Thursday, July 23, 2026
Homeसामाचारसाइबर अपराधको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ

साइबर अपराधको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक प्रचारप्रसार गरेको तथा चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार काठमाडौंको जोरपाटीबाट केसीलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरिका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको, गालीबेइज्जती गरेको र चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रसारण गरेको भन्दै उजुरी परेपछि थप अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको छ।

प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर अपराध) मुद्दा चलाउने तयारी गरेको जनाएको छ।

पछिल्लो समय वेदिका केसीले सामाजिक सञ्जाल र विभिन्न अन्तर्वार्तामार्फत सनातन धर्मभित्र रहेका विकृति, अन्धविश्वास, नक्कली धामी–झाँक्री तथा ‘माता’ भनिने व्यक्तिहरूविरुद्ध आवाज उठाउँदै आएको दाबी गर्दै आएकी थिइन्। यस क्रममा कथावाचिका राधिका दासीसँग उनको आरोप–प्रत्यारोप चलिरहेको थियो।

राधिका दासीका धार्मिक गतिविधि, व्यक्तिगत जीवन तथा महायज्ञसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएकी केसीमाथि तथ्यहीन र भ्रामक प्रचारप्रसार गरी चरित्रहत्या गरेको आरोप लागेपछि उक्त विषय प्रहरी अनुसन्धानको दायरामा पुगेको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका