Saturday, July 18, 2026
Homeसामाचारसप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खोलिए

सप्तकोसीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २१ ढोका खोलिए

इनरुवा (सुनसरी) । लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको प्रहरीले जनाएको छ।

सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पूर्वी नेपालमा वर्षा जारी रहेकाले आगामी दिनमा नदीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ।

बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ। ब्यारेजमा ५२ वटा मूल ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा ढोका रहेका छन्।

कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।

वर्षायाममा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिने सप्तकोसीमा बहाव उल्लेखनीय रूपमा बढ्ने गर्दछ। असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने लगातारको वर्षाका कारण नदी आसपासका बस्तीमा डुबान र कटानको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका