Friday, June 26, 2026
Homeसामाचारयुएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ: अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित कार्यक्रमहरूबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयका अनुसार, अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशअनुसार नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालित शिक्षा, स्वास्थ्य, कृषि, र तथ्यांकसम्बन्धी चारवटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको छ। साथै, जैविक विविधता, प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम, र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम डिजाइन प्रक्रियामा रहेकाले ती पनि उक्त आदेशबाट प्रभावित भएका छन्। मन्त्रालयले यी कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको र कुनै आर्थिक सहयोग प्राप्त नभएको स्पष्ट पारेको छ।

नेपालको आर्थिक, सामाजिक, र पूर्वाधार विकासमा संयुक्त राज्य अमेरिकाले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ। युएसएडमार्फत नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायता प्रदान गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका