Wednesday, May 13, 2026
Homeराजनीतिराष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

राष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा को बैठक आज बस्दैछ। बैठक मध्याह्न १२ः१५ बजे सुरु हुने कार्यतालिका रहेको छ।

आजको बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले सोमबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी, बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाय ले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका