Wednesday, June 24, 2026
Homeसामाचाररास्वपाको पहिलो महाधिवेशनः आज केन्द्रीय सदस्यका लागि मतदान, सभापतिमा रवि लामिछाने निर्विरोध

रास्वपाको पहिलो महाधिवेशनः आज केन्द्रीय सदस्यका लागि मतदान, सभापतिमा रवि लामिछाने निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आज (बुधबार) केन्द्रीय सदस्य पदका लागि मतदान हुँदैछ। पार्टी सभापतिमा भने रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।

सभापति पदमा लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। अब महाधिवेशनको ध्यान केन्द्रीय सदस्य चयनतर्फ केन्द्रित भएको छ।

केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरी सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी-विरोध, जाँचबुझ तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया मंगलबार राति नै सम्पन्न गरिएको छ। अन्तिम नामावली प्रकाशनसँगै राति ११ः४५ बजेदेखि मौन अवधि सुरु भएको आयोगले जनाएको छ।

मंगलबार साँझ ७ः३० बजेदेखि ९ः३० बजेसम्म महाधिवेशन स्थलस्थित निर्वाचन आयोगको सचिवालयबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी फारम वितरण तथा दर्ता गरिएको थियो। त्यसपछि राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको थियो।

उम्मेदवारविरुद्ध दाबी-विरोध दर्ताका लागि राति १०ः३० बजेसम्म समय दिइएको थियो भने प्राप्त उजुरीमाथि राति ११ बजेसम्म छानबिन गरिएको थियो। उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११ः१५ बजेसम्मको समयसीमा तोकिएको थियो।

निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी कार्यतालिकाअनुसार मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरिनेछ र पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिनेछ।

पहिलो चरणअन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन गरिनेछ। त्यसका लागि छुट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगले जनाएको छ।

संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका