Thursday, October 29, 2026
Homeराजनीतिसंघीयता जनतासम्म अधिकार पु¥याउने माध्यम : प्रदेश प्रमुख कर्ण

संघीयता जनतासम्म अधिकार पु¥याउने माध्यम : प्रदेश प्रमुख कर्ण

जनकपुर । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरणको आधार भएको बताएका छन्।

बुधबार मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख कर्णले संघीयता भूगोलको विभाजन मात्र नभई सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरदैलोसम्म पु¥याउने संरचना भएको धारणा राखे। लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्ना लागि आफैं कानुन निर्माण गर्न सक्नु रहेको उनले बताए।

प्रदेश प्रमुख कर्णले विगत आठ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार–चढाव पार गर्दै संघीयता कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे। प्रदेशको नामाकरण र राजधानी चयनमा देखाइएको सुझबुझ र सहमति राजनीतिक परिपक्वताको उदाहरण भएको उनको भनाइ थियो।

उनले प्रदेश सभा केवल कानुन बनाउने स्थल मात्र नभई जनताको समस्या समाधान गर्ने केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए। समृद्ध मधेश निर्माणका लागि जनताले विकासका लागि नै प्रदेश सभामा प्रतिनिधि पठाएको बुझ्न सम्पूर्ण राजनीतिक दललाई उनले आग्रह गरे।

मधेश प्रदेशको स्वाभिमान उच्च राख्दै प्रदेशलाई आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा समावेशी बनाउन सम्पूर्ण प्रदेशवासी तथा जनप्रतिनिधिहरू एकजुट भएर लाग्नुपर्ने प्रदेश प्रमुख कर्णले उल्लेख गरे।

यसैबीच, आठौं वार्षिकोत्सव समारोहमा मधेश प्रदेशका सांसद राम सरोज यादवलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका