काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको १६९ औँ बैठक मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ।
बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। उक्त विधेयकमार्फत देशका मौलिक संस्कृति, परम्परा, कला, भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका विषयमा आवश्यक व्यवस्था गर्ने अपेक्षा गरिएको छ।


