Saturday, May 2, 2026
Homeसामाचारसिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएको घटनाको पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका