Monday, May 4, 2026
Homeमनोरन्जनशिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

शिल्पाको समर्थनमा ऋचा लेख्छिन्–‘पुरुषको गल्तीको दोष महिलालाई किन ?’

नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ ।

राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको भन्दै २९ विभिन्न संस्थाका विरुद्ध २५ करोडको मानहानीको मुद्दा समेत दायर गरेकी छिन् ।

शिल्पामाथि मिडिया र सामाजिक संजालमा अनावश्यक टिप्पणी हुन थालेपछि उनको समर्थनमा बलिउडकर्मीहरु पनि अगाडि आएका छन् ।

नायिका ऋचा चड्डाले शिल्पाको समर्थन गर्दै लेखेकी छिन्–‘जब कुनै पुरुषले गल्ती गर्छन्, हामी उक्त पुरुषलाई दोषी देख्नुको साटो उसँग जोडिएकी महिलालाई जिम्मेवार ठान्छौं । शिल्पाले यस्ता मानिसहरुको विरुद्धमा मुद्दा दायर गरेको खबर सुनेर निकै खुशी लागेको छ ।’

ऋचा भन्दा पहिला हंसल मेहत्ताले पनि यो बिषयमा प्रश्न उठाएका थिए । उनले, शिल्पाको विवादमा बलिउडका कलाकारले मौनता साधेको बिषयमा प्रश्न उठाएका हुन् ।
उनले, खुशीको मौकामा एकसाथ मिलेर पार्टी गर्ने तर दुःख पर्दा कोही पनि नबोल्ने बलिउडको परम्परा भएको भन्दै आलोचना गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका