Wednesday, April 15, 2026
Homeराजनीतिसम्पत्ति छानबिन आयोग गठन, राजेन्द्रकुमार भण्डारी संयोजक

सम्पत्ति छानबिन आयोग गठन, राजेन्द्रकुमार भण्डारी संयोजक

काठमाडौँ । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठन गरिएको आयोगमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्यका रूपमा रहेका छन्।

आयोगले २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी पाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत चैत १३ गते १५ दिनभित्र आयोग गठन गर्ने निर्णय गरेको थियो। उक्त विषय शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३औँ बुँदामा पनि समावेश गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका