काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बधाई दिएका छन्।
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि साम्पाङले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत साझा गरेका थिए। सोही पोस्टमा प्रतिक्रिया दिँदै बालेनले उनलाई बधाई सन्देश पठाएका हुन्।
बालेनले लेखेका छन्, “तपाईंलाई सधैँ माया थियो, छ र रहन्छ। तपाईं र धरानलाई सधैँ माया छ।”
बालेनको उक्त सन्देश सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।


