Sunday, April 19, 2026
Homeअन्तराष्ट्रिययुरोप फेरि कोरोनाको केन्द्र बन्यो : डब्लएचओ

युरोप फेरि कोरोनाको केन्द्र बन्यो : डब्लएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोनभाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ । सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए

विहिवार सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो बर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे । “हामी महामारीको फेरि अर्को सङ्कटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।

अहिले फेरि फर्किएको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’समेत तोड्न सक्ने खतरा रहेको पनि उनले औल्याए । पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको उनले बताए ।

गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका