Friday, May 1, 2026
Homeदेश र प्रदेशमहाकाली तुईन काण्ड: भारतिय ज्यादती र आलेटाले सरकार

महाकाली तुईन काण्ड: भारतिय ज्यादती र आलेटाले सरकार

भदौ १५ सम्म ? काठमाडौँ — सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद दोस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो। न्यायको बाटो खोज हिनेको गठित समिति आफैं अन्योलमा कुनै विशेष कारण बिना नै समितिले म्याद फेरि थप गर्यो। साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका २ मालाघाटस्थित महाकालीबाट तुइन तरेर भारतको गस्कु जाने क्रममा एसएसबीले लठ्ठा फुस्काएपछि ३३ वर्षीय नेपाली जय सिंह धामी बेपत्ता भएका थिए । तुइनको लट्ठा भारतीय एसएसबीले काटिदिएको भन्दै स्थानीयले कारबाहीको माग गर्दै आएपनि न छानबिन समितिले सत्यतथ्य बाहिर ल्याएको छ न स्थानीय प्रहरीले घटनामा संलग्‍नलाई पहिचान नै गर्न सकेका छन् । तुइन घटना अनुसन्धानमा भारतको ‘असहयोग’ लट्ठा खुस्काएकार भागेका एसएसबीका जवानमाथि अनुसन्धान गर्न माग गरिएपनि भारतीय प्रशासनले संलग्‍नताबारे अस्वीकार गर्दै आएको छ । सरकारले साउन १७ गते सहसचिव गौतम नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकाले पनि सरकारलाई प्रतिवेदन पेस गर्न सकेको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका