Wednesday, October 28, 2026
Homeराजनीतिसिटौला हटाइए, कमला पन्त राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त

सिटौला हटाइए, कमला पन्त राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई हटाएर कमला पन्तलाई उक्त जिम्मेवारी दिएका हुन्।

आङ्देम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता पदमा नियुक्त गरेका हुन्।

सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए भने पन्त त्यसको पक्षमा थिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका