काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
रास्वपाले संसदीय नेतृत्वमा आफ्नो भूमिका थप सुदृढ गर्ने उद्देश्यसहित अर्याललाई सभामुख पदका लागि अघि सारेको बताइएको छ। अब सभामुख चयन प्रक्रिया अन्तर्गत अर्यालको उम्मेदवारी औपचारिक रूपमा प्रस्तुत गरिनेछ।


