Wednesday, April 22, 2026
Homeअपराध र घटनामोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१२ असार, गुल्मी । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका-१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी बजारस्थित विनोद मोटर पार्टस ग्यारेजमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको पाल्पास्थित मिसन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका