Sunday, May 10, 2026
Homeराजनीतिरास्वपाको भैरहवा र पोखरा सभा स्थगित, नयाँ तालिका भोलि सार्वजनिक हुने

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, नयाँ तालिका भोलि सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित गरेको छ। पार्टीले शनिबार भैरहवामा र आइतबार पोखरामा सभा गर्ने तयारी गरेको थियो।

उक्त सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो। तर दुईवटा कारणले सभा स्थगित गरिएको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।

उनका अनुसार नेताहरूको समय व्यवस्थापनमा समस्या आएको तथा सचिवालय तहका नेताहरूबीच आन्तरिक छलफल, गृहकार्य र पार्टीको रणनीति तर्जुमा गर्नुपर्ने भएकाले पूर्वनिर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको हो।

परिवर्तन उद्घोष सभाको परिमार्जित तालिका भने भोलि सार्वजनिक गरिने पार्टीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका