Sunday, June 7, 2026
Homeअपराध र घटनारौतहटमा छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु

रौतहटमा छुट्टाछुट्टै घटनामा एक बालकसहित दुई जनाको मृत्यु

रौतहट । छुट्टाछुट्टै घटनामा परेर रौतहटमा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका–७ का अमोध पासवानका ३ वर्षका छोरा कुश पासवानको बुधवार साँझ नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आमाबुवा काम गरिरहेको बेला खेलिरहेका बालक अचानक नहरमा खस्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गरूडा नगरपालिका–५, महम्मदपुरका २६ वर्षीय नन्दकिशोर यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । विद्युतको तार लगेर मोटरबाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । मृतक दुवैजनाको शवको पोष्टमार्टमपछि अभिभावकको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका