Sunday, May 3, 2026
Home Blog Page 1252

नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रम ओली

0

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नुभएको बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो ।

“नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भन्नुभयो, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उहाँले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नागरिक सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताउनुभयो । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सरकार सफल भएको उल्लेख गर्नुभयो ।

“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस अवधिमा ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” विसं २०७७ मा देशका विभिन्न स्थानमा ठूला क्षमताका सभागृहहरू निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेको जानकारी दिनुभयो ।

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री

0

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताउनुभएको छ । नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गर्नुभएको छ । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्यचासो रहेको उहाँले बताउनुभएको छ ।

आज मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसँगै हामी सबै नेपालको विकास र समृद्धिको महाअभियानमा छौँ । विकास र समृद्धिको यो महाअभियान पूरा गर्न सम्पूर्ण शक्तिका साथ प्रदेश सरकार लागी परेको छ । कर्णाली सरकारले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सरकार गठन भएपश्चात् हालसम्म एक हजार २५० किमी सडकको नयाँ ट्र्याक निर्माण, १६७ किमी सडक ग्राभेल, २८ किमी कालोपत्रे गरेको छ ।”

त्यस्तै प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत् प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको उहाँले बताउनुभएको छ ।

नेपाली क्रिकेट टोलीको घोषणा

0

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड भोलिदेखि

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिनुभयो ।

तेक्वान्दो भोलि बिहीबार डाँछीस्थित नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० को हलमा खेलाइने छ । छात्र÷छात्रामा तीन÷तीन गरी छ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्रमा ४५ केजी, ४८ केजी र ५१ केजी तौल समूहमा खेल हुनेछ । त्यस्तै छात्रामा ४२ केजी, ४४ केजी र ४६ केजीमा भिडन्त हुनेछ । विभिन्न २० विद्यालयका १२० खेलाडीको सहभागिता रहने छ ।

त्यसैगरी एथलेटिक्स शुक्रबार मूलपानीमा हुनेछ । छात्र÷छात्रा गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । छात्र÷छात्रा दुवैमा एक सय, दुई सय, चार सय, आठ सय र एक हजार पाँच सय मिटर दौड तथा चार गुणा १०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ । उक्त स्पर्धामा विभिन्न २० विद्यालयका १५० खेलाडीको सहभागिता रहने छ ।

तेक्वान्दो र एथलेटिक्सको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु दुई हजार, रु एक हजार र रु ५०० पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता काठमाडौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोटका रुपमा समेत रहेको छ । स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडी जिल्लास्तरीय प्रतियोगितालाई छनोट हुनेछन् ।

प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा डायस्पोरिक कथा संग्रह प्रेयसी रोवोटको लोकार्पण

0

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले क्यानडाका लेखक सुरेन उप्रेतीको दशौ कृति डायस्पोरिक कथा सङ्ग्रह प्रेयसी रोबटको हिजो लोकार्पण गर्नु भयो।

कृतिकार उप्रेतीलाई बधाई दिदै उहाले भन्नुभयो प्रवासी नेपालीहरु सङ्गै नेपाली भाषा र साहित्य बिश्वभर फैलिदै गएकोमा खुशी लागेको छ। प्रज्ञा प्रतिस्ठानले समेत डायस्पोरा डेस्क स्थापना गरि प्रतेक दुई दुई बर्षमा प्रवासका साहित्यकार र अनुबाद साहित्य माथी पुरस्कार दिन शुरु गरेको छ। उप्रेतीले अगाडि भन्नुभयो। गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछानेले प्रवासका लेखकहरुले नेपाली भाषा र साहित्यलाई फराकिलो पार्दै लगिरहेका र यसलाई अझै प्रोत्साहन दिनुपर्ने आबश्यकता रहेको छ भन्नू भयो।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा काव्यविभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी ,अनेसासका पूर्व अध्यक्षहरु प्राध्यापक मोहन सिटौला , बसन्त श्रेष्ठ र पदम बिश्वकर्मा , साहित्यकारहरु गोवर्धन पूजा अमेरिका, भानुभक्त आचार्य क्यानडा , समालोचक डाक्टर नेत्र एटम, कमल कोइराला क्यानडा , राजेन्द्र अर्याल , कथाकार सीता अर्याल अमेरिका , साहित्यसागरका प्रधान सम्पादक मणी नेपाली पनेरू अमेरिका , सम्पादक तथा साहित्यकार रमेश सुभेच्छुक , इश्वरी भट्ट अमेरिका, गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम रसिया, तारा उप्रेती क्यानडा, सन्तोष बराल क्यानडा , डाक्टर कृष्णहरि गौतम क्यानडा, डाक्टर भरत श्रेष्ठ क्यानडा, भोला बराल, नविन सुवेदी, दिपक श्रेष्ठ, शालिग्राम अर्याल ,युवराज भण्डारी क्यानडा, प्रेम बराल जापान र शिवहरि पोख्रेल नेपालबाट सहभागी हुनुहुन्थ्यो। त्यस्तै डाक्टर लेखनाथ काफ्ले ताइवान, विष्णु बस्याल क्यानडा, कवि कविन्द्र सिटौला अमेरिका, मकालु प्रकाशन गृह नेपालका राजेन्द्र ढकाल समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट पुस्तकको लोकार्पण गर्नु भएको कार्यक्रममा पुस्तकमाथि समालोचक द्धय डाक्टर नेत्र एटम र कमल कोइरालाले, कथा सङ्ग्रहमा रहेका कथाहरूका बिभिन्न पक्षका बारेमा चर्चा गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सहसंयोजक साहित्यकार महेश्वर पन्त अमेरिका र सदस्य सचिब भगवती बस्नेतले संचालन गर्नु भएको थियो ।

निता र राजले जिते पावर लिफ्टिङ्ग उपाधि

0

काठमाडौं । अनिता महर्जन र राज शाहीले स्व.निलकण्ठ नारायण मानन्धर स्मृति चौथो आन्तरिक पावर लिफ्टिङ्ग प्रतियोगिताको ट्रफी जितेका छन् । नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना पूर्व सदस्य स्व.निलकण्ठ नारायण मानन्धरको स्मृतिमा वर्षेनी आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगितामा महिलातर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेड लिफ्टमा १०० केजी गरी कुल २४२ केजीका साथ स्वर्ण हात पारेकी हुन् । महर्जनले मेडल, प्रमाणपत्र, ट्रफीका साथै नगद ६ हजार प्राप्त गरिन् । नेपाल व्यायाम मन्दिरको आन्तरिक खेलाडीहरूबीच गरिने प्रतिस्पर्धामा दोश्रो स्थानमा बबिता लामा रहिन् । उनले स्क्वाटमा ५० केजी, बेन्च प्रेसमा ५० केजी र डेड लिफ्टमा १०५ केजी गरि कुल २०५ केजी उचालिन् । लामाले नगद ४ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी चन्द्रकला मुनकर्मीले ८० केजी, ४० केजी, ८० केजी गरि कुल २०० केजी उचालिन् । मुनकर्मीले नगद ३ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । महिलालाई खेलतर्फ आकर्षित गर्ने उद्धेश्यले चौथो स्थानमा रहेकी सुदीक्षा राज्यलक्ष्मी शाहले सान्त्वना स्वरुप नगद १ हजार र प्रमाणपत्र प्राप्त गरिन् ।

नेपाल व्यायाम मन्दिरको आफ्नै हलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ राज शाहीले पहिलो स्थान प्राप्त गरे । शाहीले स्क्वाटतर्फ १५० केजी, बेञ्च प्रेसमा १२० केजी र डेडलिफ्टमा १८५ केजीका साथ कुल ४५५ केजीका साथ स्वर्ण प्राप्त गरेका हुन् । दोश्रो स्थानमा रहेको सिर परियारको पनि समान ४५५ केजी रहेता पनि तौल वजनका कारण शाहीले प्रथम स्थान प्राप्त गरेका हुन् । शाहीले नगद १४ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । दोश्रो भएका परियारले १६५ केजी, १०५ केजी र १८५ केजीका साथ ४५५ केजी उचाले ।

उनले नगद ९ हजार, मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थान प्राप्त गर्ने ढुकसान लामाले १४५ केजी, १०५ केजी र १८० केजीका साथ ४३० केजी उचाले । उनले नगद ६ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । ४३० केजीनै उचालेका सन्दीप पुजारी चौथो भए । उनी तौल वजनका कारण चौथो भएका थिए । उनले १४० केजी, ११५ केजी र १७५ केजी उचालेका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद एवं पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान, स्व.निलकण्ठ नारायण मानन्धरकी छोरी तृष्णा मानन्धर, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी (क्याप्टेन) लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

रातोपातीबाट साभार

९० को दशकका यी अभिनेत्रीमाथि ज्यानै दिन तयार थिए प्रशंसक, के गर्छन् अहिले ?

0

९० को दशक एउटा यस्तो समय थियो जसले हाम्रो जीवनमा केही विशेष महत्व राख्छन् । यो दशकसँग जोडिएका यस्ता याद छन् जुन हामी कहिल्यै बिर्सन सक्दैनौं । त्यतिबेला बलिउडमा यस्ता केही अभिनेत्री आएका थिए जसले आफ्नो अभिनय कलाले हाम्रो मन चोरेका थिए । आज हामी ९० का दशकका ती अभिनेत्रीबारे कुरा गरिरहेका छौं जसमध्ये कोही आज पनि दर्शकको अगाडि सक्रिय छन् त कसैले आफ्नो दोस्रो करियर छनोट गरेका छन् ।

महिमा चौधरीः

परदेस फिल्मबाट दर्शकको मनमा घर बनाउन सफल महिमा चौधरीलाई अहिले पनि धेरैले याद गर्छन् । परदेसबाहेक धड्कन, खिलाडी ४२०, प्यार कोई खेल नहीँ, दिल क्या करेजस्ता थुप्रै फिल्ममा उनले काम गरेकी थिइन् । महिमाले आफ्नो सुन्दरताले धेरैको मन जितेकी थिइन् । यद्यपि, केही समयपछि उनी अचानक पर्दाबाट टाढा भइन् । एक अन्तरवार्तामा उनले दिल क्या करेको सुटिङका बेला उनको भयंकर दुर्घटना भएको र दुर्घटना यति भयानक थियो कि यसले उनको जीवनलाई नै बदलिएको उनले बताइन् । त्यसपछि उनले लाइमलाइटबाट टाढा बस्ने निर्णय लिइन् ।

जुही चावलाः

मिस इन्डियाको उपाधि जितिसकेकी जुही चावलाले फिल्ममा यस्तो जादु चलाइन् कि उनका प्रशंसक दिन दुगुना, रात चौगुणाको हिसाबले बढ्यो । जुहीले बलिउडमा एक से एक उत्कृष्ट फिल्ममा काम गरिन् र विवाहपछि पनि उनी थुप्रै फिल्ममा देखिइन् । शाहरुखसँग जुहीले आइपीएल टीम कोलकाता नाइट राइडर्समा आफ्नो लगानी गरिन् । यसका साथै उनको ड्रिम्स अनलिमिटेड नामको निर्माण कम्पनी पनि छ ।

रबिना टन्डनः

९० को दशकमा रबिनाको जलवा यस्तो थियो कि उनलाई आजसम्म पनि कसैले बिर्सन सकेका छैनन् । मस्त मस्त गर्ललाई उनको अभिनयका साथै उनको धमाकेदार नृत्य प्रस्तुतीका लागि पनि चिनिन्छ । रबिना टन्डन आजकाल फिल्ममा अभिनय त गरिरहेकी छैनन् तर उनी ब्रान्ड प्रोमोशनमा भने देख्न सकिन्छ । उनले एउटा डान्स रियालिटी शो पनि जज गरेकी थिइन् ।

प्रीति जिन्टाः

डिम्पल गर्ल प्रीतिले आफ्नो सुन्दरताले धेरैलाई मोहित पारेकी छिन् । ९० को दशकमा बलिउडमा सायद कोही अभिनेत्री थिएनन् जो उनी जत्ति क्यूट थिए । प्रीतिले बलिउडमा एक से एक हिट फिल्ममा काम गरिन् । यद्यपि, अब उनी फिल्मभन्दा टाढा छिन् । उनी किङ्ग्स इलेवन पंजाबकी मालिकनी हुन् ।

सोनाली बेन्द्रेः

सोनाली बेन्द्रेले बलिउडका थुप्रै हिट फिल्ममा काम गरेकी थिइन् । तर विवाहपछि उनी फिल्मबाट टाढा भइन् । पछि उनले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी दिएपछि उनी पुनः एकपटक चर्चामा आएकी थिइन् । सोनाली बेन्द्रे फिल्मबाट टाढा छिन् तर सोसल मिडियामा निकै सक्रिय छिन् । उनी धेरैजसो सकारात्मक विचार आफ्नो प्रशंसकमाझ सेयर गर्छिन् ।

रातोपातीबाट साभार

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

0

–जीवन खत्री 
सउल ।  इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ ।

प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने बताएका हुन् । यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि पाँच वर्ष १० महिना हुने छ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् ।

एमटियुका अध्यक्ष राईका अनुसार कोरियामा १३ महिनादेखि कोही विदेशी मजदूर भित्रिएका छैनन् । यसबीचमा केही कम्बोडिया केही श्रमिक भित्रिए पनि अन्य देशबाट श्रमिक भित्र्याउन सकिएको छैन । यसरी विदेशी श्रमिक नभित्रिंदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको हो ।

रातोपातीबाट साभार

एउटा त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती खोस्न पाइन्छ

0

संसारमा विविध भाषा र संस्कृतिका मानिस छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन्  ।

पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ ।

परम्पराअनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्,  पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।

त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

रातोपातीबाट साभार

आज पनि ५०० बढी कोरोना संक्रमित थपिए, ५ को मृत्यु

0

पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार  ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।
यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

रातोपातीबाट साभार

पश्चिम बंगाल चुनाव–मोदीको भाजपाले ‘दिदी’को गढ भत्काउला ?

0

पश्चिम बंगालको चुनाव सधैं नयाँ लहर र उत्साह लिएर आउँछ । अहिले यहाँ,२ सय ९४ सिटका लागि आठ चरणमा निर्वाचन भइरहेको छ । २७ मार्च,१ अप्रिल,६ अप्रिल र १० अप्रिलमा गरी चार चरणमा अहिलेसम्म १ सय ३५ सिटमा मतदान भइसकेको छ । बाँकी १ सय ५९ सिटमा १७ अप्रिल,२२ अप्रिल,२६ अप्रिल र २९ अप्रिलमा मतदान हुनेछ ।

चुनावमा व्यस्त कोलकातामा यसपटक केसर (भाजपाको झन्डाको रंग) पनि बिस्तारै टल्कँदै छ । पहिले पुरै शहरमा ममता बेनर्जी दिदीका ठूलाठूला होर्डिङ र पोस्टर थिए । अहिले प्रधानमन्त्री नरेन्द्र मोदीले हात जोडेका केही होर्डिङ र भाजपाको चुनाव चिन्ह कमल पनि देखिन्छ । तृणमुलको फूल चुनाव चिन्हबीच मोदीको कमल फक्रनु पनि एक ठूलो परिवर्तन हो । नत्र त,पुरै दिदीमय बनेको कोलकाताको नगर निगममा  भाजपाको होर्डिङ वा झण्डा गाड्ने कसको हिम्मत ?

भाजपाको चाणक्य नीति

बंगाल भाजपाका पूर्व अध्यक्ष र हाबन्डाबाट भाजपाका उम्मेदवार रहेका राहुल सिन्हा टिएसमीका लागि यसपटक बाटो सहज नरहेको बताउँछन् । भाजपाले आफ्नो रणनीति चाणक्यको जसरी तयार गरेको छ । भाजपाले लामो समयदेखि बंगालमा सक्रियता देखाइरहेको थियो । ममता बेनर्जीका दायाँ हात मानिने मुकुल रायलाई भाजपामा ल्याउनु अमित शाहको एउटा ठूलो सफलता हो । बंगालको राजनीतिलाई राम्रोसँग बुझ्नेहरु मुकुल रायलाई तृणमूल कांग्रेसको यशोदामान्छन् । भलै,बेनर्जीले यसलाई जन्म दिइन् यशोदा मैय्याले जसरी हुर्काउने काम मुकुलले गरेका हुन् ।

जमिनमा ठूलो संख्याका कार्यकर्ता नभएपनि दिनेश त्रिवेदीको छविपनि बंगालको भद्रलोकमा राम्रो छ,उनी पनि बेनर्जीलाई छाडेर भाजपामा आइसकेका छन् ।

भलै,सौरभ गाङ्गुलीलाई भाजपा ल्याउने नेताहरुको प्रयास सफल हुन सकेन । यद्यपि,भारतीय क्रिकेट बोर्डको अध्यक्ष नियुक्त गरेर भाजपाले उनलाई नरम बनाउने चाल चलेको छ ।

यद्यपी,पश्चिम बंगालमा भाजपाको टिकट वितरण विवादरहित बन्न सकेन । पुराना कार्यकर्ताहरु अहिलेको भाजपाले अटल बिहारी बाजपेयी र लालकृष्ण आडवाणीको आर्दश नबोक्ने बताउँछन् ।

 ‘यो अर्कै भाजपना हो,’उनीहरु भन्छन् । टिकट वितरणमा पुराना स्थानीय नेताहरु मारमा परेका छन् । टिकट उसैलाई दिइएको छ,जसले तृणमुल कांग्रेसका उम्मेदवारलाई कडा चुनौती दिनसक्ने अनुमान छ । विगत १० वर्षदेखि तृणमुल कांग्रेस सत्तामा छ र बांग्ला फिल्मका कलाकार तथा टेलिभिजन सेलेब्रिटीहरु ममता दिदी निकट छन् ।

भाजपाले यसलाई काउन्टर दिनका लागि बांग्ला भाषाकै अनेक सेलिब्रेटीहरुलाई पार्टीमा समावेश गराएर टिकट दिएको छ । बुद्धिजीविहरु उठेका ठाउँमा बुद्धिजीवी र शक्तिशालीहरु उठेका ठाउँमा शक्तिशालीहरुलाई नै चुनावमा उठाएको छ । त्यसकारण आफ्नो इलाकामा निकै खराब छवि भएकाहरु पनि यसपटक भाजपाबाट उम्मेदवार बनेका छन् । त्रिणमुल कांग्रेस पनि कम छैन,२४ परगनाको कुलतोली सिटमा तृणमुलले निकै शक्तिशाली मानिएका गणेश मन्डललाई टिक दिएको छ,उनी तृणमुल युवा कांग्रेसका अध्यक्ष हुन् । यी व्यक्तिमाथि बलात्कार,हत्या,धम्कीलगायत मुद्दा लागेको छ ।

कमजोर वामपन्थी र कांग्रेस

निकै छोटो समयमै भाजपा बंगालमा एक ठूलो शक्ति बनेर उदाएको हो । अहिले तृणमुल कांग्रेसलाई चुनौती दिने ऊमात्रै छ । भारतको सबैभन्दा पुरानो पार्टी कांग्रेस आईको केन्द्रीय नेतृत्वलाई बंगालको चुनावमा खासै चासो लागेको देखिन्न । कांग्रेसका उम्मेदवार यहाँ बेहाल र हैरान छन् । कोही पनि ठूलो नेता चुनाव प्रचारका लागि बंगाल आएनन् भन्ने उनीहरुको गु्नासो छ ।

राहुल गान्धीले आफूलाई केवल केरलासम्मकै सिमित गरेका छन् । पार्टीलाई आर्थिक सहयोग पनि कसैले गरेको छैन । कम्तिमा,कोलकाता शहरमा कांग्रेसको चुनाव प्रचार छैन भनेपनि हुन्छ । उता,झन्डै चार दशकसम्म बंगालमा राज गर्ने कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिएम) पनि कमजोर देखिएको छ । यो पार्टी भाजपाप्रति नरम र तृणमुलविरुद्ध कडा देखिएको छ । सिपिएमका नेताहरुले तृणमुल कांग्रेस नै आफ्नो पहिलो दुश्मन रहेको खुलेयाम बताइरहेका छन् । पहिले तृणमुललाई हराएपछि भाजपालाई हराउन सकिने उनीहरु बताउँछन् ।

१९८० देखि २०११ सम्म सिपिएमलगातार बंगालको सत्तामा थियो । २०११ मा यो पार्टीलाई ४० सिटमै खुम्चाएर १ सय ८४ सिट जितेको तृणमुलले २०१६ मा २ सय ११ सिट जितेको थियो ।

तर यसपटक दिदी चारैतर्फबाट घेरिएकी छिन् । यद्यपी,क्षेत्रीय मुद्दा उठाउने गरेकाले बंगालमा उनको भोट बैंक बलियो छ ।

रातोपातीबाट साभार