Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियहजारा समुदायका १३ जनाको तालिबानद्वारा हत्या

हजारा समुदायका १३ जनाको तालिबानद्वारा हत्या

१९ असोज, काठमाडौं । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले हजारा समुदायका १३ जनाको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको केही समयपछि नै तालिबानले उनीहरुको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि रहेको एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ ।

गत अगष्ट ३० मा तालिबानका तीन सय लडाकु खिदर जिल्लामा प्रवेश गरेका थिए र उनीहरुले अफगानिस्तानको सेनाको लागि काम गरेका ११ जनाको हत्या गरेका थिए । उनीहरुमध्ये नौ जनालाई खोलाको छेउमा लगेर आत्मसमर्पण गराएपछि हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

मंगलबार सार्वजनिक गरिएको रिपोर्टअनुसार तालिबानद्वारा मारिएकी किशाोरीको नाम मासुमा हो र तालिबानले चलाएको गोली लागेर उनको मृत्यु भएको हो । अर्का फयाजको पनि तालिबानले चलाएको गोली लागेर मृत्यु भएको छ ।

तालिबानबाट मारिएका पूर्व सैनिकहरु २६ देखि ४६ वर्ष उमेर समूहका थिए । तालिबानबाट मारिएका सबै मानिसहरु हजारा समुदायका थिए । यसअघि सन् १९९६ देखि २००१ बीचको शासनकालमा पनि हजारा समुदायलाई आफ्नो निशानामा पार्दै आएको थियो ।

एम्नेस्टीले गत जुलाईमा पनि तालिबानले हजारा समुदायका नौ जनाको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका