Friday, August 21, 2026
Homeराजनीतिरास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको उम्मेदवार छनोटमा छलफल

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनको उम्मेदवार छनोटमा छलफल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने भएको छ ।

बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने तथा पार्टीको साङ्गठनिक व्यवस्थापन र विभिन्न मनोनयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

बैठकको कार्यसूचीमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषयसमेत रहेका छन् ।

त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत बैठकबाट आवश्यक निर्णय लिने जनाएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका