Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियरकुलको कुर्ता मोह

रकुलको कुर्ता मोह

मुम्बई : कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प रहेको भारत विस्तारै पूर्ववत् अवस्थामा फर्किन थालेको छ। कोरोना संक्रमित दर घट्न थालेपछि लामो समयदेखि गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ।

मानिसहरू आ–आफ्नो काममा सक्रिय हुन थालेका छन्। बलिउड अभिनेत्री रकुलप्रित सिंह पनि बुधबार मुम्बईमा देखिएकी थिइन्। चलचित्रको स्क्रिप्ट अध्ययनका लागि बाहिर निस्किएकी उनको पहिरनमा धेरैको नजर परेको थियो।

कुर्ता सेटमा बाहिर निस्किएकी उनी निकै सुन्दर पनि देखिएकी थिइन्। सडकमा देखिएकी रकुलको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। उनको पहिरनको धेरैले प्रशंसा पनि गरिरहेका छन्।

रकुलप्रित सिंह, चर्चित बलिउड अभिनेत्री हुन्। उनले हिन्दी चलचित्रका साथै तमिल, तेलेगु र कन्नड फिल्ममा अभिनय गरिसकेकी छन्। सन् १९९० मा भारतको नयाँदिल्लीमा पञ्जावी परिवारमा जन्मिएकी रकुलले मोडलिङबाट करियर सुरु गरेकी थिइन्। मिस फेमिना इन्डियामा भाग लिएर विभिन्न उपाधि जितेकी उनले त्यहींबाट चलचित्र यात्रा सुरु गरेकी थिइन्।

पहिले तमिल र तेलेगु चलचित्रमा अभिनय गरेकी उनले दिब्या कुमारको ‘यारियां’बाट हिन्दी चलचित्र खेल्न सुरु गरेकी हुन्। उनको पहिलो हिन्दी फिल्म नै बक्स अफिसमा सफल सावित भएको थियो।

रकुलप्रित पछिल्लो समय केही बलिउडका साथै दक्षिण भारतीय चलचित्रको काममा व्यस्त छिन्। उनी कमल हसन अभिनीत ‘इन्डियन–२’ मा पनि देखिँदै छिन्। उनको दुई वटा बलिउड चलचित्र पनि लाइनमा छन्। उनी जोन अब्राहमसँग ‘अट्याक’मा देखिँदै छिन्। लकडाउन सुरु हुनुअघि उनले अमिताभ बच्चन र अजय देवगनका साथ ‘माई डे’को सुटिङमा व्यस्त थिइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका