Saturday, July 18, 2026
Homeराजनीतिसांसदलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन

सांसदलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको निर्देशन

काठमाडौं । संघीय संसद् सचिवालयले संघीय संसद्का सबै सदस्यलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र अनिवार्य रूपमा पेस गर्न आग्रह गरेको छ।

शुक्रबार सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउनुपर्ने जनाएको हो।

सचिवालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र, अर्थात् साउन १ गतेदेखि भदौ २९ गतेसम्म, सम्पत्तिको स्रोत र आवश्यक प्रमाणसहित विवरण पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ। खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल उल्लेख गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्यले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यले आफू निर्वाचित भएको प्रदेशसमेत उल्लेख गर्नुपर्ने सचिवालयले जनाएको छ।

सम्पत्ति विवरण भर्ने फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिनेछ भने सचिवालयको आधिकारिक वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका