Monday, May 4, 2026
Home Blog Page 1248

भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने

0

७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागु हुने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

एक मेदेखि भारतमा कोरोनाविरुद्धको खोप अभियानको तेस्रो चरण सुरु हुने छ । यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र प|mन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो ।

सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ ।

अनलाईनखबर बाट साभार

आज चैते दशैं मनाइँदै, हनुमानढोकामा बलिसहितकाे पूजा

0

७ वैशाख, काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । यस अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

हनुमानढोकामा बलिसहितकाे पूजा

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । दशमीका दिन मान्यजनबाट टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ । चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोकाको दशैं घरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ ।

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहितकाे पूजा गरिन्छ । पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरिन्छ ।

यस वर्ष पनि मंगलबार बिहान पूजा आराधना गरी ५४ बोका र ५४ राँगाको बलि दिने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । बडा दशैंमा भने १०८ बोका र १०८ राँगाको बलि दिई पूजा हुन्छ ।

गत वर्ष चैते दशैंमा भने कोरोनाभाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजा मात्र गरिएको थियो । चैते दशैंमा कोरोनाभाइरसको महामारीका कारण पहिलोपटक बलि पूजा रोकिएको थियो ।

चैत्र शुक्ल प्रतिपदादेखि नै दशैं घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ पनि भइरहेको छ ।

अनलाईनखबर बाट साभार

पार्टी प्यालेसलाई मुख्य सिजनमै दोस्रो धक्का

0

७ चैत, काठमाडौं । कोरोना महामारीका कारण थला परेको पार्टी प्यालेस व्यवसाय पुनः प्रभावित भएको छ । व्यवसायीहरुका अनुसार महामारी सुरु भएसँगै लामो समयसम्म बन्द भएका पार्टी प्यालेस व्यवसाय भर्खर लयमा फर्किन थालेको थियो । तर कोरोनाको दोस्रो लहरका कारण विवाहको मुख्य सिजनमै पार्टी प्यालेसहरु फेरि बन्द गर्नुपर्ने अवस्था आएको छ ।

गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पार्टी प्यालेसहरू बन्द गर्ने निर्णय गरेको छ भने विवाह, ब्रतबन्ध लगायत कार्यमा २५ जनाभन्दा बढीलाई सहभागी हुन रोक लगाएको छ । २५ जनाभन्दा बढी सहभागी नहुने गरी पार्टी प्यालेस प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्नेछ ।

सरकारले अघिल्लो साता नै २५ जनाभन्दा बढी व्यक्ति एकसाथ जमघट नहुन आह्वान गरेकाले पार्टी प्यालेस व्यवसायीहरू फेरि गत वर्षको जस्तै संकट आइपर्ने त्रासमा थिए ।

कोरोना महामारीका कारण २०७६ चैत ११ मा पहिलोपटक लकडाउन भएपछि गत वर्षको वैशाखमा पार्टी प्यालेसले व्यापार गुमाए । गत मंसिरमा सामान्य व्यवसाय गरेका व्यवसायीलाई यो वैशाखबाट व्यवसायले पुरानै गति समात्ने अपेक्षा थियो । तर ठूला समारोह गर्न नदिने सरकारको निर्णयपछि पार्टी प्यालेस सञ्चालकहरू निराश भएका छन् ।

पार्टी प्यालेसहरूका लागि विवाहको सिजन नै कमाउने समय हो । पार्टी प्यालेसहरू वर्षको ३६५ दिनमध्ये मुश्किलले १०० देखि १५० दिन मात्र चल्छन् । गत वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दशैं जस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएका पार्टी प्यालेसलाई फेरि महामारीले अर्को धक्का दिएको छ ।

गत वर्ष रोकिएका विवाहसहितका विभिन्न समारोह पनि यस वर्ष हुने भएकाले पार्टी प्यालेसहरूले गत वर्षको क्षतिपूर्ति गर्न सक्ने आशा राखेका थिए । तर, महामारीले फेरि पार्टी प्यालेसहरूलाई अप्ठेरो अवस्थामा पुर्‍याइदिएको व्यवसायीहरू बताउँछन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष गंगा जिसीका अनुसार पार्टी प्यालेसहरूलाई महामारीले ठूलो जोखिममा धकेलेको छ । यो वर्ष गत वर्षको जस्तै अवस्था आएर ५० प्रतिशत पार्टी प्यालेस बन्द हुने अवस्था पुग्ने उनी बताउँछन् ।

बुकिङमा प्रभाव

महासंघका अनुसार महामारीको दोस्रो लहरले लगातार दोस्रोपटक व्यवसायमाथि ठूलो बज्रपात पर्ने देखिएको हो । वैशाखको लागि राम्रो बुकिङ आए पनि जेठ र असारको बुकिङ आउन नपाउँदै व्यवसायमाथि अर्को ब्रजपात भएको महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डे बताउँछन् ।

‘राम्रो बुकिङ आइरहेका बेला फेरि महामारी आयो’ उनी भन्छन्, ‘त्यसलगत्तै विवाहलगायतका समारोहमा बुकिङ मात्रै घटेन, पहिले भएका बुकिङ पनि क्यान्सिल हुने भएका छन्, या संशोधन भएर थोरै सेवाग्राही आउने छन् ।’

पार्टी प्यालेसमा प्रायःजसो एक महिनाअघि नै बुकिङ लिने प्रचलन छ । जेठ र असारमा पनि विवाहको साइतका थुप्रै दिन भएकाले यो वर्ष व्यापार चम्किने अपेक्षा थियो ।

‘गत हप्ताबाट नयाँ बुकिङ आउने क्रम रोकिएको थियो’ पाण्डे भन्छन्, ‘अग्रिम बुकिङ लिएका ग्राहकले पनि महामारीको कारण देखाएर पार्टीमा सहभागी हुनेको संख्या घटाउन थालेका थिए ।’

इभेन्ट एन्ड भेन्यु एशोसिएसन काठमाडौंले पनि नयाँ बुकिङको क्रम लगभग रोकिन लाग्दा यस्तो निर्णय आएको बताएको छ ।

देशभर पार्टी प्यालेस र क्याटरिङ व्यवसाय चलाइरहेका करीब ७ हजार व्यवसायी छन् । यो व्यवसायमा १५ अर्बको लगानी छ

ग्राहकले पछिल्ला दिनमा समारोहका दिनमा कति व्यक्ति उपस्थित हुन्छन् भनेर यकिन गरेर भन्न नसकेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘घरपरिवारबाट आउने व्यक्तिको संख्या निश्चित गरे पनि बाहिरबाट कति मान्छे आउँछन् भनेर ग्राहकले तोकेर भन्न सक्नुभएको थिएन,’ उनले भने, ‘ग्राहकको अनुमानका आधारमा बढी मान्छे आएमा छिटो तयार हुने खालका वैकल्पिक परिकार खुवाउने गरी तयारी गरेका थियौं । अब फरक स्थिति आयो ।’

१५ अर्बको लगानी जोखिममा

अहिले देशभर पार्टी प्यालेस र क्याटरिङ व्यवसाय चलाइरहेका करीब ७ हजार व्यवसायी छन् । यो व्यवसायमा १५ अर्बको लगानी छ ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार लकडाउनपछि १५ भन्दा बढी पार्टी प्यालेस सधैंका लागि बन्द भएका छन् ।

फेरि पनि महामारीका कारण पार्टी प्यालेस बन्द गरिए ठूलो लगानी डुब्ने र व्यवसायीहरू पलायन हुने महासंघको दाबी छ ।

एउटा पार्टी प्यालेसमा स्थान, स्तर र क्षमताअनुसार २ करोडदेखि १२ करोड रुपैयाँसम्म लगानी भएको व्यवसायीहरू बताउँछन् । लगानीमध्ये ७० प्रतिशतभन्दा बढी बैंकहरूको ऋण भएको महासंघका प्रवक्ता पाण्डे बताउँछन् ।

सिजनमा कमाइ गर्न नसके पार्टी प्यालेस सञ्चालकलाई बैंकबाट लिएको ब्याज र घरजग्गाको भाडा तिर्न समस्या पर्छ । महासंघका अनुसार देशभरका करीब ९५ प्रतिशत पार्टी प्यालेस भाडाको जग्गामा छन् ।

गत वर्षको लकडाउनमा पनि धेरै जग्गाधनीले भाडामा छुट दिन पनि मानेनन् । क्याटरिङ तथा पार्टी प्यालेसहरूमा ५० देखि ६० हजार कामदार/कर्मचारी छन् । पार्टी प्यालेस समस्यामा पर्दा उनीहरूमा आश्रति करीब तीन लाख जना प्रभावित हुने महासंघको जिकिर छ ।

प्यालेसहरू बन्द हुँदा बजारमा किराना सामान र दुग्धजन्य पदार्थदेखि माछामासु, फलफूल र तरकारीसम्मको खपत घट्ने प्रवक्ता पाण्डे बताउँछन् । उनका अनुसार यस्ता वस्तु खपतको ३० प्रतिशत हिस्सा पार्टी प्यालेसले ओगट्छन् ।

मापदण्ड मान्न तयार

पार्टी प्यालेस बन्द गर्दा अन्य क्षेत्रमा पर्न सक्ने असरलाई समेत सरकारले विचार गर्नुपर्ने व्यवसायीको आग्रह छ । वाषिर्क करीब ३ अर्ब कर तिर्ने यो व्यवसायलाई बचाउने र महामारी पनि नफैलिने गरी सरकारले कदम चाल्नुपर्ने उनीहरू सुझाउँछन् ।

महासंघका अध्यक्ष जिसी हलको क्षमताको करीब ३५ प्रतिशत व्यक्ति राखेर पार्टी प्यालेस चलाउन सकिने बताउँछन् । ठूला समारोह नहुने गरी साना समारोहहरू सतर्कतासहित गर्न पाउनुपर्ने उनले बताए ।

‘पार्टी प्यालेसको क्षमतामा निश्चित प्रतिशत तोकेर सभा समारोह गर्न दिइनुपर्छ,’ प्रवक्ता पाण्डे भन्छन्, ‘सरकारले तोक्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न/गराउन हामी तयार छौं ।’

सामाजिक दूरी पालना गराउने, सरसफाइ गर्ने, भीड हुन नदिनेलगायत मापदण्ड मान्न तयार रहेको प्रवक्ता पाण्डे बताउँछन् ।

‘सरकारले व्यवसायीको समस्या समेत बुझेर निर्णय लिन हामी आग्रह गर्छौं । पार्टी प्यालेस बन्द गरेर मात्र समस्या समाधान हुँदैन’, उनी भन्छन् ।

अनलाईनखबर बाट साभार

‘अब पनि बेड नपाएर संक्रमितको मृत्यु भए राज्यको अपराध ठहरिनेछ’

0
???????????????????

केही अगाडि संक्रमण दर घट्दै जाँदा पनि हामी जोखिममुक्त भएका थिएनौं । समुदायमा संक्रमणका स्रोत विद्यमान थिए । त्यो रहेसम्म फैलिने जोखिम रहन्छ नै । त्यो बेला पनि हामीले ‘जनस्वास्थ्यको मापदण्ड पालनामा लापरबाही गर्न मिल्दैन है,’ भनिरहेकै थियौं, तर राम्ररी मापदण्ड पालना गर्न सकेनौं । त्यसको परिणाम अहिले देखिएको छ ।

पहिले जस्तै अहिले पनि भारतबाट आउने नेपाली संक्रमणको स्रोत बनेका छन् कि भन्ने शंका छ । यसको मतलब नेपालभित्र संक्रमणको स्रोत थिएन भन्ने होइन । भारतमा भएको संक्रमण विस्तार पनि हाम्रो लागि चुनौतीपूर्ण छ । अहिले भाइरसको नयाँ भेरियन्ट र दोस्रो लहर भन्ने शब्द चर्चामा छ । नेपालमा भाइरसको नयाँ भेरियन्ट पुष्टि भए पनि त्यसको मात्रा थाहा भएको छैन ।

नयाँ भेरियन्टको आफ्नै जैविक विशेषता छ । त्यसैको कारणले मात्र हामी अहिले जोखिममा छौं भन्न जायज हुँदैन । यो बढी संक्रामक भएकाले बढी सतर्क हुनुपर्छ, तर सुरक्षा मापदण्ड अपनाएनौं भने पुरानै भाइरस संक्रमण विस्तार गर्न काफी हुन्छ । त्यसकारण नयाँ भेरियन्टभन्दा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकोमा बढी चिन्तित छु ।

मैले पहिल्यैदेखि भन्दै आएको छु- हामीले नीति त बनायौं तर कार्यान्वयन गर्न चुक्यौं । अहिले पनि भीडभाड नगर्न/नगराउन भनिएको छ, तर भीडभाड कम गराउनेतर्फ सरकारबाट कुनै किसिमको अनुगमन, निगरानी भएको छैन । भारतबाट आउने नेपालीका लागि सीमामा व्यवस्थित व्यवस्थापन भएन ।

हामी नागरिकको भूमिका पनि गैर-जिम्मेवार भएको छ । हामी स्वास्थ्य सुरक्षाको प्रावधान नअपनाई भोज र सामाजिक जमघटमा सामेल भयौं, भइरहेका छौं । नेताको राजनीतिक जमघट त्यस्तै छ ।

सरकारकै तर्फबाट ‘हामीले कोरोनालाई जित्यौं’ भन्ने खालको सन्देश जान थालेकाले जनस्वास्थ्यका कार्यक्रम कार्यान्वयन हुन छाडे । संक्रमण भेटिइरहँदा कन्ट्याक्ट ट्रेसिङ गर्न छाडियो । परीक्षणको दायरा अत्यन्तै साँघुरो भयो । अनि आम नागरिकमा महामारी सकियो भन्ने खालको मनोविज्ञान बन्यो । सरकार, व्यवसायी, नागरिक सबैको लापरबाही मिसिएर अहिलेको अवस्था आयो ।

सरकारको गतिविधि, नागरिकको व्यवहार र पछिल्लो तथ्यांक हेर्दा महामारी कसरी टुङ्गिन्छ भन्ने कुरा यकिन भन्न सकिन्न । हामी (राज्य र नागरिक) ले गर्ने व्यवहारले भाइरसको भविष्य निर्धारण हुन्छ । हामीले संक्रमण विस्तार रोक्ने कार्यक्रममा चुस्तता देखाउन सकेनौं भने संक्रमण हिजो पनि घातक थियो, घातक नै रहन्छ । बुझ्नैपर्ने कुरा, जनस्वास्थ्यको मापदण्ड पालना महामारी नियन्त्रणको लागि सबभन्दा महत्वपूर्ण हुन्छ ।

सरकारका विभिन्न निकायको सहकार्यमा कमी देखिएको छ । नेपालको सन्दर्भमा यस्तो हुनु आश्चर्य होइन दुःखलाग्दो कुरा हो । विपत्को बेला पनि सरकार चुस्त रूपमा आएन । महामारीसँग लड्न स्वास्थ्य मन्त्रालयसँगै सरकारका अन्य विभिन्न निकाय अग्रसर हुनुपर्छ । यो बेला स्वास्थ्य मन्त्रालयको विशेष जिम्मेवारी हुन्छ । त्योसँगै सरकारका विभिन्न निकायबीच प्रभावकारी संयोजन हुनुपर्ने हो । सरकारका सबै निकाय जिम्मेवारपूर्वक सक्रिय भइदिए नागरिकले डरमा बाँच्नुपर्दैन ।

दोस्रो चरण महामारीको स्वाभाविक प्रक्रिया हो । रोकथामको विधिलाई प्रभावकारी बनाएर भाइरसको चरणलाई कमजोर बनाउने हो । भाइरस प्राकृतिक रूपमा आफैं कमजोर हुँदै जान्छ भन्ने प्रमाण फेला नपरेकोले यसलाई जनस्वास्थ्यको विधि अपनाएर कमजोर पार्नुपर्छ । विस्तार हुन पाएन भने भाइरसको प्राकृतिक मृत्यु हुन्छ ।

महामारीको जटिलता आउँदैछ भन्दै गर्दा हिजोको तुलनामा आज आशावादी हुनुपर्ने कुराहरू पनि छन् । हिजो प्रकोप शुरू हुँदा हामीसँग यथेष्ट प्रयोगशाला, परीक्षण गर्ने किटहरू थिएनन् । स्वास्थ्यकर्मी र भौतिक संरचनाको कमी थियो । अनुभवको पनि कमी थियो । अहिले हामीसँग केही संरचना, तालिमप्राप्त र अनुभवी जनशक्ति पनि छ । खोपले एक ढंगको आत्मविश्वास दिएको छ । हामीले पहिलेका कमी-कमजोरीबाट पाठ पनि सिकेका छांै । कमी-कमजोरी विश्लेषण गरेर सुधार गर्नुपर्छ ।

अब पहिलो कुरा- हामीले तत्कालै आयातित केसहरूलाई व्यवस्थापन गर्नुपर्छ । ती अहिले पनि संक्रमणको स्रोत बनिरहेका छन् । आयातित केस भनेको सीमा नाकाको व्यवस्थापन हो । पहिला सीमा नाका बन्द गरेर गल्ती गरेका थियौं । सीमा बन्द गरेर मानिसलाई रोक्न खोज्दा कोरोना नियन्त्रणमा प्रभावकारी नभएर एकदम पीडादायी मात्र भएको थियो । यतिखेर सीमा व्यवस्थापन भनेको क्वारेन्टिन हो । पारिबाट आउनेलाई होल्डिङ सेन्टर या क्वारेन्टिनमा राख्ने व्यवस्था गरेर धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।

सीमा व्यवस्थापनको अर्को पाटो भनेको विस्तारित परीक्षण हो । हिजो हामीसँग स्रोत अभाव हुँदा सिमानामा पर्याप्त परीक्षण गर्न सकेनौं । आज सरकारले चाहृयो भने पर्याप्त परीक्षण गर्न सक्ने अवस्था छ । परीक्षणमा पोजेटिभ देखिएका केसहरूलाई एकदम प्रभावकारी व्यवस्थापन गर्नुपर्छ । हिजो जस्तो भद्रगोल क्वारेन्टिन भयो भने यसपटक पनि सीमामा संक्रमणले धेरै क्षति गर्न सक्छ ।

हिजो होम आइसोलेसनको व्यवस्थापनमा कमजोरी रहँदा पनि संक्रमण विस्तार भयो । त्यसबाट पाठ सिक्नै पर्छ । अब सामान्य संक्रमितलाई होम आइसोलेसनमै राख्ने अवस्था हटाउनुपर्छ । होम आइसोलेसनमै राख्ने भए अनुगमन-निगरानी प्रभावकारी हुनुपर्छ । त्यसका लागि संस्थागत आइसोलेसनको व्यवस्थापन गर्नुपर्छ ।

हिजो संस्थागत आइसोलेसनमा हामीले गर्न नसकेका काम धेरै थिए । त्यहाँ लक्षण भएका संक्रमित पनि बस्न सक्छन् । आवश्यक पर्दा सामान्य उपचार गर्ने सुविधा त्यही हुनुपर्छ । तुरुन्त अस्पताल लैजान सक्ने व्यवस्था पनि हुनैपर्छ । भौतिक दूरी कायम हुने गरिको व्यवस्थापन त हुनैपर्छ ।

हामीसँग आˆनै समुदायमा संक्रमणको सम्भावना छ । त्यसको लागि जनस्वास्थ्यका अरू विधिहरूको प्रभावकारी कार्यान्वयन, निगरानी र अनुगमन हुनुपर्छ । मास्क र सामाजिक दूरीले धेरै हदसम्म जोखिम कम गर्छ । सामाजिक दूरी कायम हुन नसक्ने स्कूल, कलेज, सामाजिक तथा राजनीतिक भेटघाट बन्द गर्नुपर्छ । होटल-रेस्टुरेन्टमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।

कोरोना नियन्त्रणका लागि हिजो हामीले कार्यान्वयन गर्न खोजेका नीतिहरूले केही हदसम्म काम गर्‍यो । अर्को पक्षबाट हेर्दा नागरिक धेरै पीडित भए । धेरैको रोजगारी, व्यवसाय गुम्यो । कतिले कोभिडबाहेक अरू रोगहरूको उपचार गर्न पाएनन् । यस्ता कुराहरूको व्यवस्थापन गर्न अहिले नै ध्यान दिनुपर्छ, अरू देशका अनुभवबाट पनि सिक्नुपर्छ ।

दुःखको कुरा, हामीले हिजोको गल्ती फेरि दोहोरिएको देख्दैछौं । जटिलता आउनुभन्दा अगाडि नै खै त काम गरेको ? खै तयारी गरेको ? भाषण बाहेक ठोस काम केही गरेको देखिएको छैन ।

पहिले हामी भाइरससँग अत्यन्तै आतंकित थियांै । कोरोनाबारे पर्याप्त जानकारी नै थिएन । अन्य देशका समाचार डरलाग्दा थिए । आज आत्मविश्वास त बढेको छ, तर दुर्भाग्य त्यो आत्मविश्वास लापरबाहीमा परिणत भएको छ । आत्मविश्वास हुनुपर्छ तर त्यो लापरबाहीमा परिणत हुँदा हामी आफैं संकटमा पर्छौं ।

हिजो पनि हामीले लकडाउन नै समाधान हैन भनेका थियौं । भीडभाड हटाएर भौतिक दूरी बढाउन लकडाउनको परिकल्पना गरिएको हो । भौतिक दूरी बढाउने अरू पनि उपाय छन् । २५ जनाभन्दा बढी भेला नहुनु भनेको पनि भौतिक दूरी बढाउनकै लागि हो । विद्यालय बन्द गर्नु पनि एक चरणको लकडाउन हो । बाहिर निस्कन ठप्प गर्नु मात्र लकडाउन होइन ।

हिजो कतिपय संक्रमितले एकबाट अर्को अस्पताल गर्दागर्दै ज्यान गुमाए । त्यो अवस्था हामी आफैंले देख्यौं, भोग्यौं । अब त्यो गल्ती दोहोरिनुहुन्न । सरकारको क्षमताबाट सबै काम गर्न सम्भव छैन भने निजी संरचना प्रयोग गर्दा हुन्छ, तर त्यसो गर्दा नागरिकको जिम्मेवारीबोध हुनुपर्छ

लकडाउनको विषयमा धेरै गलत बुझाइ व्याप्त भएको छ । हाम्रो चलायमानता घटाउनु लकडाउन हो । त्यसका विभिन्न चरण हुन्छन् । सब कुरा बन्द गर्नु भनेको त लकडाउनको ‘एक्स्िट्रम’ चरण हो । सबै चरण अपनाउँदा संक्रमण विस्तार कम भएन भने ‘एक्स्ट्रिम’ मा जाने हो । लापरबाह बन्दै गयौं भने त्यो चरण आउन सक्छ । लकडाउन नै संक्रमण नियन्त्रण गर्ने अन्तिम अस्त्र वा विकल्प भने होइन । लकडाउन गर्दा अन्य धेरै किसिमका क्षति बेहोर्नुपर्ने हुन्छ ।

निजीतर्फबाट महामारीको उपचार सम्भव हुँदैन । मास्क किनेर लगाउँला, तर आफैं उपचार गर्ने सामथ्र्य हुँदैन । अस्पताल पुर्‍याउने र अस्पतालमा उपचार गर्ने काम चरणबद्ध हुन्छ । हिजो संक्रमितहरू एम्बुलेन्स नपाएर पनि पीडित बने । सरकारले एम्बुलेन्स व्यवस्थापनमा ध्यान नदिंदाको परिणाम थियो, त्यो ।

हिजो कतिपय संक्रमितले एकबाट अर्को अस्पताल गर्दागर्दै ज्यान गुमाए । त्यो अवस्था हामी आफैंले देख्यौं, भोग्यौं । अब त्यो गल्ती दोहोरिनुहुन्न । सरकारको क्षमताबाट सबै काम गर्न सम्भव छैन भने निजी संरचना प्रयोग गर्दा हुन्छ, तर त्यसो गर्दा नागरिकको जिम्मेवारीबोध हुनुपर्छ ।

विगतमा निजी अस्पतालमा उपचार गर्दा लाखौं रुपैयाँ भुक्तानी गर्नु परेको अवस्थाले नागरिक पीडित भएका थिए । कतिको त लाखौं रुपैयाँ खर्च गर्दा समेत ज्यान नजोगिएको कुराहरू बाहिरिएका थिए । त्यसकारण उपचार गर्ने ठाउँ निजी होस् या सरकारी ! त्यसको आर्थिक भार सरकारले लिनुपर्छ । अहिले हामी सामान्य बेलाको कुरा गरिरहेका छैनौं ।

महामारीविरुद्ध लड्ने तयारीबारे नीतिगत दस्तावेज आएको देखिन्न । विगतमा नीतिगत त्रुटि भएका थिए । कोरोना अब सकिन्छ भन्ने मानसिकताबाट सरकारले रणनीति नबनाउँदा ठूलो भूल भएको थियो । अहिले महामारीको दोस्रो लहर विरुद्ध लड्न पनि नीतिगत तयारी देखिएको छैन ।

सरकारले अहिले केही पैसा खर्च गर्न कञ्जुस्याईं गर्‍यो भने पछि यही कारणले २०औं गुणा बढी आर्थिक क्षति हुन्छ । अहिले तयारी गर्ने समय हो, यसमा केही लगानी चाहिन्छ । यस्तो लगानी गर्दा घाटा लाग्यो भन्ने सोच्नु भएन । यस्तो लगानीको त उपयोग भएन भने पनि खुशी मान्नुपर्छ ।

सरकारले तत्कालै कोभिडको डेडिकेटेड अस्पतालहरू तयार पार्नुपर्छ । स्वास्थ्य मन्त्रालयले कोभिडको लागि बेड छुट्याउन अस्पतालहरूलाई आग्रह गरेको सुनेको छु । त्यसरी मिसमास गरेर बिरामी राख्दा पुरानो समस्या दोहिरिरहन्छ । त्यसले समस्या हल गर्दैन, झन् बढाउँछ ।

कोरोनाको लागि छुट्याइएका डेडिकेट अस्पतालहरूमा सबै सेवा हुनुपर्छ भन्ने जरूरी छैन । सबै संक्रमितलाई आईसीयू चाहिन्न । आवश्यक पर्दा आईसीयूमा लैजाने व्यवस्था भने हुनुपर्छ । कति अस्पतालमा अक्सिजन मात्रै राखेर पनि उपचार गर्न सकिन्छ । तर, सामान्य र गम्भीर संक्रमितलाई राख्ने छुट्टाछुट्टै अस्पताल चाहिन्छ ।

अस्पताल वा आईसीयू वा भेन्टिलेटरमा राखिएका सबै संक्रमित घर फर्कन सक्दैनन् । तर, अस्पताल, आईसीयू वा भेन्टिलेटर सुविधा नै नपाएर संक्रमितको ज्यान जाने अवस्था आउन दिनुहुँदैन । त्यो अवस्था आयो भने राज्यले अपराध गरेको ठहरिनेछ । प्रविधि, जनशक्ति र पूर्वाधार नभएर गर्न सकेको छैन भनेर हिजो सरकारले छुट पाएको हो । आज त्यो अवस्था छैन । स्रोतसाधन र जनशक्ति पर्याप्त छ । नभएको तयारी मात्र हो । बहाना बनाउने छुट छैन ।

आसन्न संकटको पूर्वानुमान हुँदाहुँदै सरकारले तदनुरुप तयारी नगरेको देख्दा हामीलाई चिन्तित बनाएको छ । यसले खराब दिनको संकेत गर्छ । स्वास्थ्यमन्त्री स्वयंले असारसम्ममा दैनिक ११ हजार संक्रमित भेटिने र संक्रमित ६ लाख पुग्ने भनिराख्नुभएको छ । त्यस अनुसारको तयारी गरेको भने देखिन्न ।

अब हामी नागरिकले सरकारको गैर-जिम्मेवारपनको आलोचना र तयारीको माग गर्दै आफूले पनि गर्न सक्ने प्रयास गर्न नछाडौं । विश्वका कतिपय देशका जनता असाध्य जिम्मेवार सरकार पाएर ढुक्क छन् । हामीकहाँ त्यस्तो नभएकोले आˆनोतर्फबाट प्रयास बढाऔं ।

अनलाईनखबर बाट साभार

विद्यालय बन्द गर्ने सरकारको निर्णय

0

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यका सहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले  जानकारी दिए ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्नू

एचईओसीले सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड-१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस् : ओली

0

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सोमबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटिको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ । ओलीको प्रतिवेदनमा वर्तमाान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ ।

त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्त्वपूर्ण काम गरेको दावी गरिएको छ ।

त्यसैगरी उक्त प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनैपनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लाेर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले बैठकमा पेश गरेको सांगठानिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशनमा गर्ने गरी कार्यतालिका पारित पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

मलेसियाविरुद्ध नेपालको सानदार जित

0

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार मलेसियाविरुद्ध नेपालले शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो । लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई आक्रामक सुरुवात दिलाए ।

१२ औं ओभरको पहिलो बलमा अन्वर रहमनबाट क्याच हुनु अघि भुर्तेल र आसिफले १०२ रनको ओपनिङ साझेदारी गरे । आसिफ शेखले २९ बल सामना गर्दै एक छक्का र ४ चौकाको मद्दतले ४२ रन बनाए भने भुर्तेलले ६१ रन बनाए । उनको यो ‘ब्याक टु ब्याक’  टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो । दीपेन्द्र सिंह ऐरीले अविजित ६ रन बनाए ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गले गति लिँदै

0

निजगढ (बारा) । ‘काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

‘फास्ट–ट्र्याक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम रोक्न सरकारलाई निर्देशन भएको छ । सो निर्देशनपछि केही अल्मलिएको सेनाले काममा गति लिएको जनाएको हो ।
त्यस्तै सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र विकास तथा प्रविधि समितिका सदस्य सांसदहरूले शुक्रबार ‘फास्ट–ट्र्याक’को स्थलगत अवलोकन गरी निर्माण कार्यमा ढिलासुस्ती नगर्न सुझाव दिनुभएको छ । आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको फास्ट–ट्र्याकको निर्माण कार्य आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सेनाको कामबाट सन्तुष्ट सांसदले निर्माण कार्य नरोक्न र प्रक्रिया अविलम्ब थाल्न सुझाएसँगै निर्माणको थप प्रक्रिया अगाडि बढाइएको हो ।

“काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माण कार्यमा अवरोध होइन, चुस्त र पारदर्शी बनाउनुपर्छ भन्नेमा हाम्रो एकमत छ,”

विकास तथा प्रविधि समितिका सभापति कल्याणकुमारी खड्काले भन्नुभयो । अहिलेसम्म भए गरेको कामको स्थलगत अवलोकन गर्दा सन्तोषजनक नै छ, काममा ढिलासु स्ती गर्दा फा स्ट–ट्र्याक बन्नेमा शङ्का तथा लागत खर्च बढ्छ, उहाँले भन्नुभयो, “फा स्ट–ट्र्याक समयमा नै बन्नुपर्छ । यसका लागि हामीले सहजीकरण गर्न जरुरी छ । ”

तराई–मधेसलाई काठमाडौँ तथा पहाडलाई तराईसँग जोड्ने छोटो (७२.५ किलोमिटर) दूरीको राजमार्ग ‘फा स्ट–ट्र्याक’बाट एक घण्टामा काठमाडौँ–तराई आवतजावत गर्न सकिने छ । फा स्ट–ट्र्याक निर्माण कार्यलाई सहज र सरल बनाउन समितिहरूबीच छलफल गरिने उहाँले बताउनुभयो ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले फा स्ट–ट्र्याक निर्माणको मुख्य काम तीनवटा सुरुङमार्ग र ८७ वटा पुल बनाउनुपर्ने भएकाले आवश्यक प्रक्रियामा विलम्ब नगर्न आग्रह गर्नुभयो । आर्थिक पारदर्शिता र मापदण्डमाथि शङ्का गर्नु स्वाभाविकै हो भन्दै उहाँले भन्नुभयो, “निर्माण कार्यमा अवरोध र रोक्नेजस्ता कामले मुलुकलाई नै क्षति पुग्छ । ”
सो आयोजना निर्माण कार्य सम्पन्न गर्न करिब एक खर्ब ७५ अर्ब १९ करोड रुपियाँ बजेट छुट्याइएको छ । सेनाले ललितपुरको खोकनादेखि बारा निजगढसम्म ४४ किलोमिटर सडक फराकिलो पार्ने काम सम्पन्न गरिसकेको छ । सडक निर्माणको मुख्य काम तीनवटा सुरुङमार्ग र ८७ वटा पुलका लागि आइतबार बोलपत्र खुल्दैछ । तीनवटा सुरुङमार्गको लम्बाइ ६.४ किलोमिटर र ८७ वटा पुलको लम्बाइ १०.५ किलोमिटर छ ।

पुल र सुरुङमार्ग निर्माण सहजीकरणका लागि सडक पूर्वाधार र संरचना सेनाले निर्माण गरिसकेको छ । विकास तथा प्रविधि समितिबाट गठित द्रुतमार्ग अध्ययन उपसमितिका संयोजक गणेशकुमार पहाडीले निर्माण कार्यमा अब ढिलासुस्ती गर्नु हुँदैन निरन्तर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

फास्ट–ट्र्याकलाई ११ प्याकेजमा विभाजन गरी बोलपत्र प्रक्रिया सुरु गरेको छ । सुरुङ र सुरुङसँगै जोडिने पुल गरी दुईवटा प्याकेजको यो हप्ताभित्रमा नै ठेक्का सम्झौता खुल्दैछ । उहाँले भन्नुभयो, “अग्ला पुल र सुरुङ निर्माण हाम्रोलागि नयाँ अनुभव भएकाले समयमा नै सम्पन्न गर्ने गरी कामको सुरुवात गर्दा राम्रो हुन्छ । ”

सांसद एवं उद्योगपति विनोद चौधरीले फास्ट–ट्र्याक निर्माणमा सेनाको कामबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । अन्य सडक निर्माण भइसकेको छ, अब पुल र सुरुङ निर्माणको काम बाँकी छ, उहाँले भन्न्नुभयो, “यसलाई राष्ट्रिय प्रतिष्ठासँग जोडेर तीव्रगतिमा जाने हो भने समयमा नै सकिन्छ । ”

सांसद अनिलकुमार झाले भन्नुभयो, “केही बाधा व्यवधान छन् भने काम रोकेर होइन, जारी राखेर छलफलबाट समाधान गर्न सकिन्छ । ” फास्ट–ट्र्याक अवलोकनमा संलग्न १२ जना सांसदले आर्थिक पारदर्शितासँगै छिटोछरितो र गुण स्तर मापदण्डमा जोड दिनुभएको छ । करिब चार वर्षको अवधिमा दक्षिण एसियाली मापदण्डअनुसार फास्ट–ट्र्याक निर्माण गरी सरकारलाई ह स्तान्तरण गर्ने योजना रहेको सेनाले जनाएको छ ।

फास्ट–ट्र्याक परियोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले टनेल र पुल निर्माणबाहेक अन्य काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो । पुल निर्माण र सुरुङ खन्नका लागि पहुँच सडक निर्माणसँगै बेलिब्रिज, उपकरण भण्डार स्थलको व्यव स्था भइसकेको छ । सडक निर्माण तथा निर्माण सामग्रीको परीक्षणका लागि विभिन्न स्थानमा ल्याब स्थापना गरिएका छन् । पुल र सुरुङ मार्गबाहेकका स्थानहरूमा चार लेनको नमुना सडक निर्माण भइसकेको छ । ती सडक फास्ट–ट्र्याक निर्माणमा प्रयाेग हुने सवारीबाहेक अन्य सवारीसाधनको प्रवेशमा रोक लगाइएको छ ।

यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

0

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । उनको सम्पत्ति सन् २०१९ मा भन्दा सन् २०२० मा ६४ अर्ब डलरले वृद्धि भएको छ ।

विश्वका अर्बपतिहरुको सूचीमा प्रविधि क्षेत्रको उपस्थिति यो पटक पनि निकै ससक्त छन् । फोर्ब्सको सूचीमा परेका प्रविधि क्षेत्रका विश्वका शीर्ष ५० जना अर्बपतिहरुको सूची यस्तो छ :

१. जेफ बेजोस : फोर्ब्सको सूचीअनुसार अमेजन सीईओ जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर रहेको छ ।

२. एलन मस्क :  टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क विश्वका अर्बपतिहरुको सूचीमा दोश्रो नम्बरमा छन् । उनको कूल सम्पत्ति १ खर्ब ५१ अर्ब डलर रहेको छ ।

३. बिल गेट्स : विश्वका अर्बपतिहरुको सूचीमा चौथो स्थानमा छन् बिल गेट्स । माइक्रोसफ्ट कम्पनीका सह-सस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २४ अर्ब डलर रहेको छ ।

४. मार्क जुकरबर्ग : फेसबुक सस्थापक तथा सीईओ मार्क जुकरबर्गको कूल सम्पत्ति ९७ अर्ब डलर छ । उनी विश्वका अर्बपतिहरुको सूचीमा ५औँ स्थानमा छन् ।

५. वारेन बफेट : बर्कशाएर हाथावेका सीईओ तथा अध्यक्ष वारेन बफेट कूल ९६ अर्ब डलर सम्पत्ति सहित छैटौँ स्थानमा रहेका छन् ।

६. ल्यारी एलिसन : ओरेकल कम्पनीका सीईओ ल्यारी एलिसन विश्वका अर्बपतिहरुको सूचीमा सातौँ स्थानमा छन् । उनको कूल सम्पत्ति साढे ९१ अर्ब डलर रहेको छ ।

७. ल्यारी पेज : गुगलका सह-सस्थापक ल्यारी पेजको कूल सम्पत्ति पनि साढे ९१ अर्ब डलर छ ।

८. सेर्गेइ ब्रिन :  गुगलका अर्का सस्थापक सेर्गेइ ब्रिन विश्वका अर्बपतिहरुको सूचीमा नवौँ स्थानमा छन् । उनको कूल सम्पत्ति ८९ अर्ब डलर रहेको छ ।

९. मुकेश अम्बानी : रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष भारतीय अर्बपति मुकेश अम्बानी विश्वका टपटेन अर्बपतिभित्र अटाएका छन् । उनको कूल सम्पत्ति साढे ८४ अर्ब डलर रहेकेा छ ।

१०. स्टिभ बाल्मर : माइक्रोसफ्ट कम्पनीका पूर्व सीईओ बाल्बर विश्वका अर्बपतिहरुको सूचीमा १४ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६८ अर्ब ७० करोड डलर छ ।

११. प्रविधि क्षेत्रका शीर्ष ५० अर्बपतिहरुमध्ये चिनियाँ कम्पनी टेनसेन्टका सस्थापक मा हुआटेंग विश्वका अर्बपतिहरुको सूचीमा १५ औँ स्थानमा छन् । उनको कूल सम्पत्ति ६५ अर्ब ८० करोड डलर रहेको छ ।

१२. त्यस्तै विश्वका अर्बपतिहरुको सूचीमा २१ औँ नम्बरमा रहेका चिनियाँ कृषि प्रविधि कम्पनी पिन्डुओडुओका सीईओ कोलिन हुआंगको कूल सम्पत्ति ५५ अर्ब ३० करोड डलर छ ।

१३. अलिबाबाका संस्थापक ज्याक मा ४८ अर्ब ४० करोड डलर सम्पत्तिसहित समग्र अर्वपतिहरुको सूचीमा २६औँ स्थानमा छन् ।

१४. डेल टेक्नोलोजिजका सीईओ माइकल डेल कूल ४५ अर्ब १० करोड डलर सम्पत्ति सहित अर्बपतिहरुकेा सूचीमा ३०औँ स्थानमा छन् ।

१५. झांग यिमिंग : संस्थापक बाइटडान्स कम्पनी । कूल सम्पत्ति ३५ अर्ब ६० करोड डलर । ३९ औँ स्थानमा ।

१६. विलियम डिंग : नेटिज कम्पनीका सीईओ । कूल सम्पत्ति ३३ अर्ब डलर । ४५ औँ स्थानमा ।

१७. वांग जिंग  : Meituan Dianping कम्पनीका सीईओ । कूल सम्पत्ति २६ अर्ब १० करोड डलर । ६० औँ स्थान ।

१८. शिव नादर : सहसस्थापक एचसिएल कम्पनी । कूल सम्पत्ति साढे २३ अर्ब डलर । ७१ औँ स्थानमा ।

१९. झांग झिडोंग : सहसस्थापक टेन्सेन्ट कम्पनी। कूल सम्पत्ति २३ अर्ब ४० करोड । ७३ औँ स्थानमा ।

२०. लेइ जुन : सहसस्थापक तथा अध्यक्ष शाओमी कम्पनी । कूल सम्पत्ति २३ अर्ब डलर । ७५ औँ स्थानमा ।

२१. रिचार्ड लिउ : सीईओ जेडी डट कम । कूल सम्पत्ति २२ अर्ब ४० करोड डलर । ७७औँ स्थानमा ।

२२. पाइरे ओमिडाएर : इ बे कम्पनीका सस्थापक । कूल सम्पत्ति २१ अर्ब ४० करोड डलर । विश्वका अर्बपतिको सूचीमा ८३ औँ स्थानमा ।

२३. रोबर्ट पेरा : सीईओ, उबिक्विटी नेटवर्कस् कम्पनी । कूल सम्पत्ति १८ अर्ब ३० करोड । १ सयौँ स्थानमा ।

२४. डस्टिन मोस्कोभिच : सह सस्थापक फेसबुक । कूल सम्पत्ति १७ अर्ब ८० करोड डलर सहित १०७ औँ स्थानमा ।

२५. पाभेल डुरोभ : संस्थापक टेलिग्राम कम्पनी । कूल सम्पत्ति १७ अर्ब २० करोड डलर । ११२ औँ स्थानमा ।

शीर्ष ५० मा परेका अन्य प्रविधि अर्बपतिहरुमा लेन्स टेक्नोलोजी कम्पनीकी अध्यक्ष झोउ कुनफेइ (१५.४ अर्ब डलर), भिडियो कनफ्रेन्सिङ प्लाटर्फम जूमका संस्थापक इरिक युआन (१४.९ अर्ब डलर), चिनिया सोसल मिडिया प्लाटर्फम बाइदुका संस्थापक रोबिन ली (१४.७ अर्ब डलर) तथा फेसबुकका अर्का सह सस्थापक इडुआर्डो साभेरिन (१४.६ अर्ब डलर) रहेका छन् ।

त्यस्तै सफट्वेयर कम्पनी एटलासियनका सहसस्थापक माइक क्यानोन ब्रुक्स (१४.२ अर्ब) तथा अर्का सहसस्थापक स्कट फार्कुहार (१४ अर्ब), एयर बिएनबीका सह सस्थापक ब्रायन चेस्की (१३.७ अर्ब) तथा अनलाइन गेमिंग कम्पनी नेक्सनका सहसस्थापक किम जुंग जु (१३.३ अर्ब) पनि विश्वका शीर्ष ५० प्रविधि अर्बपतिभित्र अटाएका छन् ।

विश्वका शीर्ष ५० प्रविधि अर्बपतिको सूचिमा साढे १२ अर्ब डलर कूल सम्पत्ति सहित ट्वीटरका सिइओ ज्याक डोर्सी पनि परेका छन् । उनी फोर्ब्सको सूचीमा १७३ औँ स्थानमा छन् ।

टप ५० टेक बिलिनेयरको सूचीमा एयर बिएनबीका अर्का सहसस्थापक नाथन ब्लेचार्जिक (१२.४ अर्ब), अर्का सहसस्थापक जोए गेब्बिया (१२.४ अर्ब), इन्टेल कम्पनीका सहसस्थापक गोर्डोन मूरे (१२.१ अर्ब), स्न्यापच्याटका सहसस्थापक बब्बी मुर्फे (११.९ अर्ब), एनभिदिया कम्पनीका सहसस्थापक जेनसेन हुआंग (११.८ अर्ब) तथा अलिबाबाका अर्का सहसस्थापक जोफेस साइ (११.६ अर्ब) पनि परेका छन् ।

त्यस्तै स्न्यापच्याटका सिइओ इभान स्पाइजेल (११.१ अर्ब डलर), एसएपी कम्पनीका सस्थापक डाइटमार होप (१०.१ अर्ब), सायबर सेक्योरिटी कम्पनी जेस्कालरका सिइओ जय चौधरी (१० अर्ब), ह्वाट्सएपका सह सस्थापक जान कोउम (९.९ अर्ब), कोरियन मेसेजिंग एप काकाओका सस्थापक तथा अध्यक्ष किम बेओम सु (९.३ अर्ब), किंग्सटन टेक्नोलोजीका सस्थापक डेभिड सन (९.१ अर्ब), शाओमीका अध्यक्ष लिन बिन (८.७ अर्ब डलर), विप्रोका अध्यक्ष अजिम प्रेमजी (८.६ अर्ब डलर), एसएपी कम्पनीका सह सस्थापक हास्सो प्लाटनर (८.३ अर्ब डलर) तथा आरिस्टा नेटवर्कस्का सह सस्थापक एन्ड्रेस फोन बेचटोल्सहेइम (८.२ अर्ब) पनि विश्वको प्रविधि उद्योगका शीर्ष ५० अर्बपतिहरुको सूचिभित्र पर्न सफल भएका छन् ।

एजेन्सीको सहयोगमा

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक

0

६ वैशाख, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक सोमबार विहान ललितपुरको जावलाखेलमा बस्ने मुख्यमन्त्री पौडेलको स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रम, कोरोना संक्रमण नियन्त्रणलगायतका विषयमा छलफल गर्न मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिपक्षी माओवादी केन्द्रले प्रदेशसभाको बैठकअवरुद्ध गर्दै आएको छ । प्रतिपक्षी सांसदहरुले मदन भण्डारी फाउन्डेसन र विद्युतीय बस खरिद प्रक्रियाका लागि प्रदेशसभा सरकारले उपलब्ध गराउन लागेको ५० लाख रुपैयाँ रोक्न माग गर्दै आएका छन् । सो मागमा माओवादी केन्द्रसहित कांग्रेस र विवेकशील पार्टीले समर्थन जनाएका छन् ।

यसैगरी बागमती प्रदेशमा पछिल्लो समय दैनिक ३ सयभन्दा धेरैजना कोरोनाका नयाँ संक्रमितहरु थपिदै गएपछि सरकारलाई सतर्कताका उपाय अपनाउने तीव्र दबाव छ।

अनलाईनखबरबाट साभार