Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियसेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक ३ हजार नाघ्यो

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक ३ हजार नाघ्यो

३१ जेठ, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ ।

कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो ।

पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका