Friday, August 21, 2026
Homeराजनीतिरास्वपाले टुंग्यायो रिक्त पदाधिकारीको जिम्मेवारी, प्रवक्तामा जगदीश खरेल

रास्वपाले टुंग्यायो रिक्त पदाधिकारीको जिम्मेवारी, प्रवक्तामा जगदीश खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीमा रिक्त रहेका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी पूर्ति गरेको छ।

शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री र सहप्रवक्तासहित विभिन्न पदमा नेताहरूलाई मनोनित गरेको हो।

बैठकले जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ। त्यस्तै, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सहकोषाध्यक्षमा मनोनित गरिएको छ।

यसैगरी पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव र सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिइएको छ।

संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिने निर्णय पनि बैठकले गरेको छ।

पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न जिम्मेवारीमा पदाधिकारी तथा नेताहरूलाई मनोनयन गरिएको रास्वपाले जनाएको छ।

यद्यपि, पार्टीमा अझै केही पद रिक्त छन्। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पदमा मनोनयन हुन बाँकी रहेको छ। ती पदमा आगामी केन्द्रीय समिति बैठकबाट जिम्मेवारी तोक्ने तयारी रहेको रास्वपाले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका