Thursday, July 2, 2026
Homeसामाचारमौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं:जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, तथा अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली छ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा र अन्य पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहन सक्नेछ, बाँकी भूभाग भने मुख्यतया सफा वा आंशिक बदली हुने अनुमान गरिएको छ। यिनै पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ, भने उच्च पहाडी तथा हिमाली भागहरूमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य भागका एक-दुई स्थानमा सम्भावित चट्याङ्ग र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका