काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग परामर्श गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले उठाउने प्रमुख एजेन्डा तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ।
महासभामा नेपालको सहभागिता र प्रस्तुत गरिने विषयमा साझा धारणा बनाउन प्रधानमन्त्री शाहले प्रतिपक्षी दलका नेताहरूसँग परामर्श गरेका हुन्।
भेटवार्तामा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी थिए।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अपराह्न अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।