Tuesday, September 15, 2026
Homeसामाचारलघुवित्तपीडित र सरकारबीच आज पुनः वार्ता, समाधान खोज्ने प्रयास जारी

लघुवित्तपीडित र सरकारबीच आज पुनः वार्ता, समाधान खोज्ने प्रयास जारी

काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ।

बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक र समाधानउन्मुख रहेपछि दुवै पक्षले समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित आज पुनः छलफल गर्न लागेका हुन्।

लघुवित्तपीडितको आन्दोलनलाई सम्बोधन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य को संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेका थिए।

सरकार र संघर्ष समितिबीचको आजको वार्ताबाट आन्दोलनका माग सम्बोधन तथा सहमतितर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका