Tuesday, August 4, 2026
Homeअर्थ र ब्यापारहवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, केही रुटमा १,२९० रुपैयाँसम्म वृद्धि

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्यो, केही रुटमा १,२९० रुपैयाँसम्म वृद्धि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि आन्तरिक उडानको हवाई भाडा पनि वृद्धि भएको छ।

निगमले १७ साउनदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य बढाएर प्रतिलिटर २९० रुपैयाँ कायम गरेको छ। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ फ्यूल सरचार्जसहितको भाडादर निर्धारण गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ। बढेको भाडा आजैदेखि लागू भएको छ।

प्राधिकरणका अनुसार काठमाडौं–धनगढी रुटमा फ्यूल सरचार्ज १० हजार १२० रुपैयाँबाट ११ हजार रुपैयाँ पुगेको छ, जसका कारण यस रुटको टिकट मूल्य ८८० रुपैयाँले बढेको छ।

यसपटक सबैभन्दा बढी भाडा वृद्धि विराटनगर–धनगढी रुटमा भएको छ, जहाँ १ हजार २९० रुपैयाँसम्म टिकट महँगिएको छ। त्यसैगरी नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० रुपैयाँ तथा जनकपुर–धनगढी रुटमा १ हजार १०० रुपैयाँले भाडा बढेको छ।

काठमाडौंबाट हुने अन्य उडानमा पनि भाडा समायोजन गरिएको छ। माउन्टेन फ्लाइटमा ६८५ रुपैयाँ, भद्रपुरमा ६०५ रुपैयाँ, विराटनगरमा ४८० रुपैयाँ, पोखरामा ३१५ रुपैयाँ, भैरहवामा ४१० रुपैयाँ, नेपालगन्जमा ६५५ रुपैयाँ, तुम्लिङटारमा ३७० रुपैयाँ, जनकपुरमा २६० रुपैयाँ र सिमरामा १८० रुपैयाँले टिकट महँगिएको छ।

यस्तै, मोफसलका विभिन्न रुटमा पनि भाडा वृद्धि गरिएको छ। पोखरा–भद्रपुर रुटमा ८१० रुपैयाँ, पोखरा–धनगढीमा ६८५ रुपैयाँ र पोखरा–जनकपुर रुटमा ५२५ रुपैयाँले टिकट मूल्य बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका