Monday, April 20, 2026
Homeराजनीतिरास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि, प्रवास विभाग प्रमुखमा दीपक वोहरा नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले देशभर उक्त मितिदेखि अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको विस्तृत सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गरिनेछ।

त्यसैगरी, बैठकले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यसअघि उक्त जिम्मेवारी पार्टी उपसभापति तथा हालका सभामुख डीपी अर्यालसँग थियो। अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका