Saturday, May 2, 2026
Homeकला/साहित्यमाइग्रेनको समस्या बढाउने खानेकुरा

माइग्रेनको समस्या बढाउने खानेकुरा

माइग्रेन एक न्यूरोलोजिकल समस्या हो । यसको कारण टाउकोको एउटा भागमा झन्झनाहट र अत्यधिक पीडा हुन्छ । यो दुखाई केही घण्टा रहन्छ भने कहिले काँही २ देखि ३ दिनसम्म रहन्छ । यसमा टाउको दुखाईसँगै ग्याष्ट्रिकको समस्या हुने, वान्ता हुने, वाकवाक लाग्ने आदि हुन्छ । कसैलाई माइग्रेनको समस्या वंशानुगत रुपमा पनि हुन्छ ।

माइग्रेन लक्षण 
-आँखा अगाडि कालोधब्बा देखिने
-छालामा कुनै सियोले घोचेजस्तो हुने
-कुराकानी गर्न समस्या
-चिडचिडापन
-आँखाको तल्लो भागमा कालो घेरा देखिने
-कमजोरी हुने, शरीरको कुनै एक भागमा कुनै प्रकारको प्रतिक्रिया नहुने
-हातगोडामा झन्झनावट
-खानेकुरा अत्यधिक खान मन लाग्नु
-टाउकोको एक भागमा अत्यधिक दुखाई हुनु

माइग्रेनमा खान नहुने खानेकुरा
कफी

अत्यधिक मात्रामा कफीको सेवन गर्दा माइग्रेन बढाउँछ ।

रेड वाइन
मद्यपान तथा धुम्रपानले माइग्रेनको दुखाई बढाउँछ । मद्यपानमा टायरामाइन र हिस्टामाइन जस्ता रसाइन हुन्छ । रेड वाइनमा अत्यधिक मात्रामा हिस्टामाइन हुने भएकाले यसले माइग्रेनको समस्या झन् बढाउँछ ।

चिज 
माइग्रेनको समस्या हुनेले ब्लु चिज, ब्री, चेडर, स्विस, फेन्टा, मोजेरेला जस्ता चिजहरु खानबाट बच्नुहोस् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका