Thursday, April 23, 2026
Homeराजनीति‘शून्य बाँकी फाइल’ अभियानपछि सरकारको आह्वान: नटुंगिएका फाइलबारे गुनासो दिनुहोस्

‘शून्य बाँकी फाइल’ अभियानपछि सरकारको आह्वान: नटुंगिएका फाइलबारे गुनासो दिनुहोस्

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे सर्वसाधारणलाई गुनासो गर्न आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै अभियानका क्रममा बाँकी रहेका वा टुंगो नलागेका फाइलबारे जानकारी दिन नागरिकलाई अनुरोध गरेको हो ।

गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका तीनै तहका सरकारी निकायमा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सञ्चालन गरिएको थियो ।

जारी सूचनाअनुसार गुनासो दर्ताका लागि टोल-फ्री नम्बर ११११ मा फोन गर्न सकिनेछ । साथै, अनलाइनमार्फत पनि https://gunaso.opmcm.gov.np/register मा गई गुनासो पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका