Friday, April 24, 2026
Homeअन्तराष्ट्रिययुक्रेनी सेना आएपछि रुसद्वारा एक क्षेत्रमा संकटकाल घोषणा

युक्रेनी सेना आएपछि रुसद्वारा एक क्षेत्रमा संकटकाल घोषणा

काठमाडौं: युक्रेनी सैनिकको आक्रमणलाई ध्यानमा राख्दै रुसले कुर्स्क क्षेत्रमा बुधबार आपतकाल घोषणा गरेको छ ।

क्षेत्रीय कार्यवाहक गभर्नर एलेक्सी स्मिर्नोभले यस क्षेत्रमा युक्रेनी सेनाको आगमनबाट उत्पन्न हुने परिणामबाट बच्न यो कदम चाल्न आवश्यक रहेको बताए ।

रुसी अधिकारीहरूले यस क्षेत्रमा घुसपैठ सुरु भएदेखि नै कम्तीमा पाँच सर्वसाधारणको मृत्यु भएको र ६ बालबालिकासहित ३१ जना घाइते भएको बताएका छन्।

युक्रेनले यसबारे आधिकारिक रूपमा टिप्पणी गरेको छैन र घुसपैठको हद स्पष्ट छैन।

रुसले मंगलबार करिब एक हजार सैनिक, ११ ट्याङ्क र २० भन्दा बढी लडाकु सवारी साधन सुडजा सहर नजिक रुसी सीमामा प्रवेश गरेको बताएको छ ।

बीबीसीले कुर्स्कमा धेरै हवाई अलर्ट जारी गरिएको पुष्टि गरेको छ । अनलाइन पोस्ट गरिएको फुटेजमा लडाकु विमानहरू यस क्षेत्रमा उडान गरिरहेको देख्न सकिन्छ।

सीमा क्षेत्रबाट हजारौं मानिसलाई विस्थापित गरिएको स्मिरनोभले बताएका छन् । यहाँ अन्य सहरबाट डाक्टर बोलाइन्छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका