Monday, May 4, 2026
Homeमनोरन्जनराजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’ सार्वजनिक

राजा घलेको ‘लेखेनन् कसैले कविता बाबाको’ सार्वजनिक

अमेरिकाको जर्जिया राज्यको एटलान्टा शहरमा बस्दै आएका  सामाजिक अभियन्ता तथा गीतकार राजा घलेको  ‘लेखेनन् कसैले कविता बाबाको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कन्काइस्ट राईको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियोलाई ओजास फिल्मस् स्टुडियोले सार्वजनिक गरेको हो ।

राजा घले लामो समयदेखि अमेरिकाको एटलान्टामा वस्छन् । उनी एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य (निर्वाचित) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको सद्भावना दुत पनि हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका