Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियस्पेनमा बाढीपछि प्रशासनविरुद्ध आक्रोश चुलियो, जनता सडकमा

स्पेनमा बाढीपछि प्रशासनविरुद्ध आक्रोश चुलियो, जनता सडकमा

काठमाडौं: स्पेनमा हालैको भीषण बाढीपछि स्थानीय जनता प्रशासनप्रति आक्रोशित छन्। शनिबार भ्यालेन्सियामा हजारौं स्थानीयले क्षेत्रीय प्रमुखको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा स्थानीयले “हामी माटोले पुरिएका छौँ, तिमीहरू रगतले लत्पतिएका छौ” भन्ने नारा लगाउँदै आक्रोश व्यक्त गरे।

अक्टोबरमा भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भएको भारी वर्षापछि आएको बाढीमा २०० भन्दा बढीको मृत्यु भएको थियो भने ८० जना अझै हराइरहेका छन्।

प्रदर्शनकारीहरूले अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको आरोप लगाए। प्रदर्शनको अन्त्यतिर आक्रोशित भीडको प्रहरीले सामना गर्दा झडपसमेत भयो।

भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाले सामाजिक सञ्जालमा तोडफोड भएका झ्यालका तस्बिरहरू साझेदार गर्दै, “हिंसा समाधान होइन” भनी प्रतिक्रिया दिएकी छिन्।

साथै, भ्यालेन्सिया सिटी काउन्सिलले पनि प्रदर्शनका क्रममा भएको तोडफोडको निन्दा गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका