Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियविवादमा चिनियाँ खेलाडी

विवादमा चिनियाँ खेलाडी

एजेन्सी /टोकियो : जापानमा जारी ३२औं गृष्मकालिन टोकियो ओलम्पिकमा थुप्रै कीर्तिमान बनेका छन् । केही चर्चित खेलाडी चाँडै बर्हिगमन भए भने बरमुडा, अलास्का, फिलिपिन्स, कतारलगायतका राष्ट्रले पहिलो पटक ऐतिहासिक स्वर्ण पदक जित्न सफल भए । विश्वका दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले तीन सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहँदा केही खेलाडी भने विवादमा पनि मुछिएका छन् ।

विश्व खेलकुदको महाकुम्भमा विवादमा मुछिएका खेलाडीमध्ये स्वर्ण विजेता दुई चिनियाँ खेलाडी पनि हुन् । साइकल रेसिङको महिला डबल्सका स्वर्ण विजेता बायो सान्जु र झोंग तियान्सीले पदक समारोहमा चीनका पूर्व राष्ट्रपति माओत्सेतुङको तस्बिर अंकित ब्याच लगाएका थिए । पदक समारोहमा पूर्व राष्ट्रपतिको तस्बिर अंकित ब्याच लगाएर ओलम्पिक नियमको उल्लंघन गरेको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अनुसन्धान सुरु गरेको छ ।

यस विषयमा आईओसीले चिनियाँ ओलम्पिक कमिटीसँग पनि सोधपुछ गर्दै रिपोर्ट माग गरेको छ ।  ओलम्पिक चार्टर अनुसार ओलम्पिक आयोजनाको क्षेत्रभित्र कुनै पनि प्रदर्शन, राजनीतिक गतिविधि, धार्मिक तथा जातीय, क्षेत्रीय र नश्लीय गतिविधि तथा प्रचार गर्न पाइँदैन । आईओसीका प्रवक्ताका अनुसार चिनियाँ खेलाडीले ओलम्पिक चार्टरको परिच्छेद ५० को नियम उल्लंघन गरेका छन् । ‘दुई चिनियाँ खेलाडीका विषयमा हामीले अनुसन्धान सुरु गरेका छौं । यस विषयमा चिनियाँ ओलम्पिक कमिटीको पनि जवाफ मागेका छौं’, आईओसी प्रवक्ता मार्क एडम्सले भनेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका