Friday, April 17, 2026
Homeदेश र प्रदेशमाओवादी केन्द्र पनि प्रदेश २ सरकारमा, भरत साह बने आन्तरिक मामिलामन्त्री

माओवादी केन्द्र पनि प्रदेश २ सरकारमा, भरत साह बने आन्तरिक मामिलामन्त्री

२ साउन, जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शनिबार मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउतसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

दुई मन्त्रीले दिए राजीजामा

माओवादी केन्द्रका सांसदहरुलाई मन्त्री नियुक्त गर्नुअघि दुईमन्त्रीले राजीनामा दिएका थिए । जनता समाजवादी पार्टीबाट आन्तरिक मामिलामन्त्री रहेका ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुसवाहले शनिबार राजीनामा दिएका हुन् ।

यसअघि जसपाको पूर्व राजपा खेमामा एक मन्त्री र तीन राज्यमन्त्रीलाई  २३ जेठमा बर्खास्त गरेका थिए भने २६ जेठमा नेपाली कांग्रेस तीन मन्त्रीसहित सरकारमा गएको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका