Sunday, May 3, 2026
Homeमनोरन्जनसुनिलले नभ्याएपछि ‘लाखे’मा भित्रिए प्रशान्त

सुनिलले नभ्याएपछि ‘लाखे’मा भित्रिए प्रशान्त

१९ माघ, काठमाडौं । कलाकार प्रशान्त ताम्राकार छायांकन भइरहेको चलचित्र ‘लाखे’मा मुख्य खलपात्रको रुपमा भित्रिएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो चलचित्रमा यसअघि खलपात्रको रुपमा कलाकार सुनिल थापा अनुबन्धित भएका थिए ।

तर सुनिलले बलिउड चलचित्रमा काम गर्ने तयारी गरेपछि ‘लाखे’मा समय दिन नभ्याएका हुन् । थापाको सहमतिमै प्रशान्तलाई चलचित्रमा अनुबन्धित गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रमा सम्राट बस्नेतको निर्देशन छ । यो चलचित्रमा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको छायांकन काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रमा गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका