Thursday, May 14, 2026
Homeराजनीतिराष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यसपछि बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा अर्थमन्त्री वाग्लेले सरकारको कार्यदिशा सुशासन, आर्थिक सुधार र समृद्धितर्फ केन्द्रित रहेको बताएका थिए । उनले नीति तथा कार्यक्रमले उत्पादन, रोजगारी, लगानी प्रवर्द्धन र सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको दाबी गरे ।

नीति तथा कार्यक्रममाथि सदस्यहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू भने बहुमतले अस्वीकृत भएका छन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट तयारीअन्तर्गत ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता’ पनि राष्ट्रिय सभामा प्रस्तुत गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्तुत हुनुअघि सदनमा यसको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिने प्रचलन छ । अब राष्ट्रिय सभाका सदस्यहरूले आगामी आर्थिक नीतिका प्राथमिकता र बजेटको दिशाबारे आफ्नो धारणा राख्नेछन् ।

संसदको जवाफ नीति तथा कार्यक्रम बैशाख ३०

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका