदैछ भन्ने चिन्ता बढाएको छ ।

रातोपाटीमा हामीले यस वर्षका ठूला अपराधका केही घटनालाई समेट्ने प्रयास गरेका छौं ।

हेरौँ वर्ष–०७७ मा भएका ठूला अपराध–

गोंगबुको त्यो विभत्स हत्या

काठमाडौँको गोंगबु अपराध भइरहने ‘हटस्पट’ मध्येमा पर्छ । गत साउन २५ मा दाङका कृष्णबहादुर बोहरालाई त्यहीँ हत्या गरियो । सो हत्यालाई ‘गोंगबु हत्याकाण्ड’को नामले चिनिन्छ ।

प्रहरीले हत्यारा पत्ता लगाउन गरेको अपरेसनको नाम राखेको छ– ‘अपरेसन जोजो ।’ अनुसन्धानमा जोजो नामको कुकुर परिचालन गरिएको हुनाले ‘अपरेसन जोजो’ नामकरण गरिएको बताउँछन् अपराध महाशाखाका तत्कालीन एसएसपी दीपक थापा ।

गोंगबुमा डेरा गरेर बस्ने कल्पना पौडेल मुडभरीले कृष्णबहादुरको हत्या गरेपछि सुटकेसमा प्याक गरेर शव फालेकी थिइन् ।

मृतकको टाउको र शव फरक स्थानमा भेटिएपछि महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले उच्च प्राथमिकताका साथ सो हत्या अनुसन्धान गरेका थिए ।

शव पहिचान गर्न नै हम्मेहम्मे परेको अनुसन्धान अधिकृतहरुले पहिचान भएपछि आरोपीलाई चितवनबाट पक्राउ गरे । तर अनुसन्धान अधिकृतकै अघिबाट एम्बुलेन्समा कल्पना भागेको चाहिँ कसैले थाहा पाएन ।

गोंगबु हत्याकाण्ड फिल्मी शैलीको थियो । आफूले हत्या गरेको शव प्रहरीले उठाएको र जोजो कुकुरले फन्का मारेर अनुसन्धान गरेको दृश्य कल्पनाले घटनास्थलबाटै नियालेकी थिइन । पछि प्रहरीसँग उनले भनिन्–‘कृष्णबहादुरको हत्या गर्दा त डराइनँ तर जोजो कुकुरले फन्का मार्न थालेपछि चाहिँ मलाई डर लाग्यो ।’

जिल्ला अदालत काठमाडौँले उनलाई जन्मकैदको फैसला गरेको छ । अहिले उनी जेलमा छिन् ।

रूपन्देहीमा ५ जनाको सामुहिक हत्या

रूपन्देहीको तिलोत्तमा–१० मा एकजनाले ५ जनाको सामूहिक हत्या गरे । सुतिरहेको मौका छोपेर जेठ २६ मा राति झपेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेका हुन् ।

गंगादेवी पशु फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, किशोर करन चौधरी र आशिष चौधरीको हत्या आरोपमा झपेन्द्र पक्राउ परे ।

गङ्गादेवी पशु फर्मका माधव मुसहरुले दुःख दिने गरेको झोकमा हत्या गरेको झपेन्द्रले प्रहरीलाई बताएका छन् ।

प्रवीन हत्या : पहिला ख्याल ख्याल, पछि सकस

मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीन बाँस्तोलाको हत्या प्रकरण प्रहरी र सरकारी वकिलका लागि निकै पेचिलो बन्यो ।

पुस ४ मा साथीहरुसँग मदिरा सेवन गरेका प्रवीन बिहान अचेत अवस्थामा भेटिएका थिए ।  उर्लाबारी–७ का रमेश गिरीको घरमा  साथीको डेरामा अचेत अवस्था भेटिएको भनिएका प्रवीनलाई साथीहरुले नै गोदावरी अस्पालमा लगेका थिए ।

घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्रेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धानमा ढिला मात्रै गरेन सुरुमा हत्या नै नभएको प्रहरी प्रतिवेदन बुझायो । सरकारी वकिल कार्यालयले ‘थप प्रमाण जुटाएर ल्याउनू’ भनेर आरोपीलाई छाड्ने निर्णय गरे । तर आफन्तले आन्दोलन चर्काएपछि प्रहरीलाई सो घटना निकै सकसपूर्ण भयो ।

पछि प्रहरीले बोली फे¥यो– ‘हत्या नै भएको रहेछ ।’ अनुसन्धान मिसिलमा पनि मृतकको एउटा फोटो फरक परेको आन्तरिक छानबिनबाट देखिएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर उद्धव पोखरेल त्यहाँबाट तानिए ।

अदालतले  रतुवामाई–१० का मेहरमान दर्जी लगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । आरोपी कुमार राई ३ लाख धरौटीमा छुटे । कुमार स्थानीय सौरभी होटल सञ्चालक हुन् । सो होटलमा मदिरा खाएर प्रवीन साथीहरुसँगै रमेश गिरीको घरमा बास बसेका थिए ।

सुडाल हत्याकाण्ड

असोज २१ मा जग्गा खोज्ने निहुँमा भक्तपुरको चाँगुनारायण–८ सुडाल बस्ने चन्द्रबहादुर योञ्जनलाई तीन जना मिलेर हत्या गरे ।

जग्गा खोज्न गएका सिन्धुपाल्चोकका कामी शेर्पा, रमेश तामाङ र प्रेम तामाङले कुटपिट गरेर लुटेपछि योञ्जनलाई छाडेर भागे । अस्पतालमा योञ्जनको मृत्यु भयो । सो घटना पत्ता लगाउन महानगरीय अपराध महाशाखाका अनुसन्धान अधिकृतहरुले कठिन मेहनत गरे ।

रामेछापको सुनापती गाउँपालिका–१ का चन्द्रबहादुरले सुडालमा पनि घर बनाएका थिए । किराना पसल थियो ।

पसलमा बियर खाएर साँझपख उनीहरुले चन्द्रबहादुरलाई जग्गा हेर्ने प्रस्ताव राखेर लुटे । प्रहरीले लुटेराले प्रयोग गरेको हेलमेटमा अङ्कित अङ्ग्रेजी अक्षर ‘आरओएक्स’लाई केन्द्रमा राखेर अनुसन्धान गरेर सो घटना पत्ता लगाए ।

प्राविधिक रूपमा लुटेरा चलाख थिए । चद्रबहादुरको पसलको सीसीटीभी फुटेलमा ‘आरओएक्स’ लेखिएका हेलमेट देखिएपछि सो क्लुलाई विकास गरेर अनुसन्धान पूरा गरिएको महाशाखाका तत्कालीन एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।

अभियुक्तले घटनास्थलमा मोबाइल लगेका थिएनन् । नाम, ठेगाना कसैलाई थाहा थिएन् । तर पनि हत्यामा संलग्न सबैजना पक्राउ परे । महाशाखाले सो अपरेसनको नाम राखेको थियो– ‘अपरेसन रक्स ।’

१५ किलो सुन प्रकरण

०७७ साउनमा काठमाडौँस्थित दरबारमार्ग प्रहरीले गरेको १५ किलो ‘सुन’ अपरेसन विवादमा तानियो । ‘सुन’पछि चाँदीमा लेपन मात्र गरिएको पुष्टि भयो । नेपालको आपराधिक दुनियाँका पुराना खेलाडी बाराका इल्ताफ हुसेन अन्सारी फेरि एक पटक चर्चामा आए ।

भारतीय नागरिक देवान पटेल, विजय पटेल, निलेश सखिया र इल्ताफ हुसेन मिलेर सुन लेपन गरेर १५ किलो चाँदी भारत लाँदै थिए । तर डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले पछ्याएपछि सुन्धारामा सुनको झोला छाडेर उनीहरु भागेका थिए ।

अनुसन्धान गर्दै जाँदा भारतमा ‘सुन’ देखाएर ठग्न उनीहरुले चाँदीमा सुन लेपन गरेको खुल्यो । भारतीय नागरिक निलेशलाई चाँदी बोक्न इल्ताफले बा.६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो मात्रै दिएनन् । उनी आफैँ बाराबाट काठमाडौँ आए ।

पेस्तोल बोकेर आएका इल्ताफसहिको समूहलाई प्रहरीले पक्रियो । इल्ताफ भारतीय जाली नोट कारोबारीका नाइके थिए ।

‘सुन प्रकरण’ले उनी जाली नोटसँगै नक्कली सुनको कारोबारमा पनि लागेको खुल्यो । अपराध दुनियाँमा रमाइरहने इल्ताफ फेरि चर्चामा आए ।

भागरथीको बलात्कार र हत्या

चिया पसलदेखि भट्टी पसलमा कुरा हुन्थ्यो– ‘दोस्रो निर्मला प्रकरण बन्ने भयो, भागरथी हत्याकाण्ड ।’

माघ २१ मा बुधबार बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथीको हत्या भयो । तर हत्याको १३ औँ दिनमा सुदूरपश्चिम प्रहरीले अभियुक्त दिनेश भट्टलाई पक्रियो । ‘बलात्कारपछि हत्या’ स्वीकार गरेपछि उनलाई जिल्ला अदालत बैतडीले मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको छ ।

सनातन माध्यमिक विद्यालयमा १२ कक्षामा पढ्ने भागरथीलाई सोही स्कुलमा ११ कक्षामा पढ्ने दिनेशले बलात्कारपछि हत्या गरेका हुन् । विद्यालयबाट घर फर्कँदै गर्दा उनको हत्या गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले शव भेटिएको दिनदेखि नै अनुसन्धानमा लापरबाही हुन दिएनन् । अनि भागरथी प्रकरण दोस्रो निर्मला प्रकरण हुनबाट पाएन, नियति दोहोरिएन ।

काठमाडौँमा दुई एसिड आक्रमण

०७७ मा काठमाडौँमा दुईवटा एसिड आक्रमणका घटना भए । साँखुमा होली खेल्दा असावधानीपूर्वक एसिड दल्दा एउटी बालिकासहित ३ जना घाइते भए ।

साउन ८ मा  रौतहटको लक्ष्मीपुरका मोहम्मद आलमले योजनाबद्ध ओखलढुङ्गाकी पवित्रालाई एसिड आक्रमण गरेका हुन् ।

४७ वर्षीय आलमले पवित्रालाई मन पराउँथे । आफूलाई ‘बेवास्ता’ गरेको बदला लिन ब्याग कारखानाका कालिगढ फैयाज मोहम्मदलाई प्रयोग गरेर उनले एसिड छ्यापेका हुन् । आलमको ब्याग कारखाना थियो ।

फैयाज मोहम्म उर्फ मुन्ना भारतीय नागरिक हुन् । प्रहरीले दुवैलाई एसिड छ्यापेकै साँझ पक्रियो ।

भौतिक विकासको शिखर चुमेका मुलुकसमेत पूर्णरूपमा अपराध मुक्त छैनन् । त्यस्तोमा हाम्रोजस्तो विकासोन्मुख मुलुकमा छिटफुट अपराध भइरहन्छन् । वर्ष–२०७७ मा माथिका जस्ता केही अपराधका घटना भए जसले समाजलाई बेला–बेला झस्काइरहन्छ ।

भेटिएनन् निर्मला पन्तका हत्यारा

प्रहरीले यो वर्ष ठूला अपराधका घटनामा संलग्नहरुलाई कानुनी दायरमा ल्यायो । तर, यो वर्ष पनि सुल्झन नसकेको अपराध हो – ‘निर्मला हत्याकाण्ड ।’

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्खाटाम घर भएकी निर्मला पन्तको हत्या भएको थियो । कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिकाको हत्या आरोपीलाई प्रहरीले यस वर्ष पनि नखोजेको होइन, । तर, आरोपी पक्राउ परेका छैनन् ।

अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा महेन्द्रनगरमा आन्दोलन भयो, गोली चल्यो । एकजना स्थानीयले ज्यान गुमाए । तर, आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सुदूरपश्चिम प्रहरीले हत्यारा खोजिरहेका छन् । ब्युरोका डीएसपी पञ्चकुमार बाखु आफ्नो टिमसहित कञ्चनपुरमा बसेर घटनाको अनुसन्धान गरिरहेका छन् ।

सीआईबीका अर्का डीएसपी सिद्धराज न्यौपाने पनि अनुसन्धानमा खटिएका छन् । प्रहरीले हत्यारा पहिचान गरेको दाबी गरेको छ ।

अनुसन्धानमा सहभागी एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने– ‘हत्याराको निकट पुगेका छौँ ।’

मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टविरुद्ध पुनः मुद्दा अगाडि बढाउने प्रहरीले तयारी गरेको थियो । तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालको अवकाशसँगै सो कदम अघि बढेन ।

‘हामीले हत्यारा पहिचान गरेका छौँ’ केन्द्रीय अनुसन्धान विभागका डीआईजी सहकुल थापा भन्छन्– ‘छिटो अपराधी पक्राउ गर्नेगरी अनुसन्धान केन्द्रित गरेका छौँ ।’

अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्युरोको साख निर्मला बलात्कार–हत्या प्रकरणमा खस्किएको छ । २०७७ मा भएका जघन्य प्रकृतिका अन्य ठूला अपराधमा भने प्रहरीले सफल अनुसन्धान गरेको छ ।

रातोपातीबाट साभार

असोज १ मा ‘चुरीफुरी’

0

काठमाडौं : समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्देशक ऋषिराज आचार्यले सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन्।

फस्र्टलुक पोस्टरमा डेब्यु हिरो अभिषेक श्रेष्ठका साथमा डेब्यु हिरोइनहरू पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङ अनि रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी) र शूरवीर पण्डित छक्क परेका छन्। फिल्ममा उनीहरूका साथमा ऋतु आचार्य, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिष्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारले अभिनय गरेका छन्।

आरबी मुभिजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्म राहुल राईले खिचेका हुन्। विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सहनिर्माता रहेको फिल्मका गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिसा पौडेललको स्वर छ। भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा विजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ।

अन्नपूर्णबाट साभार

जम्मू-कश्मीरमा बस दुर्घटना: सातको मृत्यु, तीन गम्भीर घाइते

0

कश्मीर: जम्मू-कश्मीरको दोडा जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । साथै तीन यात्रु गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार दोडा सहरदेखि ४५ किलोमिटर टाढा पियाकुल गाउँ नजिकै पहाडी सडकमा गुडिरहेको बस सोमबार थाथ्री-गान्दोहस्थित सडकबाट नदीमा खसेको थियो ।

भदेरवाका प्रहरी एसपी राज सिंह गौरियाले बताए अनुसार उक्त मिनीबस दोडाबाट चिल्ली गाउँतर्फ जाँदै थियो । उक्त दुर्घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नजिकका अस्पताल लगिएको छ । सोमबार अवेरसम्म उद्धार कार्य जारी थियो । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

अन्नपूर्णबाट साभार

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

0

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। भारतबाटै चैत १४ गते फर्किएका डँडेलधुराको परशुराम नगरपालिका–४ का ३१ वर्षका पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २२ वर्षका पुरुषको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो।

नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरियन्टको कोरोना भेटिएको छ। ‘प्रदेश सरकारले २० जनाको नमुनामा फरक भेरियन्टको कोरोना छ कि छैन भनेर नमुना जाँचका लागि भन्यो। हामीले २० जनाको स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायौं’, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने ।

उनले भने, ‘त्यहाँ ३ जनामा फरक भेरियन्टको कोरोना पुष्टि भएको भन्ने खबर आएको छ।’

तर उनले कुन भेरियन्टको कोरोना हो भनेर अझै रिपोर्ट नआएको बताए। ‘भारतमा ४ भेरियन्टका कोरोना भेटिएका छन्। त्यसमा पनि यूके भेरियन्ट सबैभन्दा बढी छ। नेपालमा पनि यूके भेरियन्टको कोरोना यसअघि नै पुष्टि भइसकेको छ’, उनले भने, ‘तर, सीमा नाकाबाट फर्केका नेपालीहरूमा फरक कोरोना  देखिएपछि, भेरियन्ट भने अझै थाहा हुन सकेको छैन।’

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश पठाएको नमुनाको रिपोर्ट भने अझै पठाइनसकेको बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपार्ट पठाएको छैन। केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकिने कुरा आएको थियो। तर, ३ जनाको नमुना विदेश पठाउने तयारी गरिएको थियो’, उनले भने, ‘हामी रिपोर्ट कुरिरहेका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले भारतका महाराष्ट्र, पञ्जाब र नयाँदिल्लीलाई कोरोनाको हटस्पोटको श्रेणीमा राखेको छ। ती तीनै ठाउँबाट आउनेहरूको नाकामै एन्टिजेन परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको कोभिड प्रयोगशालाका इन्चार्ज रमेश शाहीले पहिलाको कोरोनाका लागि आरडीआरपी जिन, एन जिन र ओआरएफ जिन परीक्षण गरिने गरिएकोमा नयाँ भेरियन्टका लागि एस जिन परीक्षण हुने गरेको बताए। ‘अहिले भारतमा पनि फरकफरक भेरियन्टको कोरोना आएको छ। त्यहाँ रहेका नेपालीका माध्यमबाट त्यो फरक खालको कोरोना नेपालमा पनि सर्ने सम्भावना छ’, उनले भने।

चैत ३ गतेयता कैलाली र १७ गतेयता कञ्चनपुरको नाकामा गरिएको एन्टिजेन परीक्षणमा झन्डै ५ सय जनामा कोरोना भेटिएको छ। अहिले दुवै नाकाबाट दैनिक ३ हजारको हाराहारी नेपालीहरू घर फर्किरहेका छन्।

कोरोनाका बिरामी पनि बढ्न थालेपछि आइसोलेसनहरू पुनः सञ्चालनको तयारी थालिएको छ। कैलालीमा हिउँदभरि बिरामी शून्य भएको ५० बेडको कोभिड अस्पतालमा बिरामी आउन थालेका छन्। ‘कोभिड अस्पतालमा गम्भीर प्रकारका बिरामीको मात्रै भर्ना हुन्छ। २ जना भर्ना भएका छन्’, सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले भने, ‘३–४ महिनासम्म बिरामीविहीन भएको थियो। अहिले बिरामी बढ्न थालपछि हामीले कोभिड अस्पताल फेरि सञ्चालन गरेका छौं।’

उनले भारतमा चार, नयाँ प्रकारका कोरोनाका बिरामी भेटिएकाले नेपालीको आगमनका कारण सुदूरपश्चिम पनि हटस्पोट बन्न सक्ने बताए। ‘पहिलेको कोरोनाभन्दा नयाँ भेरियन्ट अझ खतरनाक छ। तर गत वर्षको जस्तो मास्क, सेनिटाइजरको प्रयोग पनि भइरहेको छैन, भीडभाड हुने कार्यक्रम यथावत् नै छन्, यसले जोखिम बढाएको छ’ उनले भने।

अन्नपूर्णबाट साभार

ह्वात्तै बढ्यो कोरोना संक्रमण

0

काठमाडौं : हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणका साथै अन्य दीर्घरोगसमेत रहेको अस्पतालले जनाएको छ। यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको र ५ जनाको मृत्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।

चैत तेस्रो सातासम्म दैनिक संक्रमितको संख्या औसत डेढ सय हाराहारी थियो। तर, सोमबार ५ सय ५९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्रमितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले संक्रमणदर वृद्धि भइरहेका कारण भीडभाड एवं जमघट गर्नु घातक हुने बताए। ‘संक्रमणको अवस्थालाई आकलन गरेरै २५ जनाभन्दा बढी व्यक्ति जमघट तथा भेला हुने कार्यक्रम सबै बन्द  गर्नुपर्छ भन्ने नै हाम्रो प्रस्ताव हो’, प्रवक्ता डा. गौतमले भने।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा यूके भेरियन्टको बढ्दो अवस्थालाई आकलन गर्दै १० बुँदे सुझाव कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पेस गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको सर्भिलेन्समा काठमाडौं, पोखरालगायत स्थान र केही विद्यालयमा संक्रमण बढ्दो क्रममा रहेकाले तीन सातासम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ।

त्यस्तै, बढी भीडभाड र जोखिम बढ्ने स्थान (सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल र मन्दिरलगायत धार्मिक स्थल)मा मापदण्ड पालनामा कडाइ गर्ने वा बन्द गर्नुपर्ने सुझावसमेत मन्त्रालयले दिएको छ। अहिले मुलुकभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले संक्रमण पुष्टि हुनेमा कोरोना भाइरस एस जिन नेगेटिभ भेरियन्टको मात्रा बढ्दो रहेको बताए। ‘पहिले ५० वर्षमाथिका संक्रमित बढी थिए। ५० वर्षमुनिका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो। तर, यही उमेरमा संक्रमण बढ्दो छ’, निर्देशक डा. पौडेलले भने।

काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा संक्रमण बढ्दो देखिएको छ। अन्य प्रदेशको तुलनामा बाग्मती र लुम्बिनीमा संक्रमण बढेको छ। पछिल्लो चौबिस घण्टामा बागमतीमा २ सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा सबैभन्दा बढी १ सय ५९ जना संक्रमित थपिएका हुन्।  त्यस्तै, ललितपुरमा ४४, भक्तपुर र चितवनमा ८/८ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

लुम्बिनी प्रदेशमा एकै दिन १ सय २२ संक्रमित थपिएका छन्। भारतीय सीमासँग जोडिएका जिल्लामा संक्रमित बढी पाइएका छन्।  बाँकेका ४१ र रुपन्देहीका २९,  दाङका  २४, बर्दिया र कपिलवस्तुका ७/७ जनामा कोरोना पुष्टि भएको हो।

गत २४ घण्टामा प्रदेश १ मा ३२, प्रदेश २ मा ४४, गण्डकीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ६ जना छन्।

भारतमा रोजगारी गरेर बसेकाहरू घर फर्किन थालेकाले संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले बताए। ‘कुन जिल्लाबाट भारतमा रोजगारीका लागि गएका छन् भन्ने रेकर्ड केलाएर कम्तीमा एउटा नाकाबाट स्वदेश छिर्न पाउने व्यवस्था बनाउनुपर्छ। रोजगारीका लागि बिदेसिएकाहरू यकिन गरी एक वा सोभन्दा बढी नाका खुला राखेर तत्कालै व्यवस्थित  र  निगरानी  गर्नुपर्छ’, डा. प्याकुरेलले भने। सरकारले केही नाका सिल गर्ने र निश्चित नाका मात्र खुला घोषणा गर्नुपर्ने डा. प्याकुरेलको सुझाव छ।

भारतमा पछिल्लो चौबिस घण्टामा १ लाख ६८ हजार संक्रमित थपिएका छन्। कतिपय स्थानमा रात्रिकालीन कफ्र्यु लगाए पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले छिट्टै लकडाउन घोषणा गरिने जानकारी पत्रकार सम्मेलनमा दिएका छन्। महाराष्ट्रमा मात्रै दिनहुँ ५० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन्। भारतबाट स्वदेश फर्केका व्यक्तिमा पछिल्लो चौबिस घण्टाभित्र गरिएको एन्टिजेन परीक्षणका क्रममा कञ्चनपुरको त्रिनगरमा ५४ र गड्डाचौकीमा ७ तथा मोरङको रानीमा र बाँकेको जमुनाह नाकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अन्नपूर्णबाट साभार

अन्नपूर्णबाट साभार

0

दोलखा : उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिंगटीमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

वागमती प्रदेश ०१०२३ च ७५८० नम्बरको बोलेरो सोमबार राति करिब ११ बजे सिंगटी चारगोलाईमा दुर्घटना हुँदा बिगु गाउँपालिका–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्डिका खड्काको मृत्यु भएको प्रहरी निरीक्षक रञ्जन कोइरालाले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।

बिगु-२, स्थित तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा बोलेरो दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरोले उकालोमा तान्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्नपूर्णबाट साभार

आर्थिक संकटमा प्रदेश १

0

इटहरी : बजेट अभावका कारण प्रदेश १ सरकार ८ महिनादेखि आर्थिक संकटमा फसेको छ।

आर्थिक संकट भएपछि अत्यावश्यकबाहेक बजेट रोक्का राखिएको छ। मन्त्रालयका अनुसार यो आर्थिक वर्ष अहिलेसम्म नयाँ विकास निर्माणका काम सम्झौता हुन सकेको छैन।

‘सम्पन्न भइसकेका ठेक्कालाई भुक्तानी दिने काम भइरहेको छ’, आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विष्णु पौडेलले भने, ‘बहुवर्षीय, ठेक्का भइसकेका र क्रमागत आयोजना, स्वास्थ्य, खानेपानी, सिँचाइ आदिका कार्यबाहेक नयाँ विकास निर्माणका काम र विभिन्न कार्यक्रम रोक्नु परेको छ।’

आर्थिक वर्ष २०७७/०७८ मा ४० अर्ब ९० करोडको अनुमानित बजेट तयार गरिएको थियो। तर, त्यसमध्ये १३ अर्ब बढी रकम प्राप्त नहुँदा संकट देखिएको हो। अझ गत वर्षको बाँकी भुक्तानी रकम तीन अर्ब रुपैयाँ यो वर्ष तिर्नु परेपछि सरकारको विकास निर्माणदेखि कार्यालय सञ्चालनको काम नै प्रभावित बनेको छ।

प्रदेश सरकारले बहुवर्षीय योजनालाई भने यथावत् राखेको छ। संघले हस्तान्तरण गरेका अधुरा र क्रमागत आयोजनाको रकम भुक्तान गर्न सवा अर्ब रुपैयाँ संघले प्रदान गरेको छ भने थप पैसा आउने तयारीमा छ।  बजेट अभाव भएपछि प्रदेश सरकारले नयाँ आयोजना मात्र रोकेन, बरु बैठक भत्ता वितरण नगर्ने, विविध खर्च कटौती, टीएडीए कटौती, कार्यक्रम खर्च नगर्ने तथा पुराना कार्यालयको लागि फर्निचर, मेसिन औजार नकिन्ने जस्ता नीति नै बनाएको पौडेल बताउँछन्। आठ महिनापछि बल्ल प्रदेशको बजेट सन्तुलित हुने अवस्थामा छ। तर, पूर्ण सन्तुलन हुन असारसम्मै लाग्ने उनी बताउँछन्। मन्त्रालयका प्रवक्ता पंकज भुर्तेलका अनुसार मन्त्रालयको स्रोतबाट आधा बजेट कटौती गरेर खर्च गर्ने नीति बनाएकाले गर्दा आगामी आर्थिक वर्षदेखि अवस्था सुधार हुने अपेक्षा छ।

नेताले फाइदा उठाए
गत वर्ष ससर्त अनुदानको रकम खर्च गर्नुपर्ने आयोजनामा प्रदेश सरकारको स्रोतबाट रकम खर्च गरियो। प्रदेशका कर्मचारीले सफ्टवेयरमा बजेट छुट्ट्याउन नसक्दा एकातिर प्रदेशको बजेट खर्च भयो भने अर्कोतिर समपूरक, ससर्त र विशेष अनुदानको खर्च नभएको झन्डै तीन अर्ब रुपैयाँ संघलाई फिर्ता गर्नुपर्‍यो।  कम अनुभवी कर्मचारीको पोस्टिङ भएका कारण प्रदेश सरकारको खर्च गराइ अस्तव्यस्त बन्यो। बजेट छ, तर कहाँ अनि कसरी खर्च गर्ने भन्नेमै कर्मचारी अलमलमा परे। जसको असरस्वरूप एउटा सिंगो आर्थिक वर्ष प्रदेश सरकार बाँधिएर बस्न बाध्य भयो।

‘संघको अर्थ, संघीय मामिला वा कुनै मन्त्रालयमा रहेका कर्मचारी पठाएको भए उनीहरूले ब्यालेन्स मिलाउँदै खर्च गर्न सक्ने हुँदा कम त्रुटि हुने थियो’, मन्त्रालय स्रोत बताउँछ।

कर्मचारी अलमलमा पर्दाको फाइदा सांसद, मन्त्रीले उठाए। आफ्ना नेता, कार्यकर्ताले भनेको आयोजनामा खर्च गर्न थाले। आम्दानीको स्रोत विचार नगर्ने, तर जनअपेक्षा भन्दै खर्च गर्ने प्रवृत्ति समस्याको रूपमा देखिएको जानकार बताउँछन्।

जहिल्यै घाटा
प्रदेशको आम्दानी खर्चलाई धान्ने गरीको नभएको मन्त्रालय जनाउँछ। प्रदेश सरकारको अहिले देखिएको आन्तरिक आम्दानीको मुख्य स्रोत भनेको घरजग्गा रजिस्ट्रेसनबापतको रकम र सवारीसाधनबापतको रकम हो।

घरजग्गाको रकम स्थानीयसँगको बाँडफाँटमा ४० प्रतिशत पाउँछ भने सवारीसाधनबापतको ६० प्रतिशत रकम पाउँछ। तर, यी दुई स्रोत र प्रदेशको प्रशासनिक सेवा शुल्कबाट प्राप्त भइरहेको औसत रकम भनेको जम्मा ३ अर्ब रुपैयाँ मात्र हुन्छ। शयस्तै राजस्व बाँडफाँट (भ्याट र अन्तःशुल्क) बाट पाउने १५ प्रतिशत राजस्व २०७६/०७७ मा ६ अर्ब ८८ करोड प्राप्ति भएको थियो। यसरी हेर्दा चालू आर्थिक वर्षमा प्रदेश सरकारको राजस्वतर्फ १० अर्ब र वित्तीय समानीकरण अनुदानको ८ अर्ब गरी १८ अर्ब हाराहारी मात्र जम्मा हुने अनुमान छ।

जबकि २०७७/०७८ को चालू खर्च नै १८ अर्ब ९३ करोड अनुमान गरिएको छ। राजस्व स्रोत र वित्तीय समानीकरण अनुदानबाट खर्च व्यहोर्न चालू र पुँजीगततर्फ ३३ अर्बभन्दा बढीको बजेट विनियोजन भएको छ। यसबाहेक प्रदेश सरकारले पाउने ससर्त, समपूरक र विशेष अनुदानका बजेटहरू संघीय सरकारबाट आयोजना तोकेर आउने हुँदा खर्च नभएको बजेट फिर्ता जान्छ।

अन्नपूर्णबाट साभार

पर्वतका ३२ सामुदायिक वनमा डढेलो

0

३० चैत, पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।

जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा डढेलो लाग्ने गरेको वन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पर्वतमा वर्षेनी सयौं हेक्टर जमिनमा आगलागी हुने गरेको छ ।

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले वनमा धेरै डढेलो लागेको हो । मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा वा सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा सुख्खायाममा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, ‘जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’

अनलाईनखबर बाट साभार