Tuesday, June 2, 2026
Homeदेश र प्रदेशसौरपानी निसेपको चार घर पहिरोले लग्यो, फुञ्चोकमा एक घर विस्थापित

सौरपानी निसेपको चार घर पहिरोले लग्यो, फुञ्चोकमा एक घर विस्थापित

गोरखा : लगातारको वर्षापछिको पहिरोले बारपाक सुलीकोट गाउँपालिका ४ निसेपको चार घर पहिरोले बगाएको छ। गत शनिबार साँझ पाँचबजेतिरको पहिरोले स्थानीय अशोक खड्का, टोपबहादुर खड्का, मनबहादुर बगाले, चन्द्रमाया बगालेको घर लगेको स्थानीय बुद्धिबहादुर तामाङले जानकारी दिए।

निसेपको वनबाट झरेको पहिरोले चारवटा घर बगाएको छ’, उनले भने, ‘चार घरका करिब २५ जना परिबार कोही छिमेकीको घरमा सरेर बसेका छन्, कोही सिम्जुङतिर सरेका छन्।’ पहिरो अहिलेसम्म पनि झरिरहेको उनले बताए।

त्यस्तै बारपाक सुलीकोट ४ फुञ्चोकको एक घरमा लेदो पसेपछि परिबार विस्थापित भएका छन्। स्थानीय कुमारी गुरुङको चार जनाको परिवारलाई नजिकैको गोठमा पुनस्थापित गराएको प्रहरीचौकी सौरपानीले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका