काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
सङ्घीय संसद् सचिवालयले संयुक्त बैठकका लागि सांसदहरूलाई अपराह्न ३ः४५ बजेअघि नै सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष) मा उपस्थित हुन आग्रह गरेको छ ।


